Sunday, August 3, 2014

मोदी संग मधेशी नेताहरु भोली दिउसो भेटदै


 
नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संग मधेशी पार्टीहरुका अध्यक्षहरु भोली दिउसो भेटदै छन । दुई दिने नेपाल भ्रमणमा रहेका मोदीले भोली नै अरु पार्टीहरुका नेताहरु संग पनि भेटवार्ता गर्दै छन । मधेशी पार्टीहरुका अध्यक्षहरु संग मोदी हयात होटलमै दिउसो सावा दुई बजे भेटने कार्यक्रम तय भएको छ । मधेशी नेताहरुले भने मोदीसंग भेटनका लागी केही दिन यता छलफल तीव्र पारेका छन । यस अघि नै मधेशी पार्टीहरुका ६ जना अध्यक्षहरुले प्रधानमन्त्री सुशिल कोईराला समकक्ष ४ बुदे माग सहितको ज्ञापन पत्र समेत मोदीको भ्रमणका सन्दर्भमा दिएका थिए । त्यसैगरी मधेशी पार्टीहरुका अध्यक्षहरुले शनिवार मधेशका बुद्धजिवीहरुसंग समेत छलफल गरेका थिए । छलफलमा मधेशका बुद्धजिवीहरुले भारतीय प्रधानमन्त्री मोदी संग भेटदा नेपाल भारत विच पुर्नावलोकन हुन लागेका १९५० को सन्धीको वारेमा समेत कुरा गर्न सुझाएका थिए । बुद्धजिवीहरुका अनुसार उक्त सन्धीको एउटा पाटो मधेशीहरु समेत भएकाले मधेशी नेतृत्वहरुले समेत त्यसमा चासो देखाएर आफनो सहभागी खोज्न सुझाव दिएका थिए ।

केही समय अघि मात्रै भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणको क्रममा मधेशी नेताहरुले संघीयता र समावेशी मान्यताको आधारमा संविधान बनाउन आफहरु लागी परेको बताएका छन । जसमा भारतीय पक्ष समेत सकारात्मक रहेको भेटवार्तामा सहभागी मधेशी नेताहरुले बताएका थिए । मधेशी नेताहरुका अनुसार मोदीसंगको भेटवार्तामा समेत पहिला संघीयता सहितको संविधान बनाउन जोड दिनु पर्ने आधारमा कुराकानी हुने छ । मोदीसंगको कुराकानीको् सन्दर्भमा मधेशी नेताहरुले जनकपुरलाई नेपाल र भारतकै नमुना सहरको रुपमा विकास गर्न सहयोग गर्न समेत छलफल गर्ने भएका छन । आज संसदमा आफनो सम्बोधनको क्रममा मोदी सार्क सम्मेलनको बेला आउदा जनकपुर जाने उदघोष समेत गरेका थिए ।



No comments:

Post a Comment