Friday, August 1, 2014

मोदी भ्रमण वारे जितेन्द्र सोनलको विचार


                                 तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनल

हाम्रो छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भोली नेपाल आउदै हुनु हुन्छ । १७ बर्ष पछि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण हुन लागेका छन । वडो महत्वपुर्ण कुरा त छ भने १७ बर्ष अगाडी नेपाल द्धन्दको सुरवाती चरणमा रहेको वेला भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण भएको थियो । र अहिले हाम्रो द्धन्द्ध उतरार्ध तिर रहेको बेला भारतीय प्रधानमन्त्रीको फेरी नेपाल भ्रमण हुन लागेका छन । यस दृष्टिकोणले यो मोदीको भ्रमणलाइ महत्वपुर्ण रुपमा लिनु पर्छ । नेपाल दोस्रो संविधानसभा मार्फत नयां संविधान बनाउने अन्तिम कसरत गरिरहेको सन्दर्भमा र जसले नेपालमा जारी द्धन्दको व्यवस्थापन गर्ने कदमको रुपमा धेरैले लिने गरेका छन । यस अर्थ हाम्रो प्रभावशाली छिमेकीको प्रधानमन्त्री नरेन्द्र मोदीका लागी पनि यो एकदमै महत्वपुर्ण समय हो । जाहावाट नेपालका सवै पक्षहरुको भावना अनरुप नयां संविधान जारी गरेर मुलुक समृद्ध वाटो जाला की केही परम्परावादी शक्तिहरुको आडमा फेरी मधेशी लगायतका विभिन्न पक्षलाई असन्तुष्ट नै राखेर अघि वढने । मोदी विश्वमंचमा आफुलाई शक्तिशाली भारतका शक्तिशाली प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्न चाहन्छ र त्यसका लागी छिमेकीहरु पनि स्थिर र समृद्ध हुन त्यतीकै आवश्यक छ । मोदी यो कुराको महत्व बुझेरै नेपाल लगायतका आफना छिमेकीहरुलाई उच्च प्राथमिकतामा राखेका छन ।

मोदी भारतीय विकास मोडलको अर्को नाउको रुपमा आज परिचित छन । उनले मुख्यमन्त्री भएर गुजरातलाई जुन विकासको उचाइमा लगेको छ, त्यो नै उनको आज सफलताको परिचय हो । र उनी भारतमा त्यही कारण प्रधानमन्त्री पनि बन्न सफल भएका हुन । स्वभयव तह उनी विकासप्रेमी नेता हुन । त्यसैले नेपालले उनले जलविद्युत लगायतका क्षेत्रमा पिटिए र पिडिए लगायतका सम्झौता गर्न पछि पर्नु हुदैन । र त्यसले मार्फत नेपालले सक्दो आफनो व्यापार घाटा कम गरेर समृद्ध नेपाल बनाउन तिर लाग्नु पर्छ ।

मोदी भ्रमणको अर्को साकारात्मक पक्ष नेपाल र भारतका आम नागरिकको स्तरमा पनि पर्ने छ । खासगरी हाम्रो नेपाली समाज र भारतीय समाजमा जुन प्रकारको सम्बन्ध रिहआएको छ, त्यसमा मोदीको नेपाल भ्रमणले साकारात्मक कुराहरुको छाप छोर्नेमा कुनै दुईमत छैन ।

नोट - कुराकानीमा आधारित

No comments:

Post a Comment