Friday, August 1, 2014

मोदी भ्रमणवारे अभिषेक प्रताप शाहको विचार


                                       सभासद अभिषेक प्रताप शाह
 



 आउदो आइतवार देखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका लागी काठमाडौं आउदै छन । मोदी काठमाडौं आउनुको मुख्य कारण चाही पशुपति नाथ हो । अरु कुरा त तपसीलका हुन । तर एउटा राष्टप्रमुखको रुपमा मोदी काठमाडौं आउन लाग्दा हामीले उनीवाट जती साकारात्मक कुराहरु ग्रहण गर्न सक्थ्यौं, त्यसमा हाम्रो नेतृत्व चुकिरहेको छ । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएसंगै उनले प्रष्ट रुपमा संकेत दिईसकेका छन कि उनी विश्वमंचमा आफुलाई एउटा शक्तिशाली प्रधानमन्त्रीको रुपमा उभ्याउन चाहन्छ । र जसका लागी उनले आफना वरीपरीका छिमेकी मुलुकहरुलाई आफनो उच्च प्राथमिकतामा राखेका हुन । तर प्रश्न आउछन, यो अवस्थालाई हामीले कति सदुपयोग गर्न सक्छौं ? काठमाडौंमा अहिले देखिएका कथित राष्टवादीहरुले एकचोटी विकासको दृष्टिकोणले मुलुकको भविष्यलाई सोची दिए हुन्छ ।

अहिले खासगरी प्रधानमन्त्री सुशिल कोईरालामा खासै समस्या देख्दिन्न तर एमालेमा देखिएको प्रवृति वडो रोचक छ । नरेन्द्र मोदी र भारतीय जनता पार्टीले निर्वाचनमा विकासको एजेन्डाका साथ चुनाव जितेका थिए र उनको मुख्य ध्यये भारतको विकास नै हुनेछ साथै विश्वमंचमा उनी आफुलाई शक्तिशाली भारतको प्रधानमन्त्रीको रुपमा चिनाउने छन । तर नेपालमा जारी संविधान निर्माण देखि संघीयतामा उनको चासो नहुने कुरा हुदैन ।

हाम्रो राजनिती नेतृत्व समकक्ष एउटा ठुलो सम्भावना थियो यो तर यसलाई यीनीहरुले राम्ररी प्रयोग गर्ला जस्तो लाग्दैन । नत्र अहिले नेपाली राजनिती नेतृत्वले अरु केही नगरी मात्रै मोदीसंग सहकार्य गरेर अघि वढे पनि नेपाल आउने १० बर्षमा एउटा विकसित मुलुक बन्न सक्छ । यसको मतलव अरुको सहयोग नलिने होइन भन्ने छैन तर मोदीसंगको सहकार्यलाई हाम्रो राजनितीक नेतृत्वले विशेष महत्व दिए हाम्रो तमाम समस्या सामाधान हुने सम्भावना छ । तर यो सबै कुरा हाम्रो नेतृत्वमा भर पर्ने छन ।
 
नोट - कुराकानीमा आधारित

No comments:

Post a Comment