Tuesday, August 19, 2014

संजय साहको सम्पति रोक्का


 
जनकपुर बम काण्डमा संलग्नताको आरोप लागि पुरपक्षका लागि सिरहा कारागारमा रहेका निलंबित सभासद संजय  साहको सम्पुर्ण सम्पति माथी रोक्का लगाएका छन ।  प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोले साह सहित उनका आफन्तहरुको नाउँमा रहेको जग्गा रोक्का गर्न मालपोत कार्यालय जनकपुरलाई पत्राचार गरेको छ।
 
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, केशरमहल काठमाण्डौमा दर्ता भएको सम्पत्ती शुद्धीकरण सम्बन्धी कसुरको उजुरीको सम्बन्धमा सम्पत्ती शुद्धीकरण निवारण ऐन २०६४ तथा सम्पत्ती शुद्धीकरण निवारण नियमावली २०६६ बमोजिम अनुसन्धान भइरहेकोले आवश्यक कागजातहरु यथाशीघ्र ब्युरोमा उपलब्ध गराई साह लगायत उनका आफन्तहरुको नाउँमा रहेका जग्गा कसैलाई हक हस्तान्तरण गर्न, धितो वा बन्धक दिन, बिक्री वितरण गर्न नपाउने गरी रोक्का गर्न ब्युरोले मालपोत कार्यालयलाई पत्राचार गरेको हो ।

ब्युरोले धनुषा जिल्लाको लोहना-७ घर भइ हाल जनपा-२ कदम चोक बस्दै आएका संजय साह, साहकी श्रीमती रंगिला कुमारी साह, साहका बुबा साधु साह, साहकी आमा दुलारी देवी साह, साहका भाइ राम कुमार साह र साहकी बहिनी अनिता कुमारी साहको नाउँमा रहेको जग्गा रोक्का गर्न मालपोत कार्यालयलाई पत्राचार गरेको छ।

यसैगरी साहकी अन्य बहिनी तथा दिदीहरु देवन्ती कुमारी साह, मुन्नी कुमारी साह र बबिता कुमारी साहको नाउँमा रहेको जग्गा समेत रोक्का गर्न ब्युरोले पत्राचार गरेको श्रोतले जनाएको छ।
ब्युरोले साहका आफन्तहरु जनपा १६ बस्ने बिक्रम पंजीयार, पंजीयारका छोरा क्रमशस् सुजित पंजीयार, अजित पंजीयार र अमर पंजीयारको जग्गा पनि रोक्का गरी सम्पूर्ण विवरण ब्युरोमा उपलब्ध गराउन भनेको छ।
त्यसैगरी धनुषाको बेंगासिहपुर बस्ने ओमप्रकाश यादव, धनुषा पौडेश्वर घरभई हाल जनपा ४ बस्ने रामनरेश कुमार यादव, धनुषाको कनकपट्टी घरभई हाल जनपा १ बस्ने रामविनोद यादव, जनकपुर बस्ने राजकुमार पूर्वेको नाउँमा रहेको जग्गा रोक्का गर्न ब्युरोले पत्राचार गरेको बताइएको छ।
 
ब्युरोले जनपा ४ बस्ने दिपेन्द्र ठाकुर, ठाकुरको श्रीमती निभा ठाकुर, धनुषा दिगम्बरपुर ३ बस्ने रामनरेश महतोको श्रीमती गुलाम देवी महतो, महोत्तरीको महदैया तपनपुर घरभई हाल जनपा २ बस्ने नवीन कुमार यादव, महोत्तरी जिल्ला बस्ने सुजित कुमार पाण्डेय, सर्लाही बलरा ७ का मनोज सिंह, सिरहा सारसर बस्ने साहका ससुरा लक्ष्मण साह, जनपा ४ बस्ने छेदी राउत भनिने राम मिलन राउत र भारत मधुबनी थानाग्राम बासोपट्टी घरभई हाल जनकपुर बस्ने धिरज महतोको नाउँमा रहेको जग्गा रोक्का गर्न मालपोत कार्यालय जनकपुरलाई पत्राचार गरेको छ।
 
ब्युरोले गरी रहेको अनुसन्धानका अनुसार संजय साहको नाउँमा जनपा ४ मा क्रमशस् ७३, ७१, ४३ र ८१ तथा नक्टाझिज-८ मा १०९० कित्ता नम्बरको जग्गा रहेको छ।यसैगरी साहका पिता साधु साहको नाउँमा जनपा १६ मा ८४५३, १३२, १२३, १२०, ११८, ११६, १४ र ८९, लोहना वडा नम्बर ९ मा ७३ र ८४८ तथा लोहना ८९क० ८४३ नम्बर कित्ताका जग्गाहरु रहेको ब्युरोले मालपोत कार्यालयलाई गरेको पत्राचारमा उल्लेख छ।
साहको आमा दुलारी देवी साहको नाउँमा जनपा २ मा २१ र ३५४, जनपा ९ मा २५७, जनपा १२ मा ४४, जनपा ४ मा ७० र ७१ नम्बर कित्ताका जग्गाहरु रहेको उल्लेख गरिएको छ।यसैगरी साहको श्रीमती रंगिला कुमारी साह र बहिनी अनिता कुमारी साहको नाममा जनपा २ मा रहेका कित्ता नम्बर २२२ र ३४९ का जग्गा रोक्का गर्न ब्युरोले भनेको छ।
 
यसैगरी ब्युरोले साहका सहयोगीहरु दिपेन्द्र ठाकुर र निभा ठाकुरको नाममा जनपा ८ कित्ता २४(१३१४ सिट नं। ६४, कित्ता नम्बर १९(१३५५ सिट नं। २८४, कित्ता नम्बर १४१४ सिट न। ५९ न। २४, कित्ता नम्बर २३(१३१४ सिट नं। २३ नं। र जनपा ९ स्थित कित्ता नं। २२(१३१५ सिट नं। , ३० र ३१ नं। तथा जनपा ४ स्थिय कित्ता नम्बर १३९५ सिट नम्बर १६५ नं। २० रहेका जग्गा रोक्का गर्न मालपोतलाई पत्र पठाएको छ।
 
साहले काठमाण्डौबाट नामसारी गराएको जनपा २ स्थित गुठीको कि।नं।४६ सिट नं। १३९६र०८ क्षेत्रफल १(५(०, जनपा २ कदम चोकमा रहेको घर, घर पछाडी रहेको राम जानकी गुठीको ३० कठ्ठा जग्गा, शिवचोक स्थित मानकी होटल छेउमा रहेको करौडोको जग्गा, जनपा १६ मा ५ विग्हा जग्गा, जनपा ९ मा २ कठ्ठा जग्गा, जनपा ८ बागबानी छेउमा बहिनी र भिनाजुको नाममा ५ कठ्ठा जग्गा, मामा बिक्रम पंजीयार र पंजीयारका छोरा अमर पंजीयारको नाममा जनपा १६, १, ११ र प्रको महुवा तथा बेंगाशिवपुरमा समेत जग्गाहरु रहेको भन्दै सम्पूर्ण विवरण उपलब्ध गराउन ब्युरोले मालपोतलाई पत्राचार गरेको छ।
 
सम्पत्ती शुद्धीकरण सम्बन्धी कसुरको अनुसन्धानको क्रममा ती व्यक्तिहरुका नाममा नेपाल भर रहेका जग्गाहरुको विवरण आवश्यक परेको भन्दै आवश्यक विवरण तथा कागजातहरु यथाशीघ्र ब्युरोमा उपलब्ध गराउन पत्रमा भनिएको छ ।
 
यसैगरी जनकपुर बमकाण्ड मै मुछिएका अर्का कुख्यात जनकपुरका डन जीवनाथ चौधरी विरुद्ध पनि सम्पति शुद्धीकरण आयोगमा उजुरी परेको छ । चौधरी विरुद्ध अख्तीयारले विशेष अदालतमा मुद्धा समेत चलाईरहेका छन ।


No comments:

Post a Comment