Wednesday, August 6, 2014

सिंहदरवार विभेदको प्रतिक हुन - महन्थ ठाकुर


 
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सिंहदरवार विभेदको प्रतिक भएको भन्दै मधेशका युवा नेताहरुलाई मधेश केन्द्रित हुन आग्रह गरेका छन । तमलोपाको भातृ संगठन तराई मधेश विद्यार्थी फ्रन्टले आफनो छैठौ बार्षीक उत्सवको उपल्क्षयमा आयोजना गरेको, मधेश राजनितीमा युवा नेतृत्वको अवसर र चुनौती, विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ठाकुर मधेशका युवा नेताहरुलाई काठमाडौंको सिंहदरवार वरिपरि घुम्न छाडेर मधेशका गाउबस्तीमा जान सुझाए । सिंहदरवार भनेको विभेदको प्रतिमुर्ती हो, ठाकुरले भने, तपाईहरु मधेशका गाउबस्तीमा जानुस र आम मधेशी नागरिकसंग घुलमिल भएर आफनो राजनिती गर्नुस । कार्यक्रममा तमलोपाका उपाध्यक्ष हृदेश त्रिपाठीले अधिकार र नेतृत्व खासेर लिनु पर्ने भन्दै युवा नेताहरुलाई आफनो नेतृत्व क्षमताको आधारमा नेतृत्व खोस्न सुझाए । त्रिपाठीले भने, अहिले सम्म कसैले पनि अधिकार र नेतृत्व आफैले हस्तानान्तर गरेको छैन, यी दुई कुरा खासेर लिनु पर्छ, तपाई हरु पनि नेतृत्व गर्नु चाहनु हुन्छ भने, आफनो क्षमताको आधार अगाडी आउनुस, कसैलाई फर्खेर नबस्नुस । त्यसैगरी कार्यक्रममा बोल्दै तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनलले मधेशी युवाहरुलाई आफनो स्वयंम पनि आत्मलोचना गर्नु पर्ने बताए । सोनलले भने, इमान्दार तपाई युवाहरु आउनुस अगाडी वढौं, यी नेतृत्वहरु आफै पछि पछि आउछन ।

सानेलले मधेशी नेतृत्वहरु संग पनि अप्ठायारा छ भने खुलेर  युवाहरुको माझ आउनु भने । उनले मधेश राजनितीमा ठुलो संक्रमणवाट गुज्रीरहेको बताउदै यसवाट अगाडी वढाउन पनि युवा नेतृत्वहरुकै खाचो भएको बताए । कार्यक्रममा मधेशी जनअधिकार फोरम नेपालका युवा नेता अभिषेक प्रताप शाहले आउदो केही महिना भित्र मधेशमा आन्दोलनको आवश्यकता रहेको भन्दै त्यसका लागी नेतृत्वहरुलाई सच्चिन आग्रह गरे । अबको तीन महिना पश्चात संविधानको पहिलो मस्यौदा आईरहेको छ, मधेशलाई ठगिनेमा कुनै दुईमत छैन, त्यसमा तपाईहरु ढुक्क हुनस शाहले भने, त्यस्तो अवस्थाका लागी पनि मधेशी पार्टीहरु एक हुनु पर्छ । सदभावना पार्टीका महासचिव मनिष सुमनले नेतृत्वहरुलाई एकिकरण गर्न सुझाए ।

कार्यक्रममा तराई मधेश विद्यार्थी फ्रन्टका अध्यक्ष तथा तमलोपाका केन्द्रिय सदस्य सुरेश मंडलले विगत ६ बर्षमा विद्यार्थी फ्रन्टले गरेको कामहरुको समिक्षा गरेका थिए । साथै मंडलले मधेशी पार्टीका अध्यक्षहरु लाई एकिकरण गर्दै युवा पुस्ताका मधेशी नेताहरुलाई उचित सम्मान गर्न आग्रह गरेका थिए ।

No comments:

Post a Comment