Wednesday, July 30, 2014

दिल्ली, काठमाडौं र मधेश


हालै भएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणको सन्दर्भमा काठमाडौंको मिडियावाजी माथी दिल्लीले मुख खोल्नु पर्ने अवस्था सिर्जना भयो । सन्दर्भ थियो सुष्मा स्वराजको ब्रेकफाष्ट मिटिंगको सन्दर्भलाई जोडेर अन्नपुर्ण पोष्ट दैनिकले प्रवाह गरेको समाचार । उक्त समाचार पढेपछि समान्य बुझसुझ राख्ने मानिसले पनि आशंका व्यक्त गर्ने ठाउ थियो । एकातिर भारतीय विदेशमन्त्रीहरु संग भेटेका मधेशी नेताहरुले भारतका अहिले सम्म कै विदेशमन्त्रीहरु मध्ये स्वराज संगको भलाकुसारी सौभाद्र भएको बताएका थियो । तर समाचारमा मधेशी नेताहरुले आफुहरु दोस्रो दर्जाको नागरिक भएको भन्दै गुहारेको प्रसंग, विना कुनै स्रोत उल्लेखै नगरि प्रकाशित गरिएको थियो । समाचार सम्प्रेषण गर्ने रिर्पोटरको नाम समेत उल्लेख गरिएको थिएन । समाचार आए लगतै फेसबुक टिवटरमा मधेशी मुलका बुद्धविजीहरुले त्यसप्रति आक्रोश पोख्न सुरु गरेका थिए । पछि भारतीय विदेश मन्त्रालय र काठमाडौं स्थित भारतीय दुतावासले समेत त्यसको खण्डन गरेर प्रेस विज्ञप्ती जारी गरे । भारतीय पक्षको खण्डन आईसके पछि दक्षिण संग नजिक भएका एकजनाले मित्रले टिप्पणी गर्दै थिए, यो भारतीय दुतावास मधेशीहरुलाई वदनाम गराउन लागी परेका छन । धन्न, साउथ ब्लक र भाजपा जसको सिधा दबाबमा यो खण्डन आएको हो ।

यो समाचार आएपछि मधेशका आम बुद्धजिवीहरु देखि सामान्य लेखपढ गर्न काठमाडौमा रहेका मधेशीहरुवाट एकचोटी फेरी काठमाडौंको मिडियाप्रति आक्रोश प्रष्ट रुपमा पोखिएको देखियो । अर्को तर्फ दिल्ली र काठमाडौं स्थित भारतीय दुतावासको गतिविधीलाई समेत मधेशको कोणले विभिन्न टिकाटिप्पणीहरु गरिएको सुनियो । पछिल्लो समयमा मधेशको राजनिती वृतमा राम्रै संग भारतको भुमिकाको वारेमा टिकाटिप्पणीहरु भईरहदा पछिल्लो घटनाले यसलाई थप उचाईमा पुयाई दिएको देखियो । आम मधेशी बुद्धजिवीहरुको बुझाईमा दिल्लीको भुमिका भन्दा पनि काठमाडौं स्थित भारतीय दुतावासको भुमिकाको कारण मधेश राजनिती वदनाम हुनुको साथै कमजोर भएका छन र मधेशहरुको त्यसको मुख्य कारकको रुपमा मधेशी पार्टीहरुका अध्यक्षहरुलाई हेर्ने गर्छन । मधेशीहरुको बुझाईमा मधेशी पार्टीहरुका अध्यक्षहरु पद र पैदाका कारण दुतावासका अधिकारीहरु समकक्षहरु लम्पसार हुने गरेको तर्क विर्तक मधेशमा सुन्न पाइन्छ र दुतावासले मधेशको मुद्धा र खासगरी संघीयतालाई कमजोर बनाउनका लागी यीनीहरुलाई यथोचित दानदक्षिणाको साथै विभिन्न पदहरुको व्यवस्था मिलाई दिन्छ । तर दिल्लीको दुतको रुपमा काठमाडौंमा सक्रिय तत्वहरुले के बुझन जरुरी छ भने, यी नेतृत्वहरुलाई कब्जामा राखेर जस्तो सुकै संघीयता र संविधान जारी गराउदैमा त्यसको प्रतिरोध थामिने ठाउ बन्द हुदैन ।

झन, दोस्रो संविधानसभामा मधेशी पार्टीहरुले भोगेको पराजयको वारेमा मधेशका चौक चौराहामा दिल्लीका दुतहरुको टिकाटिप्पणी हुनु गरेको सुनिन्छन । यही सन्दर्भमा यो संवाददातालाई केही दिन अघि एउटा मधेशी पार्टीको अध्यक्षसंग भएको भलाकुसारी सम्झन मन लाग्छ याहा, मेरो व्यक्तिगत बुझाईमा मधेशमा भारत विरोधी भावना फैलिनुले मधेशीहरु लाई  घाटा नै छ र त्यो हुनु पनि हुदैन । म ती अध्यक्ष महोदयलाई मधेशमा भारतको वारेमा यत्रो नाकारात्मक टिकाटिप्णीहरु हुन थाली सक्दा यो कुरा याहा भारतीय दुतहरुलाई थाहा छ कि छैन भनेर प्रश्न गर्दा ? उनी वढो भावुक हुदै भने,  हामीहरु लाई पनि त्यस्तै लाग्छ र म केही दिन अगाडी मात्रै याहा दुतसंगको भेटघाटमा यो प्रसंग उठाउदा उनले मलाई नै झुठो सावित हुने गरी उनी प्रस्तुत भयो । त्यस पश्चात म यो प्रसंग नै बदलेर अरु कुराहरु गरे । यो कुराले मधेशी पार्टीहरुको कुरालाई याहाका दुतहरुले कति गम्भिर रुपमा लिन्छन भन्ने कुरा झल्काउछ । हालै भारतीय अखवारमा याहाका लागी पुर्व भारतीय राजदुत राकेश सुदले नेपालमा भारतले मधेशीहरुलाई वढी महत्व दिनु हुन्न आशय सहितको लेख लेखेका थिए । तर सुदले यती चाडै के बिर्सै भने, पहिलो संविधानसभा पश्चात अत्यन्तै अप्ठायारो अवस्थामा पुगेका भारतका लागी तत्कालिन अवस्थामा मधेशी पार्टीहरु नै सबै भन्दा वढी उपयोगी सिद्ध भएका थिए ।
त्यसैले मधेशप्रति अत्यन्तै संकिर्ण काठमाडौंकै बुझाईमा यदी दिल्ली अघि वढे उनको लागी त्यो घातक वाहेक अरु केही हुने छैन । र त्यसले आम मधेशीहरुको दैनिक जनजीवन पनि नराम्ररी प्रभावित हुने छ । काठमाडौं वा नेपालको कुनै पनि भेगमा हुने भारत विरोधी गतिविधीले सबै भन्दा वढी प्रभावित हुन्छ मधेशीहरु । त्यसकारणको काठमाडौंको लाल बुझक्कड मिडियावाजी र संकिर्ण बैद्धिक जमातको पछि नलागेर दिल्लीले आफनो विगतको अनेकन गल्तीहरु सच्चयाउदै मधेशलाई विश्वासमै राख्नाले उनको र मधेश सहित सम्पुर्ण नेपालको कल्याण हुनेछ । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete