Monday, July 28, 2014

आज इद उल फित्र मनाउँदै





मुस्लिम धर्मावलम्बिहरुले मंगलबार इद उल फित्र मनाउँदै छन् । एक महिनासम्म लामो उपबास बसेर उनीहरुले इद उल फित्र मनाउन लागेका हुन् । इद उल फित्रका अवसरमा सरकारले मंगल सार्वजनिक विदा समेत दिएको छ । 

यस अबसरमा राष्ट्रपतिसहित विभिन्न दलका नेताहरुले शुभकामना दिएका छन् । राष्ट्रपति डा रामवरण यादवले इस्लाम धर्मावलम्बीको पर्व इल उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त  गरेका छन् ।


मुलुकका विभिन्न समुदाले मनाउने पर्वले नै नेपालको पहिचान बोकेको छ, यहाँ प्रचलित सबै प्रकारका चाडपर्व, भाषा, वेशभूषा, संस्कृति र परम्पराको संरक्षण र सम्बद्र्धन गर्दै समाजमा आपसी एकता, शान्ति, सद्भाव र सहयोग एवम् भाइचाराको अभिवृद्धि गर्नका निम्ति इद उल फित्र पर्वले हामी सबैमा प्रेरणा प्रदान गर्न सकोस् उनले दिएको सन्देशमा भनिएको छ ।

यसै अवसरमा उपराष्ट्रपति परमानन्द झाले देशविदेशमा रहेका सम्पूर्ण नेपाली मुसलमान नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्विको कामना गर्दै यस पर्वको माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।
 
प्रधानमन्त्री सुशील कोइरालाले इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त मुसलमान समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

  
यसैगरी नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले देशविदेशमा रहेका सम्पूर्ण नेपाली मुसलमान नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्विको कामना गर्दै विविध जातजाति, भाषाभाषी, संस्कृति, चाडपर्व, रहनसहन र परम्पराले आपसमा हार्दिकता, सहिष्णुता र एकतामा बाँध्ने काम गरेको नेपाली समाजमा इद उल फित्र लगायत चाडपर्वले पनि मेलमिलाप, एकता र सहयोगको प्रेरणा दिनेनै छ भन्ने विश्वास व्यक्त गरेका छन् ।


एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले यस अवसरमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको अधिकार सुनिश्चित गर्न तथा महिला, दलित, मुसलमानको विशेषाधिकारसहितको संविधान निर्माणका लागि ऊर्जा मिलोस् भन्ने कामना गरेका छन् ।

यसै  अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले देश तथा विदेशमा विदेशमा रहेका सम्पूर्ण नेपाली मुसलमान नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्विका लागि  शुभकामना व्यक्त गरेका छन्  ।

setopati

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete