Friday, July 25, 2014

बजेट जलाउन जादा सदभावनाका प्रवक्ता सहित ११ जना पक्राउ


सरकार द्वारा २०७१/७२ को प्रस्तुत बजेट मधेश विरोधी रहेको भन्दै सद्भावना पार्टी का  विद्यार्थी, यूवा, किसान, महिला लगायतका भातृ संगठन द्वारा काठमाण्डौ लगायत मधेशका सवै जिल्ला सदरमुकामहरुमा जलाएको छ । बजेट जलाउन जादा काठमाडौमा सदभावना पार्टीका प्रवक्ता संतोष मेहता सहित ११ जनालाई प्रहरीले पक्राउ गरी थुनामा राखेका छन । मेहता सहित  उपेन्द्र महतो, विद्यार्थी मंच का वरिष्ठ उपाध्यक्ष श्री पन्नालाल यादव, यूवा मंच का उपाध्यक्ष श्री रंजित कुमार सिंह, नेपाल शिक्षक मंच का महासचिव श्री लालबाबु यादव, युवा मंचका पंकज मिश्रा, विद्यार्थी मंचका श्री अमित साह, श्री सुजन यादव, पत्रकार मंच का उपाध्यक्ष श्री राजकुमार यादव, किसान मंचका राजकुमार दास तत्मा तथा महेश साह कलवार लगायतका लाई प्ररहरीले गिरफतार गरेको छ । थुनामा रहेका पार्टीका साथीलाई भेटनजाँदा युवा नेता श्री सरोज कुमार यादवलाई प्रहरी हिराशतमा राखी कुटपिट गरी घाईते बनाएको छ । सदभावना पार्टीले विज्ञप्ति निकाली यो घटनालाई भत्र्सना गरेको छ  । शान्तिपूर्ण तरिकाले यसप्रकारको शान्तिपूर्ण तरिकाले कार्यक्रम गर्दा पनि यसरी सरकारबाट नेता कार्यकर्तालाई गिरफतारी गर्नु र कुटपिट गर्नुलाई सदभावना पार्टीले लोकतान्त्रिक मूल्यमान्यताको विपरित रहेको बताएका छन ।  सदभावना पार्टीले सम्पूर्ण गिरफतार नेता कार्यकतालाई अविलम्ब रिहा गर्न मांग गरेको छ ।


सदभावना पाटीृले गएको बुधवार नै पत्रकार सम्मेलन गरेर बजेट मधेश विरोधी रहेको भन्दे त्यसका लागी १० बुदें माग समेत अघि सारेका छन ।
सदभावना पार्टीले बजेटको समबन्धमा अघि सारेको १० बुदे


१, संघियता विरोधी वजेट - राज्यपुर्नसंरचना गरी संघियतामा जान संविधान निर्माणमा जोड दिनुपर्नेमा स्थानिय निकायको निर्वाचनको लागि बजेट छुट्टयाउनु संघियता विरोधी वजेट हो ।
२, भेदभावको पराकाष्ठा - देशको पूर्वाधार विकासको निम्ति छुटयाईएको रु। ५६ अरब मध्ये देशलाई ८० प्रतिशत भन्दा बढी राजस्व दिने मधेशको लागि १० प्रतिशत भन्दा पनि कम लगभग रु ५ अरब मात्र छुटयाउनु मधेश प्रतिको आर्थिक भेदभावको पराकाष्ठा हो ।
३, चुरे प्रति असम्वेदनशिलता वन विकासको लागि छुटयाईएको रु ९ अरब रकम मध्ये चुरे विकासको लागि केवल रु ९० करोड मात्रै छुटयाईएकोले गर्दा मधेशलाई मरुभूमिकरणबाट जोगाउन बजेट विल्कुल संवेदनहीन रहेको छ ।
४, मधेशी दलितको उत्थान - अती पिछडिएको सम्पूर्ण दलितको उत्थानको लागि १२ कक्षा सम्म अध्ययनको लागि छात्रवृतीको व्यवस्था नगरी मुसहर, डोम, चमारको लागि इन्जिनियरिङ्ग र मेडिकलमा निशुल्क शिक्षा दिने भन्नु दिउसै सपना देखाउनु सरह हो । दलितलाई ठग्ने र झुक्याउने मधेशी दलित विरोधी वजेट हो ।
५, कृषिमा विभेद -
क, देशको कुल ग्राहस्थ उत्पादनको ३३ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा जम्मा ३।८ प्रतिशत मात्र बजेट विनियोजन गरिएकोले कृषिमा आधारित मधेशमारा वजेट रहेको ।
ख, चिया खेतीलाई उद्योगसंग जोडी सुविधा सहुुलियत दिई प्रोत्साहित गरे झै उखु, गेहुँ, धान लगायतको खेतीलाई पनि प्रोत्साहन नगरेकोले भेदभावमूखी वजेट हो ।
ग, सिंचाईको निम्ती अती आवश्यक सुनकोशी र मरिन, बबई, कनकाई सिंचाई योजना तथा डिप बोडिंङ्ग, सिचाई परियोजनालाई अत्याधिक विस्तार नगरिएको ।
६, शहिदमा पनि विभेद - शहिद परिवार एवं घाईतेलाई दिने भनिएको मासिक रु ७ हजार भत्ता जनआन्दोलनको शहिद परिवारलाई दिए झै मधेश आन्दोलनका शहिद परिवार एवं घाईतेलाई नसमेटिएकोले मधेश प्रति न्यूनतम संवेदनशिलता पनि नदेखिएकोले वजेट मधेश विरोधी हो ।
७, हुलाकी राजमार्ग - मधेशको विकासको मेरुदण्डको रुपमा हुन सक्ने हुलाकी सडक यो बजेटमा प्राथमिकतामा नपारेको जब की भर्खरै मात्र प्रारम्भ गरिएको मध्य पहाडी लोकमार्गको निम्ति पर्याप्त लगानी गरी निर्माण पुरा हुन लागेकोले यस व्यवहारले मधेश यसै देशको भू–भाग हो की होईन भन्ने प्रश्न चिन्ह उठेको छ ।
८, पूर्व पश्चिम विद्युतीय रेलमार्ग - महेन्द्रवादी मधेशविरोधी राष्ट्रवादको शैलीमा मधेशकोे हरियो वन जंगललाई समाप्त पारी बनाईएको पूर्व पश्चिम राजमार्ग कै तर्जमा पूर्व पश्चिम राजमार्गको छेउछाउबाट पूर्व पश्चिम विद्युतीय रेल बनाउने योजना फेरी मधेशको विकास विरोधीको पुनरावृती मात्र हो । अतः सो रेल्वे हुलाकी सडक र पूर्व पश्चिम राजमार्गको विचोविच मधेशको घना आवादीबाट बनाउनु पर्छ ।
९, दैनिक व्यवहारमाथि प्रहार - भारत नेपालको सिमावर्ती क्षेत्रका जनताको निर्वाध रुपमा आवत जावत गर्न पाउने, व्यवसायिक, पर्यटन, समाजिक, सांस्कृतिक सम्बन्धलाई समेत व्यापक असर पर्ने गरी भारतीय नम्बर प्लेटको सवारी साधनको लागि अत्याधिक कर वृद्धि जनताको भावना विरोधी कार्य हो ।
१०, मधेशको सवै सदरमुकामको अवस्था अत्याधिक नाजुक रहेकोले यी सदरमुकामहरुलाई अत्याधुनिक सहरको रुपमा पुर्वाधार विकास निर्माण गर्न आवश्यक बजेट विनियोजन नगरिएकोले मधेशलाई शहरीकरणबाट रोक्ने कार्य गरेको छ ।


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete