Thursday, July 24, 2014

गोइतले फेरी संगठनको नाम परिवर्तन गर्ने



तराई मधेशलाई छुटै राज्य बनाउने उदेश्यले हतियार उठाएका जयकृष्ण गोईतले फेरी एकचोटी आफनो संगठनको नाम परिवर्तन गर्न लागेका छन । उनले आफनो संगठन १० बर्ष पुरा गरेर ११ बर्षमा प्रवेश गर्न लागेको अवसर पारेर जारी गरेको विज्ञप्तिमा उक्र कुरा उल्लेख गरेका छन । आउदो १० गते गोईतले हतियार उठाएको १० बर्ष पुरा हुदै छ । तत्कालिन माआवादीमा विवद भएपछि गोईतले माओवादी परित्याग गरेर मधेश मुक्तिका लागी जनतान्त्रिक तराई मुक्ति मोर्चा नाम भुमिगत सशस्त्र संगठन खोलेका थिए । १० बर्ष पुरा गरेर ११ बर्षमा प्रवेश गर्न लागेका गोईतको उक्त अभियानको वारेमा उनले हिजो अर्थात ७ साउनमा जारी गरेका प्रेस विज्ञप्तिमा भनिएको छ, यही २०७१ श्रावण १० गतेदेखि अखिल तराई मुक्ति मोर्चाको सट्टा तराई कम्युनिष्ट पार्टी (माओवादी) तराईका मूल निवासी (मधेशी) को राजनैतिक प्रतिनिधित्व गर्ने संगठित अग्रदस्ता हुने छ । साथै विज्ञप्तिी यो संगठनले चाडै आफनो बिद्यार्थी, किसान, युवा लगायतका भातृ संगठन निर्माण गर्ने छ ।
पढनुस विज्ञप्तिको पुरा अशं

“सम्पूर्ण मुक्तिकामी तराईका मूलनिवासीहरु एक होऔं १”
अखिल तराई मुक्ति मोर्चा
केन्द्रिय कार्य समिति
स्था।२०६१

प्रेस विज्ञप्ति

हाम्रो मातृभूमि तराई ब्रिटिश स्वार्थका कारण नेपालका शाहवंशी राजालाई हस्तान्तरणदेखि शाह शासन, एक सय चार वर्षको एकतन्त्रीय जहाँनियाँ राणा शासन, दस वर्षे राजाद्वारा नियुक्त र जनताद्वारा निर्वाचित प्रजातान्त्रिक वहुदलीय शासन, तीस बर्षे निरंकुश राजतन्त्रको प्रत्यक्ष निर्दलीय पंचायती शासन र पुनस्र्थापित प्रजातान्त्रिक वहुदलीय शासनसम्म आईपुग्दा नेपालीहरु संग–संगैै संघर्षमा बलिदानी रगतको आहुति सहित सक्रिय सहभागिता पश्चात पनि तराईका मूल निवासी९मधेशी०हरु नेपाली उत्पीडनको शिकार भई नै रहे ।

हामीले मधेश र मधेशीको मुक्तिको लागि १ फागुन, २०५२ देखि मुक्ति वा मृत्युको शपत खाएर सशस्त्र जनयुद्ध लडी रहेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०सँग सम्बद्ध ‘मधेशी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल’मा आबद्ध भए । २०५८, भदौ ५ गते मोर्चाको प्रथम राष्ट्रीय सम्मेलन नेपाल कम्युनिष्ट पार्टी९माओवादी०का अध्यक्ष प्रचण्डद्वारा उद्घाटनपछि राजनीतिक प्रतिवेदन, विधान आदि पारित र मेरो अध्यक्षतामा केन्द्रीय समिति गठन गरी भदौ ७ गते सम्पन्न भयो । विश्वइतिहास एवं राजनैतिक घटनाक्रमले सिद्ध गरेको बैज्ञानिक मान्यता अनुरुप आत्मनिर्णय सहित स्वशासन अथवा आवश्यक परेमा छुट्टै स्वतन्त्र राज्य गठन गर्न सक्ने अधिकार विना वत्र्तमान विश्वमा उत्पीडित समुदायहरुको वास्तविक मुक्ति हुन सक्दैन भन्ने नेकपा९माओवादी०को स्पष्ट र घोषित नीति रहेपनि व्यवहारमा आठ बर्षसम्म जनयुद्धमा संलग्न भएर अमूल्य रगतको खोलो बगाए पनि मधेशीहरु नेपाली औपनिवेशिक उत्पीडनको शिकार पार्टी भित्रै पनि भई नै रहे । ‘मधेशी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल’लाई सिंगो मधेश९मेचीदेखि महाकालीसम्म०को आन्दोलनको केन्द्र बन्न दिएन । नेकपा९माओवादी०ले सत्य तथ्य कुरो बताउनु र वैज्ञानिक सही समाधान खोज्नु भन्दा पनि सतही र जाली कुरा गरेर मधेशीहरुलाई झुक्याउने र समस्यालाई ज्यूँ का त्यूँ राखि छाड्ने काम गर्दे आईरहेकै व्रmममा २०६०, असार २६ गते ‘मधेशी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल’को प्रथम राष्ट्रीय भेला नेपाल कम्युनिष्ट पार्टी९माओवादी०का अध्यक्ष प्रचण्डद्वारा उद्घाटनपछि प्रथम राष्ट्रीय सम्मेलनबाट पारित राजनीतिक प्रतिवेदनलाई आवश्यक परिमार्जनसहित सामयिक बनाउनको नाममा मधेश र मधेशीलाई नेपाल र नेपालीको उत्पीडनको शिकार बनाई राख्न अर्को रुप दिदै साथै मलाई निष्कासित गर्दै असार २७ गते भेला सम्पन्न भयो ।
मधेश र मधेशीको वर्तमानको सत्य–तथ्यलाई बुझ्न र भविष्यको यात्रा सफल पार्ने बाटो सुनिश्चित गर्न सबभन्दा पहिले हामीले इतिहासलाई राम्ररी केलाउनै पर्छ । इतिहासको जगमाथि नै वत्र्तमानको निर्माण हुन्छ । नेपालको इतिहासको सिंहावलोकन हामीलाई बताउछ कि मेची नदीदेखि महाकाली नदीसम्मको ‘तराई–मधेस’ कुनै शाहवंशी राजा, महाराजा वा नेपालीको विजित भू–भाग नभई ब्रिटिश स्वार्थका कारण नेपाललाई हस्तान्तरित भू–भाग हो । भारत–नेपाल ‘शांति एवं मैत्री संधि १९५०’ को धारा– ८ अनुसार तराईमाथि नेपालको अधीनता पूर्णतः अनधिकृत र अवैध हो ।
नेपालको विस्तार एउटा काल खण्डमा तिस्टादेखि सतलजसम्म भएको थियो । भारत–नेपाल ‘शांति एवं मैत्री संधि १९५०’ का धारा– ८ को आधारमा सुगौली सन्धिमा गुमेको तिस्टादेखि मेचीसम्म तथा महाकालीदेखि सतलजसम्मको भूभागहरुसहितको ‘वृहत्तर९ग्रेटर० नेपाल’को लागि २०५४ र २०५६ सालमा अभियानकत्र्ताहरुले सर्वोच्च अदालत काठमाण्डौंमा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८९१० र ९२० बमोजिम छुट्टा–छुट्टै रुपमा दायर गरिएको रिटनिवेदन९याचिका०हरुमा विशेष इजलासबाट २०६०, असार १२ का दिन फैसला भयो । यस फैसलापछि नेपली जनताको बीचमा एकीकृत नेपाल राष्टिय मोर्चा, नेपाल नेसनलिस्ट फ्रन्ट, नेपाल भू–भाग संरक्षण मञ्च, राष्ट्रिय जागरण पार्टी आदिले ‘वृहत्तर९ग्रेटर० नेपाल’को लागि ‘संगठित रुपमा अभियानरत रहे ।


२०६१ श्रावण १० का दिन भारत–नेपाल ‘शांति एवं मैत्री संधि १९५०’ को धारा– ८ को आधारमा तराई९मधेशं० र तराईका मूल निवासी९मधेशी०हरुको ऐतिहासिक आवश्यकता नेपाली शासनबाट मुक्तिको लागि हामीले ‘जनतान्त्रिक तराई मुक्ति मोर्चा’ वर्तमान ‘अखिल तराई मुक्ति मोर्चा’ गठन गरी संघर्षरत भए ।
हाम्रो गौरवशाली तराई मुक्ति अभियान अनेकौं आरोह र अवरोहलाई पार गर्दै, कैयौं कमी, कमजोरी र सीमाहरुको बीचबाट गुजर्दै यही २०७१ श्रावण १० गते दशौं वर्ष पूरा गरी एग्याह्रौं वर्षमा प्रवेश गर्दैछ । यो सिंगो अवधि तराई मुक्ति आन्दोलन विरुद्ध भ्रम, षडयन्त्र र धोखाको अवधि रहेको छ । यो अवधि गैरन्यायीक हत्या, गैरकानूनी गिरफ्तारी, झुट्टा मुद्दामा कारागार र भारतीय आतंकवादी र अपराधीसंग साटने अवधि हो ।
अर्कोतर्फ तराई(मधेश)मा नेपाली शासन प्रति विशाल जनसमुदायमा विरोध एवं नफरत तीब्र गतिमा बढदै गएको हो । ‘संगठित जनता सहितको जनधार नै अपराजित शक्ति र अमेध किल्ला हो’ भन्ने मान्यतालाई गम्भीर रुपमा आत्मासात गर्दै मजदूर, किसान, महिला, विद्यार्थी, युवा, शिक्षक, प्रध्यापक, कानूनविद् , कर्मचारी आदिलाई संगठनमा आवद्ध गर्नु अपरिहार्य हुन आएको छ । अतःअखिल तराई व्रmान्तिकारी किसान संघ, अखिल तराई व्रmान्तिकारी महिला संघ, अखिल तराई व्रmान्तिकारी स्वतन्त्र विद्यार्थी यूनियन आदि संगठनहरु निर्माण गर्ने निर्णय लिएको हौं । अतः यही २०७१ श्रावण १० गतेदेखि अखिल तराई मुक्ति मोर्चाको सट्टा तराई कम्युनिष्ट पार्टी (माओवादी) तराईका मूल निवासी(मधेशी)को राजनैतिक प्रतिनिधित्व गर्ने संगठित अग्रदस्ता हुने छ ।
नेपालीहरुले भारत–नेपाल ‘शांति एवं मैत्री सन्धि १९५० को धारा– ८ को आधारमा भारत अधीनस्त तिस्टादेखि मेचीसम्म र महाकालीदेखि सतलजसम्मको भूभागहरुसहितको ‘वृहत्तर९ग्रेटर० नेपाल’कोे मान्यता राख्दा, आवाज उठाउँदा र संगठित अभियान चलाउँदा नेपालको संविधान र कानून सम्मत हुने र सोही सन्धिको धारा– ८ कै आधारमा तराईका मूल निवासी९मधेशी०हरुले नेपाल अधीनस्त मेचीदेखि महाकालीसम्मको तराईको सन्दर्भमा इतिहासले गरेका प्रामाणिक आधारमा मान्यता राख्दा र आवाज उठाउँदा नेपालको संविधान र कानून सम्मत नहुने । भारत–नेपाल ‘शांति एवं मैत्री सन्धि १९५० को धारा– ८ को नेपालमा दोहरो मापदण्ड रहेको छ । यसको विरुद्ध दृढतापूर्वक उभिनको लागि सम्पूर्ण मुक्तिकामी तराईका मूल निवासी९मधेशी०हरुमा हार्दिक अनुरोध गर्द छौं ।
दशौं वर्ष पूरा गरी एग्याह्रौं वर्षमा प्रवेशको महान् ऐतिहासिक अवसरमा हामी सर्वप्रथम तराई मुक्तिको सशस्त्र आन्दोलन, मधेश महाविद्रोह २०६३ र समग्र तराई क्रान्तिमा उच्च सहादत प्राप्त गर्ने सम्पूर्ण वीर अमर शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौं । साथै शान्ति वार्ताकालमा नेकपा९माओवादी०द्वारा वेपत्ता पारिएको वीर योद्धहरु प्रति हामी उच्च सम्मानका साथै संग्रामी सलाम गर्दछौं र उनीहरुको स्थिति सार्वजनिक गराउने दृढ प्रतिबद्धता व्यक्त गर्दछौं । साथै हामी शहिद परिवार तथा वेपत्ता परिवारजनमा हार्दिक संवेदना, आभार एवं सम्मान व्यक्त गर्दछौं । सम्पूर्ण तराईका मूल निवासी९मधेशी०हरुमा संग्रामी अभिवादन एवं मातृभूमि तराई मुक्ति न हुँनजेलसम्म लडदै रहने दृढ प्रतिबद्धता प्रकट गर्दछौं ।
हाम्रो नाराहरु ः–
नेपाली शासक — तराई छाड १
तराईका शासन — तराईका मूल निवासी९मधेशी०हरुले गर्ने १


मिति २०७१ श्रावण ७ गते । ९जयकृष्ण गोइत०
संयोजक
केन्द्रिय कार्य समिति
अखिल तराई मुक्ति मोर्चा


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete