Wednesday, July 23, 2014

आउदो शुक्रवार सदभावना पार्टीले बजेट जलाउने




राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले आउदो शुक्रवार ९ साउनमा सरकारले हालै जारी गरेको आर्थिक बर्ष ०७१/०७२को बजेटको प्रतिलिपीलाई काठमाडौंको बानेश्वर सहित मधेशका सबै सदरमुकाममा जलाउने निर्णय गरेको छ ।  सरकारले प्रस्तुत गरेको बजेट मधेश विरोध भएको भन्दै सदभावना पार्टीले बजेटमा मधेशको विकासको सवाललाई उचित रुपमा समेटिनु पर्ने माग गरेका छन । सदभावना पार्टीका अध्यक्ष महतोले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर बजेटमा समेटिने मधेशका १० बुदे मागहरु पनि सार्वजनिक गरेका छन । पत्रकार सम्मेलनमा महतोले भने, देशको पुर्वाधार विकासको निम्ति छुटयाइएको रु ५६ अर्ब मध्ये देशलाई ८० प्रतिशत राजस्व दिने मधेशका लागी १० प्रतिशत भन्दा पनि कम लगभग रु ५ अर्ब मात्र छुटयाइएको छ, यो विभेदको पराकाष्टा हो ।

शुक्रवार बजेट जलाउने कार्यक्रमको आयोजना सदभावना पार्टीका तीन भातृ संगठनहरुले आयोजना गर्दै छन । सदभावनाका भातृ संगठनहरु विद्यार्थी मंच, युवा मंच र किशान मंचले मधेशका सबै सदरमुकाम सहित काठमाडौंमा संविधानसभा वाहिर बानेश्वर चौकमा उक्त विरोध कार्यक्रमको आयोजना गर्दैछ । पत्रकार सम्मेलनमा सदभावना पाटीृले वितरित गरेको प्रेस विज्ञप्तिमा बजेट प्रति १० बुदे. माग गर्दै उनीहरुले बजेटलाई मधेश विरोधी भनेका छन । बजेट संघीयता विरोधी, भेदभावको पराकाष्ठा, चुरे प्रति असम्वेदनशिल, मधेशी दलीतको उत्थानमा मौन, कृषीमा विभेद, शहिरमा पनि विभेद, हुलाकी राजमार्ग , विद्युतीइ रेलमार्ग, दैनिक व्यहवारमाथी प्रहार र मधेशका सदरमुकामहरु प्रतिमौन भनेर १० ओटा बुदाहरु उल्लेख गरेका छन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete