Tuesday, July 22, 2014

संविधानसभाले मधेशको कुन कुन सशस्त्र समुहहरु संग वार्ता गर्दैछ ?




दोस्रो संविधानसभा अन्र्तगतको संवैद्यानिक राजनितीक संवाद तथा सहमती समितीले हालै तराई मधेशको कुन कुन सशस्त्र समुहहरुसंग वार्ता गर्ने भनेर गोप्य प्रतिवेदन बनाएको छ । आनन्द प्रसाद ढुंगाना नेतृत्वको  उपसमितीले यी सशस्त्र समुहहरुसंग वार्ता गर्ने तयारी गरेका छन । यसलाई कार्यन्वयन तथा वार्ताको पक्षमा सहयोग गर्न सरकारले हालै सहमती सम्झौता कार्यन्वयन सिफरिस आयोग २०७१ समेत गठन गरेका छन । उक्त समितीले  शान्ति मन्त्रालयको सहयोगमा र गृहमन्त्रालय तथा नेपाली सेनाको सिफारिसमा तयार पारेको गोप्य प्रतिवेदनमा तराई मधेशमा सक्रिय तर वार्तामा बसीसकेका १६ ओटा तथा हाल सम्म वार्तामा नबसेका ६ ओटा गरी जम्मा २२ ओटा समुहहरु संग वार्ता तथा विगतमा भएको सहमतीलाई कार्यन्वयन गर्ने तयारीमा जुटेका छन । यसैगरी उक्त समितीले नै तराई मधेशमा हाल १६ ओटा सशस्त्र समुहहरु निस्क्रिय रहेको जनाएको छ । समितीका सदस्यहरुलाई उपल्ब्ध गराइृएको उक्त गोप्य प्रतिवेदनमा जयकृष्ण गोईत, नगेन्द्र पासवान, मनोज मुक्ति लगायतका ६ जना वार्तामा नबसेको तथा कौटिल्य शर्मा, राजीव झा सहित १६ जना संग वार्ता गरेर विभिन्न बुदामा सहमती भएको उल्लेख गरिएको छ । पहिलो संविधानको क्रममा माधव नेपालको सरकारले तराई मधेशमा विशेष सुरक्षा योजना लागु गर्दा तत्कालिन गृहमन्त्रीले १०९ ओटा सशस्त्र समुह तराई मधेशमा सक्रिय रहेको जनाएका थिए ।

पढनुस विभिन्न समुहमा छुटयाएका सशस्त्र समुहका नामावलीहरु -

सरकारसंग बार्तामा सहभागी भएका विभिन्न समुहहरु -

१, मधेशी भाईरस किलर्स - जेपी यादव - ४ बुदें
२, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा - संजय कुमार गुप्ता, कौटिल्य - ५ बुदें
३, तराई संयुक्त जनक्रन्ति पार्टी - गजेन्द्र कुमार मंडल - ५ बुदें
४, जनतान्त्रिक तराई मुक्ति मोर्चा - राजीव झा - ६ बुदें
५, किरात जनवादी वर्कस पार्टी - अनन्त क्रन्ति - ५ बुदें
६, लिवरेशन टाईर्गस अफ तराई ईलम - रामलोचन ठाकुर, स्वामीजी - ५ बुदें
७, मधेशी मुक्ति टाइर्गस - भोलाप्रसाद मुखिया - ४ बुदें
८, किरातं जनवादी वर्कस - सुमन बान्तवा - ५ बुदे
९, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा - प्रह्लाद गिरी - ४ बुदें
१०, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा - उदयकान्त मिश्र - ४ बुदे
११, नेपाल डिफेन्स आर्मी - राम प्रसाद मैनाली
१२, जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी, भगत सिंह ः ६ बुदें
१३, संयुक्त क्रन्तिकारी तराई मधेश मुक्ति मोर्चा - रामवृक्ष महतो - ६ बुदें
१४, तराई कोब्रा - अजय कुमार सिंह - ६ बुदे
१५, तराई जनतान्त्रिक पार्टी मधेश - बिरेन्द्र साह - ४ बुदे
१६, जनतान्त्रिक तराई मुक्ति मोर्चा - महाराज यादव

वार्तामा नबसेका सशस्त्र समुहहरु 

१, अखिल तराई मुक्ति मोर्चा - जयकृष्ण गोईत
२, जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाल सिंह - नगेन्द्र पासवान
३, जनतान्त्रिक तराई मुक्ति मोर्चा - मनोज मुक्ति
४, मधेश मुक्ति टाईर्गस, तराई - प्रफुल्ल यादव
५, तराई जनतान्त्रिक पार्टी मधेश - मुकेश चौधरी
६, तराई मुक्ति मोर्चा - रामबाबु यादव

तराईमा अन्य निष्कृय रहेका सशस्त्र समुहहरु

१, जनतान्त्रिक तराई मुक्ति मोर्चा - विष्फोट सिंह, रामशंकर साह
२, जनतान्त्रिक तराई मुक्ति मोर्चा - पृथ्वी सिंह
३, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा - उदयकान्त मिश्र
४, अखिल लोकतान्त्रिक तराई मुक्ति मोर्चा - भिष्म सिंह
५, मधेश मुक्ति टाईर्गस - रमण सिंह
६, तराई मधेश राष्टिय मुक्ति मोर्चा - चन्द्रशेखर
७, संयुक्त क्रान्तिकारी तराई मधेश मुक्ति मोर्चा - रणविर सिंह
८, नेपाल संयुक्त गणतान्त्रिक गुप्तचर योंड टाईर्गस ग्रुप - दिपक पाण्डे
९, नेपाल डिफेन्स आर्मी - अजाद
१०, जनतान्त्रिक तराई मुक्ति मोर्चा - विनोद सदा
११, तराई कमाण्डो फोर्स - शिवनारायण चौधरी
१२, मधेश मुक्ति संग्राम - अर्जुन प्रसाद जयशवाल
१३, मधेशी टाईर्गस - मुन्ना भाई
१४, जनतान्त्रिक तराई मुक्ति मोर्चा - अधिषेक मोर्चा
१५, जनतान्त्रिक तराई मुक्ति - हिम्मत सिंह
१६, मधेश स्पेशल फोर्स

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete