Monday, July 21, 2014

रेणू यादव फोरम परित्याग गरेर एमाओवादीमा जादै


 

मधेशी जनअधिकार फोरम नेपालका चर्चीत नेतृ रेणू यादव फोरम नेपाल परित्याग गरेर एमाओवादीमा जान लागेका हुन । फोरम उच्च स्रोतका अनुसार केही दिन अधि पार्टी कार्यलयमा सभासद शिवजी यादवसंग गालीगलौच भए देखि नै नेतृ यादव अध्यक्ष उपेन्द्र यादव संग रिसाएका थिए । र त्यस लगत्तै उनी राजविराज गएर त्यही बस्न थालेकी थिईन । उक्त घटना पश्चात पार्टीको खासै सम्पर्कमा नरहेकी उनी एमाओवादी सप्तरीका नेता उमेश यादव मार्फत एमाओवादी नेतृत्व संग कुराकानी अघि वढाएका थिए । फोरमका नेताहरुले अहिले सम्म स्वतन्त्र रुपमा यसलाई पुष्टि नगरेपनि उनी निकटस्त केही नेताहरुले रेणू यादव र एमाओवादी विच भईरहेको कुराकानीलाई पुष्टि गरेका छन ।

दोस्रो संविधानसभाको समानुपातिक छनौटमा अध्यक्ष यादवको तर्फ वाट रेणू ले नै आर्थिक डिल गरेपछि उनी उपेन्द्र यादव निकटस्तहरुकै निशानामा परेका थिए । पार्टीमा उनी माथी अध्यक्ष उपेन्द्र यादव माथी अत्यधिक हावी भएको आरोप लागदै आएका छन । त्यही क्रममा केही समय पहिला सभासद शिवजी यादवसंग भएको डिल अनुसार बाकी रकम असुल गर्ने क्रममा उनीहरु दुवै जना विच पार्टी कार्यलयमै गालीगलौच भएको थियो । पछि शिवजी यादवले अनौपचारिक रुपमा गल्ती भएको स्विकार गरेका थिए । शिवजी यादवलाई पाटीृले सात महिनाका लागी निलम्बन गरेका छन । तर उक्त घटनामा नराम्ररी मुछिए पछि रेणू यादव अध्यक्ष उपेन्द्र यादवसंग पनि रिसाएर काठमाडौ वाट राजविराज गएर बस्न थालेका थिए ।

फोरम नेपाल स्रोतका अनुसार रेणू यादव केही दिन भित्रै एमाओवादीमा प्रवेश गर्ने तयारीमा जुटेकी छिन । फोरम नेपाल भित्र तीव्र विवादमा तानिए पछि उनी राजनिती रुपमा आफु लाई सुरक्षित राख्नका लागी त्यस्तो निर्णयमा पुगेको हुन सक्ने नेताहरुले बताएका छन । तर उपेन्द्र यादवको अत्यन्तै निकट पात्र भएकी कारण उनी पार्टी परित्याग गर्न लागेको कुरा सुन्दा पार्टीकै नेताहरु जिल्ल परेका छन । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete