Saturday, July 19, 2014

राजेन्द्र महतो द्धारा क्षमायाचना


 

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतमा  पार्टीवाट वाट भएको कमीकमजोरीका लागी नैतिक रुपमा आफु जिम्मेवार भएको भन्दै त्यसका लागी क्षमायाचना गरेका छन । आज काठमाडौंमा मधेशका बुद्धजिवीहरुसंग अन्तक्रिया कार्यक्रमको आयोजना गरेर महतोले सदभावना पार्टीको तीन पेजको स्वेत पत्र जारी गर्दै भने, विगतमा जानेर वा नजानेर जे जस्ता कमी कमजोरी हुन गयो, त्यो सबैको नैतिक रुपमा म जिम्मेवार छू र त्यसका लागी म क्षमायाचना माग्न चाहन्छू । महतो दोस्रो संविधानसभाको समानुपातिक सभासद छनौटको क्रममा मधेशी पार्टीहरुमा देखिएको प्रवृतिले आम मधेशीमा थप आक्रोश पैदा भएको भन्दै त्यस क्रममा आफु वाट पनि केही गल्ती भएको स्विकार गरे । उनले भने, त्यसको लागी म र मेरो पार्टीले उपयुक्त समयमा मधेशी नागरिकको हितमा हामी केही निर्णयमा पुग्दै छौं ।

तीन पेजको आफनो राजनितीक स्वेत पत्रमा महतो सदभावना पार्टी संविधानसभा छाडने तयारीमा जुटिसकेको छनक दिएका छन । उनले संविधानसभा भित्र जे जस्तो प्रवृति देखिएका छन, त्यसलाई मधेश विरोध भन्दै त्यसका लागी संविधानसभा परित्याग गरी आन्दोलनमा जाने तयारीमा सदभावना पार्टी रहेको उल्लेख गरेका छन । उक्त स्वेत पत्रको अधिकांश भाग महतो आफुहरुका कारण मधेशी नागरिकमा निराश पैदा भएको भन्दै आत्म आलोचनामा खर्च गरेका छन र उनले भविष्यमा विगतको गल्तीहरुवाट पाठ सिक्दै पार्टीलाई नर्या उर्जाका लागी मधेशी नागरिकको हितमा आन्दोलनमा जान लागेको उल्लेख गरेका छन ।

स्वेत पत्रमाथी मधेशका बुद्धजिवीहरुले टिप्पणी गर्दै उनको आत्मलोचनको प्रसंशा गर्दै संविधानसभाको मोहमा नफस्न र मधेश मैत्री संघियता र संविधान नबन्जुल सरकारमा नजाने सुझाएका थिए । स्वेत्र पत्र माथी टिपपणी गर्दै बुद्धजिवी जय निशान्तले मधेशी पार्टीहरुको नेतृत्ववाट आएको यो पहिलो आत्मलोचनका लागी महतोलाई धन्यवाद दिए । उनले भने, तर आत्मलोचनाले मात्रै पुग्दैन, पार्टीलाई सही, सार्थक र सक्षम हुने गरी पुर्ननिर्माण गर्नुस । मधेशी नेतृत्वहरुले मधेशको नाममा सबै खालै तत्वलाई गंगास्नान गराउनु भएन , यसले मधेशको लडाईलाई लम्बयाउने बाहेक अरु केही गर्ने उनको तर्क थियो ।  उनले अपराधलाई अपराधकै आखाले र राजनितीमा पनि मधेशका लागी को कस्ता छन, विगत के कस्तो छ, त्यो सबैलाई राम्ररी हेर्दै पार्टी पुर्ननिर्माणमा मधेशी नेतृत्वहरु लाग्नु पर्ने बताए ।  केही समय पहिला मात्रै महतो कै वरिष्ठ उपाध्यक्ष संजय साहलाई जनकपुर बमकाण्डको मुख्य योजनाकारको रुपमा धनुषा प्रहरीले प्रकाउ गरी हाल पुर्पक्षका लागी सिरहा कारागारमा राखेका छन ।
 
यसैगरी महतोको उक्त स्वेत पत्रमाथी टिप्पणी गर्दै अधिकारवादीहरु विजय कान्त कर्ण, तुलानारायण साह, दिपेन्द्र झा लगायतले क्षमायाचनाका लागी महतोलाई धन्यवाद दिदै सशक्त रुपमा प्रस्तुत हुन आग्रह गरे । उनीहरु सबैले संविधानसभा र सरकारको मोह त्यागेर मधेशको मुद्धाको पक्षमा उभिन सुझाएका थिए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete