Wednesday, July 16, 2014

समावेशी अवधारणा नमाने पछि उपकुलपतिलाई थुने मधेशी प्राध्यापकहरु


 
विगतमा भएको सहमती अनुरुप त्रिभुवन विश्व विद्यालयले समावेशी अवधारण लागु नगरेपछि तराई मधेश लोकतान्त्रिक पार्टी निकट लोकतान्त्रिक प्राध्यापक संघले मंगलवार त्रिवी उपकुलपति सहित अन्य पदाधिकारीलाई कार्यकक्षमै  थुनेका थिए । संघका अध्यक्ष उदयकिशोर तिवारी संयोजकत्वको टोलीले विश्वविद्यालयका उपकुलपति हीराबहादुर महर्जन र शिक्षाध्यक्ष गुणनिधि न्यौपानेलाई मंगलबार दिउँसो २ बजेबाट राती ८ बजे सम्म कार्यकक्षमै नियन्त्रणमा राखेका थिए।

सुरुमा उपकुलपति महर्जनको कार्यकक्ष पुगेका उनीहरुले रजिस्ट्रार चन्द्रमणि पौडेल र शिक्षाध्यक्ष न्यौपानेलाई त्यहीँ बोलाउन लगाएका थिए। पौडेल व्यस्तता देखाउँदै आएनन्, तर शिक्षाध्यक्ष न्यौपाने तत्कालै उपकुलपति कार्यालय पुगेका थिए।

संघले त्रिविमा विभिन्न तह र तप्कामा पदाधिकारी नियुक्त गर्दा संघको २५ प्रतिशत प्रतिनिधित्व हुनुपर्ने, आंशिक १२ सय शिक्षकलाई करार नियुक्ति दिनुपर्ने, चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज र त्यसका आंगिक क्याम्पसहरुमा मेडिकलका विद्यार्थी भर्ना गर्दा समावेशी गरिनुपर्नेलगायत माग अघि सार्दै आएको छ।
 
संयोजक तिवारीले त्रिवि पदाधिकारीले माग पूरा गरिदिने भनी पटक–पटक लिखित सहमति गरे पनि सम्बोधन नगरेकाले बाध्य भएर पदाधिकारीलाई नियन्त्रणमा लिइएको स्विकारे। ‘त्रिवि पदाधिकारीले ०६८ र ६९ मै हाम्रा माग पूरा गर्न लिखित सहमति नै गरेका थिए, उनले भने, ‘हालसम्म पनि बेवास्ता गरेकाले माग पूरा गराउन पदाधिकारीलाई नियन्त्रणमा लिनुको विकल्प नै भएन। संघलाई बाइपास गरेर त्रिविलाई कुनै काम गर्न नदिइने उनले चेतावनीसमेत दिए।
 
डाइबेटिज पीडित उपकुलपति महर्जनलाई समस्या भएपछि राति साढे ८ बजे दुवैजनालाई घर पठाइदिएको तिवारीले जानकारी दिए। ‘उपकुलपतिज्यूलाई रोगले गाह्रो पारेछ, तिवारीले भने, ‘बुधबार कार्यकारी परिषद बैठक राखेर मागबारे छलफल गर्ने मौखिक सहमतिमा मुक्त गरिदिएका छौं।

यसअघि २०६९ असोजमा पनि संघ र त्रिवि प्राध्यापक संघले यिनै तीनसूत्रीय माग राखेर उपकुलपति महर्जन, रजिस्ट्रार पौडेल र शिक्षाध्यक्ष न्यौपानेलाई बल्खुस्थित सेरिड कार्यालयमा २२ घन्टा थुनेका थिए। आफ्ना कार्यालय तालाबन्दी गरिएकाले सेरिड कार्यालयमा काम गरिरहेका उनीहरुलाई त्यहीँ कब्जामा राखिएको थियो।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete