Monday, July 14, 2014

असन्तुष्ट लाई फर्काउदै उपेन्द्र यादव


 

फोरम भित्र असन्तुष्ट रहेका अर्जुन थापा, अमरेश नारायण झा लगायतका नेताहरुलाई अध्यक्ष उपेन्द्र यादवले पुरानै जिम्मेवारीमा फर्काएका छन


 
केही समय पहिला मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीको आलोचना गरेर पार्टी भित्र असन्तुष्टी व्यक्ति गरेका नेताहरुलाई अध्यक्ष यादवले पार्टी भित्र ससम्मान फर्काउन लगेका छन । उनीहरुले आलोचना गरेकै भरमा अध्यक्ष यादवले उनीहरुलाई गुपचुप रुपमा केन्द्रिय कार्यसमिती वाट समेत हटाएका थिए । फोरम भित्र समानुपातिकको व्यापार पश्चात चुलिएको विवाद माझ भरत विमल यादव, अर्जुन थापा, अमरेश नारायण झा, असरुदुन खां, राम चन्द्र राय, अभिषेश प्रताप शाह लगायतका नेताहरुले पार्टीमा सामुहिक नेतृत्वको आवाज उठाएका थिए । फोरम स्रोतका अनुसार भरत विमल यादव वाहेक अन्य सबै असन्तुष्ट नेताहरु संग अध्यक्ष यादवले वार्ता गरेर उनीहरुलाई पुन पुरानै जिम्मेवारीमा फर्काएका छन ।

पार्टीको केन्द्रिय कार्यसमितीको बैठक वहिष्कार गरेपछि शाह बाहेक अन्यलाई अध्यक्ष यादवले पार्टीको केन्द्रिय कार्यसमितीको नामावलीवाट हटाई दिएका थिए । तत पश्चात भरत विमल यादवले आफु फोरम परित्याग गरेको घोषणा गरेका थिए । पछिल्लो केही साता यता खासगरी अध्यक्ष यादवले आफैले सबै असन्तुष्ट नेताहरुलाई बोलाएर वार्ता गरेका थिए । भरत विमल यादव भने उनीसंग वार्ता गर्न अस्वीकार गरेका छन । र अर्जुन थापा, अमरेश नारायण झा, असरुदुल खां लगायतका नेताहरुसंग यादवले वार्ता गरेर पुर्न जिम्मेवारीमा पर्काएका छन ।

यसैगरी वार्ता पश्चात फोरम अध्यक्ष यादवले नेता अर्जुन थापालाई विशेष जिम्मेवारी समेत दिएका छन । उनलाई प्रचारप्रसार समितीको संयोजकत्व समेत बनाएका छन यादवले । र पार्टीको पदाधिकारी समेत चाडै बनाउन लागेको छ । यसैविच थापा प्रचारप्रसार संयोजक भएपछि उनले फोरमका ७ सदस्यीय प्रचार प्रसार समिती समेत बनाएका छन । जसमा गुलाम सरवर, मनिष कुमार यादव, विनोद विश्कर्मा,अशोक यादव सहित मधेशी मुल कै दुई जना पत्रकारहरु छन । यो समितीले चाडै फोरमको मुखपत्र निकाल्ने अभियानमा जुटेका छन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete