Sunday, July 13, 2014

बजेटमा मधेशलाई उपेक्षा - मधेशी नेताहरु


 
सरकारको तर्फवाट अर्थमन्त्री रामशरण महतले आज प्रस्तुत गरेका बजेटमा मधेशलाई पुर्ण रुपमा परम्परागत शैलीमा उपेक्षा गरिएको आरोप मधेशी नेताहरुले लगाएका छन । बजेट परम्परगत शैलीमा मधेशलाई उपेक्षा गरेको छ, फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर रायले भने, यो बजेट पुर्णरुपेण पहाड तथा हिमाल केन्द्रित छ । सरकारको सबै प्राथमिकताका क्षेत्रहरु मधेश बाहिरका छन, त्यसैले बजेट मधेशमा थप असन्तुष्टी जन्माउने आधार भएको उनको तर्क छ । मध्य पहाडी लोकमार्ग लगायतका दर्जनौ उच्च प्राथमिकतामा परेको छ, तर बर्षै देखि बन्न नसकेको हुलाकीलाई नाम मात्रको सम्बोधन गरिएको जस्तो देखिएको रायको आरोप छ ।

यसैगरी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले पनि सरकारको बजेटलाई मधेशलाई पुरै उपेक्षा गरेको आरोप लगाए । राउत भने, जनकपुरलाई अली कती देखाएर सरकारले पुरै मधेशलाई ठगेको छ, यो बजेटले मधेशी मनोविज्ञानलाई जिस्काएको छ । त्यसैगरी तराईमधेश लोकतान्त्रिक पार्टीका महामन्त्री गोविन्द चौधरीले बजेट काग्रेस, एमालेको पार्टीगत चरित्र अनुसार भएको टिप्पणी गरे । काग्रेस, एमाले हिजो पनि मधेशलाई मतलिने भाडो मात्र बनाए, अहिले पनि त्यही त्यही गरे ।

केही समय यता जनकपुरलाई राष्टिय गौरवको कार्यक्रम अन्र्तग ल्याउन लागी परेको एमाओवादी नेता तथा बृहतर जनकपुरका अध्यक्ष राम कुमार शर्मा विगत भन्दा यो वजेट जनकपुरको हितमा केही साकारात्मक भए पनि मधेशलाई वेवास्ता नै गरेको टिप्पणी गरे । शर्मा भने, देशको कुल जनसंख्याको ५० प्रतिशत बस्ने मधेशमा सरकार २० प्रतिशत बजेट दिएका छन भने पहाडमा ८० प्रतिशत । यसले सरकारको पुरानै रबैयालाई झल्काएको उनको आरोप छ । यद्यपी मुहसर, डोम र चामार जस्ता अती पिछडिएका मधेशका दलीतहरुको छोराछोरीको पढाईका लागी गरिएको घोषणा स्वागत योग्य भएको उनको तर्क छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete