Saturday, July 12, 2014

एन्टा द्धारा पांच मधेशी विद्यार्थीहरुलाई छात्रवृति


 
अमेरिकामा बस्ने मधेशीहरुको संगठन एन्टाले अघिल्लो बर्ष प्रवेशिका परिक्षामा उत्कृष्ट अकं ल्याएका चार जना छात्रा र एक जना छात्र लाई छात्रवृति प्रदान गरेका छन । ललीतपुरमा आज आयोजना गरिएको एक समारोहमा एन्टाका संस्थापक अध्यक्ष रतन कुरमार झा, एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो र शिक्षामन्त्री चित्रलेखा यादवले संयुक्तरुपमा उक्त छात्रवृति प्रदान गरेका थिए । तराई मधेशका २० जिल्लावाट ०६९ को एसएलसी परिक्षामा उत्कृत अकं ल्याएका छात्राहरु सरीता कुमारी यादव - बारा, अमृता साह - रौतहट, मीनाक्षी यादव - महोतरी, प्रतिमा राजवंशी - झापा र छात्र तर्फ महोतरीका मो अकिल धुनियालाई उक्त छात्रवृति प्रदान गरिएका थिए ।

छात्र तर्फको छात्रवृति सर्लाही समाजिक प्रतिष्ठानले उपल्ब्ध गराएको जानकारी उक्त कार्यक्रममा गराईएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै एन्टाका संस्थापक अध्यक्ष रतनकुमार झाले एन्टा मधेशको पहिचान, विकास र समृद्धिका लागी संस्थापना काल देखि नै सक्रिय रहेको बताए । त्यस्तै एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले मधेशको विकास र समृद्धिका लागी मधेशीहरु सक्षम हुनु पर्नेमा जोड दिए । महतो एन्टाको यो प्रयासले मधेशी महिला र दलीत समुदायको उन्नतीमा टेवा पुग्ने भन्दै छात्रवृति कार्यक्रमको प्रंशसा गरे । यसैगरी कार्यक्रममा शिक्षामन्त्री चित्रलेखा यादवले आफु मन्त्रालयवाट समेत छात्राहरुलाई चाडै यस्ता खाले छात्रवृतिको व्यवस्था गर्न लागेको जानकारी दिएका थिईन ।


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete