Tuesday, July 8, 2014

विहीवार एमाओवादी - मधेशी पार्टी विचको मोर्चा घोषणा हुने


 
आउदो विहीवार एमाओवादी र मधेशी पार्टीहरु सम्मलीत संघीय गणतान्त्रिक मोर्चाको घोषणाको तयारीमा यी पार्टीहरुका नेताहरु लागी परेका छन । निर्वाचनमा पराजय संगै यी दुई शक्ति विच मोर्चाको चर्चा भएको थियो । आज विहान एमाओवादी अध्यक्ष प्रचण्डको निवासमा भएको बैठकमा आउदो विहिवार मोर्चाको औपचारिक घोषणा गर्ने सहमती भएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए ।

महतोका अनुसार विहिवार घोषणा हुने गरी अवधारण पत्र समेत बनाउने काम अन्तिम चरणमा पुगी सकेको छ । मोर्चा संविधान निर्माणको पक्रियामा सशक्क्त साकारात्मक भुमिका निर्वाह गर्ने उदेश्यले बनाउने लागीएको उनले बताए । पहिलो संविधानसभामा पनि यी दुई शक्ति विच मोर्चाबन्दी भएको थियो । मोर्चामा एमाओवादी संग मधेशी पार्टीहरुमा फोरम नेपाल, फोरम लोकतान्त्रिक, तमलोपा, सदभावना लगाउत अन्य केही पार्टीहरु सामेल छन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete