Monday, July 7, 2014

शिवजी यादवले भने - म फोरम प्रती बफादार छू


 
मधेशी जनअधिकार फोरम नेपालका नेता शिवजी यादवले आफु पार्टी प्रती पुर्ण बफादार रहेको बताएका छन । यादवले पार्टीमा सपष्टीकरण दिदै भनेका छन, म हिजो पनि फोरम प्रती बफादार थिए, आज पनि छू र भोली पनि पुर्ण बफादार रहिरहने छू । पार्टीले नेतृ रेणू यादवलाई गाली गलौच गरेको भन्दै सोधेको सपष्टीकरणको जवाफ दिदै समानुपातिक सभासद समेत रहेका शिवजी यादवले घुमाउरो पारामा उक्त घटनाका लागी क्षमा याचना समेत मागेका छन । यद्यपी फोरम नेपालको राजनितीक समितीले शिवजी यादवलाई पार्टीको सम्पुर्ण जिम्मेवारीवाट ७ महिनाका लागी निलम्बन गरिसकेको छ ।

केही समय पहिला फोरमको पार्टी कार्यलयमा रेणू यादव र शिवजी यादव विच गाली गलौच सहित झगडा परेको थियो । त्यसपछि फोरम नेपालको बसेको राजनिती समितीको बैठकले यादवलाई स्पष्टीकरण सोधेका थिए । तर सुरुमा सपष्टीकारणको चिठी लिन नमाने पछि उनलाई ७ महिनाका लागी निम्बन गर्ने निर्णय गरिएको थियो । पछि उक्त सपष्टीकरण चिठी बुझेका यादवले दुई दिन अगाडी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सम्बोधन गर्दै दुई पेज लामो सपष्टीकरण पार्टी कार्यलयमा बुझाएको फोरम स्रोतले बताए ।


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete