Sunday, July 6, 2014

जीवनाथ चौधरीको राजनितीक कनेक्सन

          तस्बीरमा विमलेन्द्र निधी संग उभिएका हुन जीवनाथ चौधरी

 
माथीको फोटो हालै जनकपुरमा आयोजना गरिएको एउटा कार्यक्रमको हो । यो फोटोमा नेपाली काग्रेसका नेता तथा वर्तमान सरकारका भौतिक योजना मन्त्री विमलेन्द्र निधीको छेउमा देखिएका अनुहारको नाम हुन जीवनाथ चौधरी । चौधरी जनकपुर बमकाण्डका एक रहस्यमय पात्र हुन भने जनकपुरका प्रख्यात माफिया । उनी करौडौको भ्रष्टाचारको आरोपमा अख्तीयार द्धारा निलम्बीत जिविस धनुषाका सहलेखापाल पनि हुन ।  गएको फागुनमा धनुषा प्रहरीले सशस्त्र समुहको नाइके मुकेश चौधरीलाई समातेपछि जनकपुर बमकाण्डको मुख्य योजनाकार सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष संजय साह रहेको पुष्टि भएको थियो र त्यस पश्चात सभासद समेत रहेका साहलाई प्रहरीले पक्राउ गरेर हाल सिरहा कारागारमा राखेका छन । यो सम्रग प्रक्रियाामा जीवनाथ चौधरीको नाम पनि विभिन्न ठाउमा ठोकिएका थिए । तर राजनितीक संरक्षणकै कारण उनलाई कही कतै भएको देखिदैनन । वरु जनकपुर क्षेत्रमा उनको चुरीफुरी थप सशक्क्त हुदै गएको देखिन्छ । जनकपुर क्षेत्रमा संजय साह र जीवनाथ चौधरी चर्चीत अपराधिक नाम मध्येका हुन । र उनीहरुले त्यसमा क्षेत्रमा मधेशको नाममा सशस्त्र समुह संचालन गरेको चर्चा आमस्तरमा हुने विषय बन्ने गथ्र्यो । प्रहरीले आफनो अनुसन्धान मार्फत संजय साहलाई कानुनको दायरामा ल्याएपछि जनकपुर क्षेत्रका आम नागरिकले नेपालको प्रहरी प्रशासनलाई धन्यवाद दिएका थिए । तर जीवनाथ चौधरी माथी प्रहरीले देखाएको एहसानलाई हाल त्यस क्षेत्रमा नागरिकहरुले प्रहरी प्रशासनलाई राजनितीक संरक्षणको आडको केही नगरेको भन्दै चुटकिला बनाएर उडाउने गरेका छन । संजय साह जस्तै गरी सशस्त्र समुह संगको सम्बन्ध चौधरीको पनि भएको कुरा प्रहरी प्रशासनलाई थाहा नभएको चाही होईन । गत बर्ष भदौमा प्रहरीले पक्राउ गरेका पृथ्वी सिंह समुहका उमेश यादवले आफनो बयानमा भनेका छन, जीवनाथ चौधरीले हामी विरुद्ध सुराकी गरेकै कारण उनीमाथी ०६६ सालमा हामीले गोली प्रहार गरेका थियौ । यादवको परिवारले सशस्त्र समुहमै लागेका उमेशका भाई श्रीराम यादवलाई चौधरीले नै मार्न लगाएको आरोप मानअधिकार आयोग सम्बन्धी केही संघसंस्थालाई बताएका थिए ।  

यसको साथै चौधरीले स्थानिय विल्ला विकास समिती धनुषाका सहलेखापाल भएर करौडौं भ्रष्टाचार गरेको आरोप अख्तीयारले दुई बर्ष अगाडी लगाएका थिए । त्यही क्रममा उनी निलम्बनमा पनि परेका छन । तर आज पनि चौधरीको ईसारा विना धनुषा जिविसीमा कसैको केही चल्दैन । अख्तीयार पनि चोधरीको मुद्धालाई अत्यन्तै कमजोर तरीकाले विशेष अदालतमा पेश गरेको देखिन्छ । जानकारहरुको बुझाईमा अख्तीयार स्वयंम चौधरीलाई विशेषवाट सफाई दिलाउने चलखेलमा सामेल छ । कतिपयको बुझाईमा राजनितीक संरक्षणकै कारण अख्तीयारले त्यत्रो ठुलो सरकारी रकमको हिनामिना हुदा समेत सफाई दिलाउने अभियानमा लागेका हुन । 

 
को हुन जीवनाथ चौधरी ? 
 
२०२७ सालमा महोतरीको नैनही बासोपटीमा जन्मेका जीवनाथ चौधरी ०४६ सालतिर सानोतिनो किराना पसल गरीरहेका बुबासंग जनकपुर छिरेका हुन । रामानन्द युवा क्लव मार्फत काग्रेस नेताहरुहरुसंग सम्बन्ध जोडेका चोधरी ०४९ सालमा काग्रेसका रामसरोज यादव जिविस सभापति भएपछि जिविसमा सहलेखापाल भए । जिविसका ठेक्कामा सन्जय साहका पार्टनर भएका चौधरी विस्तारै जिविसको ठेक्का कसलाई दिने निर्णयक भुमिकामा बदल्यीयो । २०६३,०६३ को जनआन्द्योलनता र मधेश आन्दोलनताको उनी रामानन्द युवा क्लवका सभापति भएकाले जनकपुरमा उनको राजनितीक हैसियत बन्न गयो । अहिले उनको रामानन्द चौकमा सुविधासम्पन्न होटल सिता प्यालेस छ । क्यासिनो सन्चालन गर्ने गरी उनको साततले नया भवन बन्दैछ । जनकपुरनगरपालिका भित्रै उनको ६ विद्या जग्गा छ । जनकपुरमा उनको ठुलो रियलस्टेट कारोबार पनि छ । गएको मंसीरमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा उनी काग्रेस नेता रामसरोज यादवको प्रचारप्रसारमा खुल्ला रुपमै लागेका थिए । 

साथमा यो पनि पढनुस

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete