Friday, July 4, 2014

रहमानको कथा-मधेशको व्यथा

अब्दुल रहमान 
 

विहिवार काठमाडौं अदालतमा साक्षीहरुको वयानका लागी राजविराजवाट अब्दुल रहमान काडमाडौं आएको खवर पाउने वितिकै भेटनका लागी उनको नम्बर पता लगाए । सप्तरी भारदहका रहमानले फेसबुकमा प्रहरीको वारेमा कमेन्ट गरेकै आधारमा उनलाई २० दिन सम्म हिरासतमा राखेर काठमाडौं अदालत पुर्याएको थियो । विहिवार वयानका लागी राजविराजमा आफनो पसल बन्द गरेर काठमाडौं आईपुगेका उनी अदालती वयान पश्चात ३ वजे तिर बबरमहल स्थित अदालतकै अगाडी भेटनका लागी यो संवाददातालाई समय दिए । भेटन वितिकै म उनलाई चिया खान जाउ भनेर आग्रह गरे र चिया खादै गफ गरौला भने, उनले वढो नरम स्वरमा भने, सर मलाई त रोजा छ, चिया खान मिल्दैनन नि । अर्थात उनी अहिले केही दिन अघि सुरु भएको रमजान पर्वका लागी दिनहु दिनभरी व्रत बस्ने गर्छन । यसमा एक छाक बेलुकी मात्रै खाने गर्छन मुस्लीम समुदायका मानिसहरु । उनलाई व्रत भएर होला र त्यही अवस्थामा राजविराजवाट काठमाडौं आउनु पर्ने भएकाले उनी थकित देखिन्थे । तर पनि उनी म संग झण्डै १ घण्टा जती विताए, अदालती वयान पछि । मै प्रसंग निकाले, प्रहरी कसरी समाते औं तपाईलाई । उनले हासेर उत्तर दिन खोजीरहेका थिए । तर उनी लामो हासोको सास लिन सकिरहेका थिएन । यस्तै हो सर, मलाई के थाहा, फेसबुकमा कमेन्ट गर्ने वितिकै मलाई प्रहरी समात्छ भने ।

उनको छिमेकीले त्यही दिन आफनो चोरी भएको मोटरसाईकल ५० हजार तिरेर ल्याएका रैछन, त्यो कुराको हल्ला टोलछिमेक नहुने कुरै भएन । त्यही सुनेका थिए रहमानले र राती सुत्ने वेला फेसबुक खोल्दा प्रहरी सुध्रन थालेको आशयको समाचार हेरे अनि उनको मनमा आफनै छिमेकीले त्यही दिन ५० हजार तिरेर चोरी भएको मोटरसाईकल ल्याएको प्रसंग आयो र कमेन्ट ठोके त्यसमा । कमेन्ट गरेर उनी राती सुत्न पुगे । विहानै उठेर सधै झै राजविराज स्थित आफनो जुता पसलमा गए । दिउसो तिर प्रहरी आएर एसपीले बोलाएको भन्दै उनलाई जिल्ला प्रहरी कार्यलय लगे । त्यहा पुगे पनि उनलाई थुनाको खारमा जाला भन्ने रती पनि अनुमान थिएन । तर समान्य सोधपुछ गरेर प्रहरीले उनलाई थुन्न आदेश थिए र त्यहा वाट रोपनी पठाई दिए । यसरी एउटा फेसबुकमा कमेन्ट गरेकै आधारमा प्रहरीले उनलाई २० दिन सम्म थुनामा राखेर काठमाडौ ल्याए । त्यसपछि हल्ला खल्ला भएपछि मात्रै उनी वाहिर निस्कने वातावरण मिल्यो ।

विहिवार उनी भेटदा तपाई अब के गर्नु हुन्छ भनेर सोध्दा उनले म के गर्छु सर, यो मुद्धावाट सफाई पाउन खाजेका छौं अरु के नै गर्छु । म त व्यवसाय संचालन गरेर जीविका चलाउने मान्छे । स्वतन्त्रता पुर्वक आफनो व्यवसाय संचालन गर्छु । अनि प्रहरीले अनाहकमा थुनामा राखेकोमा तपाई जस्तो पढे लेखेका मानिसले मानव अधिकार आयोग र क्षतीपुर्तीका लागी उजुरी दिनु पर्दैन । उनले वढो गम्भिर मुद्रामा भने, हेनुस सर, यी प्रहरी प्रशासनसंग निहु खाजेर जिल्लामा बस्न गाहे छ । मलाई पनि सबै कानुनको कुराहरु थाहा छ तर म केही गर्दिन । किनकी मलाई राजविराजमै व्यवसाय गरेर बस्नु छ । म कानुन र क्षतीपुर्तीको कुरा गरेपछि मलाई कुनै न कुनै प्रकार यो सधैका लागी टर्चरको विषय हुन जान्छ । तपाईले सोचे जस्तो काहा सजिलो छ हामी मधेशीहरुलाइ प्रहरी प्रशासन संग । उनले प्रसंग उप्काए, रोपनीमा थुनामा रहेकै वेला प्रहरीले एक जना पहाडे युवालाई लागु औषध सहित प्रकाउ गरेर ल्याए तर उनलाई एक दिनमै छोडि दिए । मलाई २० दिन राखे । तपाई नै तुलना गुर्नुस प्रहरी प्रशासन कस्तो र कसको छ ।
 
रहमान विएसी आईटी गरेका एक शिक्षित मधेशी युवक हुन । उनी एक बर्ष अघि सम्म खाडीको एउटा मुलुक धेरै राम्रो आर्थिक हैसियतमा काम गर्थे । घरमा बुबा विरामी भए पछि उनी २७ महिना त्याहा काम गरेर फर्के र राजविराजमै आफनै व्यवसाय संचालन गरे ।  एउटा यतीको शिक्षित र सम्पन्न मधेशी युवाको यो मनोत्रास हेर्दा लाग्थ्यो उनी यो राज्यको प्रहरी प्रशासन संग अत्यधिक त्रस्त छ । सुनिन्नछ मधेशका जिल्लाहरुमा युवाहरुलाई प्रहरी प्रशासनले त्यतीकै पनि समातेर ल्याएर हातहतियारको मुद्धामा थुनामा राख्ने क्रम पछिल्लो समयमा ह्बातै वढेको छ । त्यही त्रासले होला रहमान जस्ता पढे लेखेका युवा पनि आफुले कानुन र अधिकारको सबै कुरा बुझदा बुझदै पनि मौन भएर दासत्वको जीवन रोजीरहेका छन । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete