Thursday, July 3, 2014

एमाले र मधेश


दोस्रो संविधानसभाको क्रममा एमाले अध्यक्षका एक दाबेदार माधव नेपालले आफनो रौतहटको निर्वाचन क्षेत्रमा धोती, कुर्ता र गम्छा लाएर खुवै घुम्ने गर्थे र मधेशी वाहुल्य उक्त क्षेत्रमा उनले भन्ने गर्थे, मधेशी पार्टीहरु भन्दा एमाले र म वढी मधेशप्रति प्रतिवद्ध छु । मधेशी पार्टीका नेताहरु त मन्त्री बन्नका लागी जे पनि गर्न तयार हुन्छ र पैसा पदका लागी पार्टी फोडने गर्छन । मधेशी मतदताहरु माझ उनको धोती कुर्ता र गम्छा लोकप्रीय पनि भए र फलस्वरुप पहिलो संविधानसभा नराम्ररी पराजय व्योहोरेका उनी यसपाली जित्न पुगे ।  उनी जितेर काठमाडौ छिर्ने वितिकै संविधानसभामा सपथ लिन जदा उनको पार्टी अर्थात एमालेले दाउरा सुरवाल लाउन ह्विप जारी गर्यो । यो निर्णयमा माधव नेपालको पनि ठुलो भुमिका रहेको एमालेजनका मधेशी नेताहरु बताउने गर्छन । र त्यही निर्णय अनुसार माधव नेपाल आफै पनि दाउरा सुरवालमा सजिएर संविधानसभामा सपथ लिन पुगे । निर्वाचनको क्रममा उनले लाउने धोती कुर्ता र गम्छा आखिर उनकै सक्रियतामा उनको पार्टीले वर्जित गर्ने निर्णय गर्यो ।


यो पंक्तिकारलाई दाउरा सुरवाल भन्ने पोशाकसंग कुनै ईस्र्या छैन, र व्यक्रिगत रुपमा मन नै पर्छ । र याहा दाउरा सुरवाललाई नराम्रो भन्ने मनसाय पनि छैन, किनकी नेपालको ठुलो जनसंख्या भएको पहाडी समुदायको त्यो सांस्कृतिक पहिरन हो । जसरी मधेशीहरुको धोती कुर्ता छ । तर सवाल आउछ मधेशी मतदातासंग मत माग्ने वेलामा माधव नेपालले लाएको धोती कुर्ता किन एमालेका लागी स्विकार्य भएन । निर्वाचनमा विजय भएको मातको प्रभावले नै होला एमालेका अधिकांश मधेशी सभासदहरु पनि दाउरा सुरवाल नै लगाएर सपथ लिन पुगे । एमालेजनका मधेशीहरुको नेतृत्वलाई खुश पार्ने रणनिती मात्रै थियो त्यो, किनकी पार्टी चाडै सरकारमा जान लागेको आभास उनीहरुलाई थियो , त्यही भएर नेतृत्वको निर्णयमा उनीहरु कतै नोट अफ डिसेन्ट लेखेनन वरु मन्त्री भईहाल्ला कि भनेर त्यसलाई स्विकार गरे । त्यस लगतै एमाले काग्रेस नेतृत्वको सरकारमा सहभागी हुने निर्णय भयो र एमालेवाट मन्त्री बन्नका लागी मधेशी सभासदहरु खासै योग्य देखिएनन । त्यही भएर होला अनेकन चाकडी पश्चात लालबाबु पंडित एउटा पात्र देखियो ।

यी प्रसंगहरुले एमालेको मधेश प्रतिको दृष्टिकोण बुझन र उनको प्राथमिकतामा मधेश र मधेशीहरु कति छन भने कुरा मज्जाले छर्लड हुन जान्छ । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा एमालेको भुमिकालाई नकार्न सकिन्न तर मधेश र मधेशी प्रतिको उनको भुमिका निसन्देह नाकारात्मक थियो, छ र रहिरहने कुरामा आम मधेशीहरु एकमत देखिन्छ । किनकी उनले आज आफनो नवौ महाधिवेशन गरिरहदा उनले प्रस्टका साथ भन्न सक्दैनन कि आम मधेशी नागरिकको चेतनालाई हामीले यो वा त्यो ढंगले सम्बोधन गरेका छौं । वरु एमालेका नेता तथा हालका गृहमन्त्री वामदेव गौंतमले हालै आफनो आलोचना गरेकै भरमा दुई जना निर्दोष मधेशी युवकहरुलाई कस्टडीको मज्जा चखाए ।

आज विहान महाधिवेशनमा भाग लिन आई पुगेका एक युवा मधेशी एमालेजनले भन्दै थिए, हामीले वारम्बर नेतृत्वलाई मधेशको वारेमा भन्छौं तर यी मुलाहरु के गर्दै गर्दैन्न । त्यसैले अव यो वा त्यो केही मधेशको वारेमा भन्नै छोडि दिए । ती युवा एमालेजनले हालका दिनमा मधेशमा वढदै गएको एउटा मनोवित्रान पनि सुनाए । दोस्रो संविधानसभामा एमाओवादी र मधेशी पार्टीहरु पराजय भएपछि संघियता, समावेशीको मुद्धा उठाउने बैद्धिक जमातलाई पनि तर्साउन काम सुरु हुन थालेको उनले सुनाए । उनी भन्दै थिए, हेर्नुस राजनिती गर्न पार्टी चाहिन्छ, त्यसैले पार्टीमा टिक्न याहा समस्या छ, मधेशको मुद्धालाई वढी प्राथमिकतामा राखेर कुरा गर्न वितिकै पार्टीमा समाप्त पार्ने काम हुन्छ ।

यस्तो अवस्था छ आज एमाले जसले आफनो ९ औ महाधिवेशन गरिरहेका छन । के एमालेले यी यस्ता कुराको वारेमा सोच्न याहा केही घण्टा पनि छुटयाउन सक्ने औकाद राख्छ । एमालेजनकै मधेशीहरु यस कुरा ढुक्क देखिएका छैनन । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete