Wednesday, July 2, 2014

निती कार्यक्रमको विरुद्धमा मधेशी युवा नेताहरु

 
 
राष्टपतिद्धारा हालै जारी गरिएको सरकारको निती कार्यक्रममा मधेशलाई सम्बोधन नगरिएको भन्दै मधेशी पार्टीहरुका युवा नेताहरुले आक्रोश पोखेका छन ।  सदनमा राष्टपतिले सम्बोधन मार्फत पेश गरेको निती कार्यक्रमकै आधारमा सरकारले आउदो आर्थिक बर्षको बजेट ल्याउने छ । मधेशी जनअधिकार फोरम नेपालका सभासद तथा युवा नेता अभिषेक प्रताप शाहले सरकारी निती कार्यक्रमलाई काग्रेस, एमालेको नियत कार्यक्रमको संज्ञा दिए । शाहले भने, यो निती कार्यक्रम काग्रेस र एमालेको नियत झल्काउने कार्यक्रम हो । निती कार्यक्रम मार्फत काग्रेस, एमालेले मधेश र मधेशी जनताको विकास, सुशासन र राजनिती चेतनाको अपमान गरेको शाहको ठहर छ ।

यसैगरी सरकारको निती कार्यक्रमलाई गम्भिरता पुर्वक आफुले लिएको भन्दै सदभावना पार्टीका प्रवक्ता संतोष मेहताले अफनो फेसबुकमा लेखेका छन,- संघियता, राज्यको पुनर्संरचना, गणतन्त्रको सस्थागत गर्न संबिधानसभाको निर्वाचन भएको हो, यस बिसयलाई उचित बियाबस्थापन नगरी संबिधान सभाले बनाउने संबिधान कसरि मान्य हुन् सक्छ, सरकारको नीति तथा कार्यक्रम यस बिसयमा मौन छ, कुरा गम्भीर छ ।

यस्तै उनले मधेशको समाजिक बिषयमा पनि निती कार्यक्रम मौन रहेको भन्दै टिप्पणी गदै भनेका छन, - बाढी पहिरो आगलागीको बारेमा मौनता,  संघियता,  राज्यको पुनर्संरचना कार्यान्बयन एबम बियाब्स्थापन मौनता,  निर्माराधीन गजेन्द्र नारायण सिंह एअरपोर्ट संचालन बारे मौनता , जलस्रोत बिकाश आयोजनामा पूर्वान्चलका नदीहरुको बारेमा मौनता , आदिबाशी जनजाती, दलित,मुस्लिम, मधेशीको लागि बिसेष कार्यक्रम नल्याएको , बिकाश निर्माणका योजनाहरु ल्याउदा सम्भावित संघिय प्रदेशलाई ब्यबस्ता गरिएकोले नेपाल सरकारको नीति तथा कर्यक्रम मधेश एबम संघियता बिरोधि रहेको छ
 
तमलोपाका सभासद बृजेश कुमार गुप्ताले सरकारले हालै ल्याएको नीति तथा कार्यक्रम विगतको कार्यक्रम कपि पेष्ट गरी गफको पुलिन्दा भएको बताएका छन्ु, यो मधेस, दलित, जनजाति विरोधी छ। संविधानले नै राज्यका सबै निकायमा समावेशी समानुपातिक कुरालाई यो नीति तथा कार्यक्रमले कही समेटेको छैन, उनले भने, ुमाओवादी युद्धका समस्या समाधानमा सम्बोधन गर्न खोजेपनि मधेस आन्दोलनका बारेमा केही बोलेको छैन।ु

५०प्रतिशत जनता बस्ने मधेसमा हुलाकी राजमार्ग रेलमार्गको कुरै नभएको भन्दै उनले पहाडमा लोकमार्ग र १० वटा आधुनिक सहर बनाउने कुरा गर्नेले मधेसमा भएका सहर विस्तार विकासमा केही गर्न नसकेको आरोप लगाए। यो सरकार संसद विरोधी पनि हो। ९० प्रतिशत सभासदले संसद विकास कोषको माग गरे पनि त्यसमा केही बोलेको छैन,ु उनले भने।

ुकृषि क्रान्तिको कुरा गरेपनि एउटा मल कारखाना पनि स्थापना गर्न सक्दैन। बैज्ञानिक भूमिसुधारको कुरामा खण्डीकरण होइन भूमिमा चक्लाबन्दी गर्नु पर्छ। लगानी आकर्षणको बातावरण बनाउन सकिरहेका छैनौ।ु

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete