Thursday, July 31, 2014

राज्यसत्ता विरुद्ध ठुलो संघर्षको आवश्यकता छ - महन्थ ठाकुर


 
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले राज्यसत्ताको चरित्र नसुध्रेको भन्दै त्यस विरुद्ध ठुलो संघर्ष गर्नु पर्ने बताएका छन । आज काठमाडौंमा मधेशी अपाड महासंघको महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै ठाकुरले राज्यसत्ताले मधेशीहरु संग पटक पटक सम्झौता गरेर पनि पुरानै व्यहवार प्रर्दशन गर्ने गरेकाले समस्या झन विकराल रुप लिन लागेको उल्लेख गरे । सत्ताधारीहरुको अझै पनि चेत खुलेको छैन, ठाकुरले भने , यस्तै अवस्था रहिरहे संघर्षको विकल्प हुन सक्दैन । ठाकुरले सरकार द्धारा हालै प्रस्तुत गरिएको बजेट अत्यन्तै पुर्वाग्राही रहेको भन्दै जिल्लाहरुमा समेत विभेद सहित बजेटको वितरण गरेको बताए । ठाकुरले भने, म आजै विहान महोतरी, मोरड र सुनसरी जिल्लाको बजेट अध्यन गर्दै थिए, यी जिल्लाहरुमा पहाडी बस्ने ईलाकामा वढी बजेट र मधेशीहरु बस्ने ईलाकामा कम बजेट छुटयाइएको देखिन्छ, यसले विभेदलाई थप मलजल गर्नेछ ।

कार्यक्रममा ठाकुरले संविधानसभाको कसैको वरदान नभएर सिमान्तकृत समुदायको संघर्षको माध्यमवाट आएको भन्दै यसलाई सफल हुन नदिन ठुला दलहरु लागी परेको आरोप समेत लगाए । जवसम्म सबै समुदायको पहिचान तथा प्रतिनिधित्वको उचित ग्यारेन्टी हुदैन तब सम्म विभेदको अन्तय हुनै नसक्ने बताउदै ठाकुरले वर्तमान सत्ताधारीको अहिले आईरहेको कुराले हामीलाई थप सशंकित बनाएको बताए । ठाकुरले राज्यले दलीत, महिला सहित अपाडको क्षेत्रमा काम गरिरहेको भएपनि त्याहा पनि मधेशीहरु उपक्षेति भईरहेको बताए । अपाड भनेको अपाड हुन्छ, तर याहा मधेशी भएकै कारण मधेशी मुलका अपाड, दलीत र महिलाहरु थप वहिष्करणमा परिरहेको सुन्छौं हामी, यसले राज्यलाइृ कता लैजान्छ, त्यो राज्यसत्ताका हर्ताकर्ताले सोच्नु पर्ने हुन्छ, ठाकुरले भने ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete