Saturday, July 26, 2014

मधेशी नेताहरुले भारतीय विदेशमन्त्री समकक्ष भने - संघीयता विना स्थितरता आउदैनन


 
नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री समकक्ष मधेशी नेताहरुले विगतमा मधेशी पार्टीहरु संग भएको समझौता अनुरुपको संघीयता सहितको संविधान बनेन भने मुलुकमा स्थिरता नआउने र त्यसले विकासलाई समेत अवरुद्ध पार्न सक्ने बताएका छन । आज बिहान सामुहिक भेटको निम्तो पाएका मधेशी पार्टीहरुका अध्यक्षहरु तथा काग्रेस, एमाले तथा एमाओवादीका मधेशी नेताहरुले स्वराजलाई काठमाडौंको नजर नहेर्न समेत आग्रह गरेका थिए । भारतीय विदेशमन्त्री स्वराजले आफुहरुको नया सरकारले नेपालसंगको समबन्धलाई उच्च प्राथमिकतामा राखेको बताईन । उनले आफुहरु नेपाललाई स्थितर र समृद्ध को रुपमा हेर्न र त्यसका लागी सक्दो सहयोग गर्न तयार रहेको बताएकी थिईन ।

भेटमा मधेशी पार्टीहरुका अध्यक्षहरु महन्थ ठाकुर, विजय गच्छदार, उपेन्द्र यादव, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झा सहित तराई मधेश राष्टिय अभियानका संयोजक जयप्रकाश गुप्ता, हालै फोरम नेपाल परित्याग गरेका भरतविमल यादव सहित काग्रेस, एमालेका पनि मधेशी नेताहरु सहभागी थिए ।
भेटवार्ताको क्रममा मधेशी नेताहरुले मधेशको विकासको लागी पनि भारतलाइ नयां ढंगले सोच्न सुझाएका थिए । भेटमा सहभागी एक नेताका अनुसार अधिकांश मधेशी नेतृत्वहरुले संघीयताको मुद्धालाई प्राथमिकतामा राखेर कुरा गरेका थिए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete