Sunday, July 20, 2014

मधेश राजनिती - खांचो पुस्तानान्तरको



शनिवार सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतमा आफुवाट गल्ती भएको भन्दै आत्मलोचना गरेका छन । पछिल्लो समयमा मधेशी नेतृत्ववाट आएको यो आत्मलोचनालाई प्रसंशनिय भनिदै सर्वत्र चर्चा भईरहेको देखिन्छ । तर के राजेन्द्र महतोले आत्मलोचना गर्दैमा उनी फेरी आफनो र पार्टीको साख बनाउन सक्लान । मधेशी नेतृत्वलाई अली नरमाईलो लाग्ला तर आजको यर्थात के छ भने यीनीहरु वाट अब मधेशी पार्टीहरुको राजनिती अगाडी बढन सम्भावना छैन । मधेशी नेतृत्वहरुले विगतमा गरेको गल्तीका कारण उनीहरु माथी आम मधेशीमा जुन वितृष्ण छ, त्यो आत्मलोचना वा माफी मागेर उर्जामा रुपानान्तर हुने छाटकाट छैन । वरु यी नेतृत्वहरु लाई साच्चिकै मधेश र मधेश राजनितीको माया छ भने यीनीहरुले  सहज रुपमा नेतृत्व हस्तानान्तर पनि होईन पुस्तानान्तर गरेर मधेशका लागी आफनो साकारात्मक ईतिहास रचे हुन्छ । अन्यथा यीनीहरु खलनायक वाहेक अरु कुनै पनि रुपमा चिनिने छैन ।

महन्थ ठाकुर देखि राजेन्द्र महतो होस वा उपेन्द्र यादव यादव देखि विजय गच्छदार, कसै वाट पनि मधेश राजनिती अब अगाडी जान सक्ने अवस्थामा छैन । र यीनीहरुको पछिको नेतृत्वले पनि मधेशी पार्टीहरुलाई उकालो लगाउन सक्दैन । त्यसैले राजेन्द्र महतो महतोले आफनो नेतृत्व संतोष मेहता र मनिष सुमनको पुस्तालाई सुम्पे हुन्छ, महन्थ ठाकुरले जितेन्द्र सोनल, वृजेश गुप्तालाई र उपेन्द्र यादवले अभिषेक प्रताप शाहलाई नेतृत्व सुम्पेर मधेशका लागी एउटा कार्यकता बनेर काम गर्न सक्ने आट देखाउनु पर्छ । अन्यथा मधेशी पार्टीहरु उभो लाग्ने आजको मितीमा कुनै सम्भावना छैन । र यीनीहरुको विकल्यमा नयां शक्ति उदय हुनेमा कुनैमा दुइमत पनि छैन । नयां शक्तिको उदयले यी नेतृत्वहरुको अस्तत्विलाई गलत सावित गर्ने छ । यदी यी नेतृत्वहरुले युवा पुस्तालाई पार्टीको वागडोर दिएमा उनीहरु ईतिहास पुरुषको रुपमा सधै जानिने छन । त्यसैले अहिलेको नेतृत्वहरु गम्भिर भएर आफनो आत्मसमिकक्षा गर्न सक्नु पर्ने हुन्छ । र भविष्यमा आफनो नामकै लागी भए पनि पुस्तानान्तर गरेर आफु सेफल्याण्ड गरे हुन्छ । राजेन्द्र महतोको आत्मलोचना शैलीले केही साकारात्मक संचार प्रवाह गरे पनि यसले सम्रगमा मधेश राजनितीलाई कुनै प्रभाव पार्ने छैन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete