Thursday, July 17, 2014

असमावेशी एमाले


एमालेको बन्दसत्रमा तराई मधेशवाट आएका प्रतिनिधीहरुले पार्टीहरुको केन्द्यि तह समावेशी हुनु पर्छ भनेर नारा मै उत्रनु परेको थियो । एमालेका मधेशीहरुको नारामा साथ दिए दलीत, आदीवासी जनजातीहरुले । पार्टीको बन्दसत्र ठप्प भएपछि पार्टी नेतृत्वले समावेशी कोटाहरुको व्यवस्था सहितको संशोधन प्रतिवेदन लगे त्याह र त्यही पारित भयो । तर एमालेको नेतृत्वको लागी भएको निर्वाचनको नतिजा आउदा त्यो समावेशी व्यवस्थाको झझल्को कतै देखिएका छैन । वरु पार्टी पहिला भन्दा पनि अझ वढी असमावेशी तिर गएको भान हुन्छ । आखिर यस्तै गर्नु थियो भने पार्टी नेतृत्वले बन्द सत्रमा मधेशी, जनजाती, दलीतलाई त्यसतो झुठो आश्वासन किन वाडेका होलान ? मधेशको राजनिती देखि बैद्धिक क्षेत्रमा अहिले वडो रमाइलो कहानीहरु सुनिनमा आईरहेका छन । एमाले नेतृत्वलाई अहिले जती सुकै सजिलो भएपनि अहिले देखिएको असमावेशी चित्रले एमालेको भविष्यमा यसले विभिन्न जटीलताहरु थप्नेमा कुनै दुइमत छैन ।

तराइ मधेशका युवा जमात देखि प्रवुद्ध वर्ग सम्मको फेसबुक वालमा एमाले नयां नेतृत्वको वारेमा टिप्पणीहरु आएको देखिन्छ । माधव नेपालको धोती र लालबाबु पण्डितको टोपीले काम गरेनन, एमालेको केन्द्रीय पदाधिकारी मधेश फ्री, त्यसैले अब मधेश पनि एमाले फ्री हुनु पर्छ , एमालेमा लागेका मधेशीहरुले यो नवौ महाधिवेन पश्चात गम्भिर आत्मसमिक्षा गर्नु पर्छ लगायतका टिप्पणी यत्रतत्र देखिन्छ । झनमा  यस्ता फेसबुक स्टाटसहरुमा आएको कमेन्टहरुको त कुरै नगरौं । हुनत एमालेलाई पहिला देखि नै मधे्श मुद्धामा अनुदार पार्टीको रुपमा मधेशी वुद्धजिवीहरुले विश्लेषण गर्दै आएका थिए । तर पनि गएको दोस्रो संविधानसभाको निर्वाचनमा यो पार्टीले मधेशवाट राम्रै मत ल्याएका थिए । र पार्टीको यस्तो खाले महाधिवेशनले कतिपयको बुझाईमा विगतको गल्तीहरु सच्चाउदै अघि वढछ र एमालेमा लागेका मधेशीहरु लाई पनि त्यसतै लागेका थिए होलान तर एमाले थप संकिर्ण भएर अघि आएको छ ।

एमाले महाधिवेशनमा आएका एक मधेशी प्रतिनिधीले यो संवाददातालाई निर्वाचन भन्दा एक दिन पहिला भन्दै थिए, हेर्नुस पार्टीले रामचन्द्र झा लाई सन्तुष्ट पार्न नसक्नु एमालेको इतिहासमा ठुलो गल्ती सावित हुनेछ । र रामचन्द्र झा पछि एमालेमा हामी यस्तो वर्षै देखि लागेका कार्यकर्ताहरु अभिभावक विहिन भएका छौं । एमाले परित्याग गरेपछि भलही रामचन्द्र झाको व्यक्तिगत राजनिती ओरालोका होला तर त्यस भन्द्या कयौन गुण वढी क्षती एमालेले भएको छ, जुन अहिले नदेखिएपनि भविष्यमा त्यो प्रष्ट हने छ । एमाले नेतृत्वले एउटा कुरामा के प्रष्ट  भए हुन्छ कि दोस्रो संविधानसभामा काग्रेस वा एमालेले मधेशमा पाएको मत वितृष्णाको मत हो, स्विकार्यताको मत होईन । मधेशी नेताहरु प्रति मधेशमा वढेको असन्तुष्टी र माओवादीसंगको गठजोडले निम्ताएको कयौन अनुकुलताका कारण काग्रेस, एमालेले दोस्रो संविधानसभामा मधेशवाट मत पाएका हुन ।

मधेशमा मधेशी राजनितीको मनोविज्ञान हिजो भन्दा कमजोर होईन कि वरु दिनप्रति दिन वढदै आईरहेको छ । र मधेशी मनोविज्ञान गैर माओवादी पनि छ । भलही केन्द्रमा मधेशी पार्टीहरु एमाले काग्रेस भन्द्या माओवादी संग नजिक देखिन्छ । त्यसैले यस्तो अवस्थामा आफनो पुरानै चालामा अघि वढन खाजेका काग्रेस, एमालेका लागी लागी अहिले जतीसुकै सजिलो आभास भएपनि भविष्य त्यतीकै जटील हुने कुरा निश्चित छ । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete