Tuesday, July 15, 2014

बजेट माथी मधेशी - थारु सभासदको असन्तुष्टि


सरकारले हालै प्रस्तुत गरेको बजेट माथी आज सदनमा भएको छलफलमा बोल्दै मधेशी तथा थारु समुदायका सभासदहरुले तीव्र असन्तुष्टि पोखेका छन । बजेट माथीको छलफलमा बोल्दै थारु समुदायका सभासद गोपाल दहितले सरकारले थारु समुदायलाई देशवाट निर्मुल पार्न खाजेको आरोप लगाए । दहित भने, सिंगो थारु समुदाय सिकलेल एरेनिमियमको संक्रमणवाट ग्रस्त छ, तर सरकारले बजेटमा एक रुपैया पनि छुटयाएको छैन, के सरकारले थारु समुदाय यो देशमा नरहोस भन्ने चाहन्छन ? त्यसतै रुकमिणी चौधरीले पनि सरकारको बजेटमा उक्त संक्रमण वारे व्यवस्था नभएको भन्दै असन्तुष्टि पोखे । उनले भनिन, हाम्रो अर्थमन्त्री जुन वर्ग र समुदायको हुनुहुन्छ, बजेट उनीहरुकै लागी केन्द्रित रहेको देखिन्छ ।

त्यसतै मधेशी पार्टीका सभासदहरु जीतेन्द्र देव, बृजेश गुप्ता लगायतले पनि बजेट मधेशको विकास प्रतिमौन रहेको भन्दै आलोचन गरेका छन । बजेट प्रति मधेशका बुद्धजिवीहरु पनि नाकारात्मक टिप्पणी गरेका छन । आज सदनमा बोल्दै फोरम लोकतान्त्रिकका सभासद देवले सरकारले हुलाकी सडकलाइ प्राथमिकतामा नराखेको भन्दै बजेट मधेश विरोधी भएको आरोप लगाए । त्यसैगरी तमलोपाका सभासद गुप्ताले बजेट एकपक्षिय भएको भन्दै मधेशको विकास प्रतिमौन हुनुले काग्रेस, एमालेको नियत माथी प्रश्न उठेको बताए । वर्तमान प्रधानमन्त्री तथा काग्रेस सभापति सुशिल कोईराला सहित काग्रेस, एमालेका अधिकाश प्रमुख नेताहरु मधेशकै जिल्लाहरुवाट निर्वाचनमा जित हासिल गरेका छन भने एमाओवादी अध्यक्ष प्रचण्ड पनि मधेश कै जिल्लावाट सदनमा प्रतिनिधित्व गरेका छन ।


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete