Wednesday, July 9, 2014

एमालेमा समावेशी कोटा पारित



काठमाडौमा एमालेको जारी ९ औ महाधिवेशनले आज पदाधिकारी सहित केन्द्रिय कार्यसमितीलाई समावेशी बनाउने व्यवस्था गरेको छ । बन्दसत्रमा एमालेका मधेशी दलीत जनजाती लगायतका प्रतिनिधीहरुले आवाज उठाएपछि एमालेले उपाध्यक्ष, सचिव र केन्द्रिय सदस्यमा मधेशी, महिला, दलीत लगायतको लागी कोटाको व्यवस्था गरेको छ । अव एमालेको १५९ सदस्यीय केन्द्रिय कार्यसमितीमा  ९ जना मधेशीहरु कोटाको व्यवस्था अनुसार केन्द्रिय सदस्य हुन पाउने छन । त्यसैगरी उपाध्यक्ष र सचिवमा समावेशी भनिए पनि कुन कुन समुदायका लागी भन्ने कुरा प्रष्ट गरिएको छैन ।

गएको १९ गते देखि काठमाडौमा भईरहेको एमाले महाधिवेशनमा माधव कुमार नेपाल र केपी ओलीले प्यानल नै बनाएर अगामी नेतृत्वका लागी भिडदै छन । एमालेमा रहेका अधिकांश प्रतिनिधीहरु ऋोली पक्षमा देखिएका छन । र ओली पक्षमा मधेशीहरुको उम्ेदवारी पनि वढी देखिनमा आएको छ । नेपाल पक्षमा समान्य प्रशासन मन्त्री लालबाबु पण्डित मात्रै देखिएका छन । एमालेले आज यी समुदायहरुको विरोध पश्चात समावेशी आरक्षणको व्यवस्था गरेपनि पार्टी नेतृत्व प्रति मधेशी दलीत लागयतका नेता प्रतिनिधीहरुको ठुलो असन्तुष्टी  रहेको देखिन्छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete