Thursday, July 31, 2014

राज्यसत्ता विरुद्ध ठुलो संघर्षको आवश्यकता छ - महन्थ ठाकुर


 
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले राज्यसत्ताको चरित्र नसुध्रेको भन्दै त्यस विरुद्ध ठुलो संघर्ष गर्नु पर्ने बताएका छन । आज काठमाडौंमा मधेशी अपाड महासंघको महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै ठाकुरले राज्यसत्ताले मधेशीहरु संग पटक पटक सम्झौता गरेर पनि पुरानै व्यहवार प्रर्दशन गर्ने गरेकाले समस्या झन विकराल रुप लिन लागेको उल्लेख गरे । सत्ताधारीहरुको अझै पनि चेत खुलेको छैन, ठाकुरले भने , यस्तै अवस्था रहिरहे संघर्षको विकल्प हुन सक्दैन । ठाकुरले सरकार द्धारा हालै प्रस्तुत गरिएको बजेट अत्यन्तै पुर्वाग्राही रहेको भन्दै जिल्लाहरुमा समेत विभेद सहित बजेटको वितरण गरेको बताए । ठाकुरले भने, म आजै विहान महोतरी, मोरड र सुनसरी जिल्लाको बजेट अध्यन गर्दै थिए, यी जिल्लाहरुमा पहाडी बस्ने ईलाकामा वढी बजेट र मधेशीहरु बस्ने ईलाकामा कम बजेट छुटयाइएको देखिन्छ, यसले विभेदलाई थप मलजल गर्नेछ ।

Wednesday, July 30, 2014

दिल्ली, काठमाडौं र मधेश


हालै भएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणको सन्दर्भमा काठमाडौंको मिडियावाजी माथी दिल्लीले मुख खोल्नु पर्ने अवस्था सिर्जना भयो । सन्दर्भ थियो सुष्मा स्वराजको ब्रेकफाष्ट मिटिंगको सन्दर्भलाई जोडेर अन्नपुर्ण पोष्ट दैनिकले प्रवाह गरेको समाचार । उक्त समाचार पढेपछि समान्य बुझसुझ राख्ने मानिसले पनि आशंका व्यक्त गर्ने ठाउ थियो । एकातिर भारतीय विदेशमन्त्रीहरु संग भेटेका मधेशी नेताहरुले भारतका अहिले सम्म कै विदेशमन्त्रीहरु मध्ये स्वराज संगको भलाकुसारी सौभाद्र भएको बताएका थियो । तर समाचारमा मधेशी नेताहरुले आफुहरु दोस्रो दर्जाको नागरिक भएको भन्दै गुहारेको प्रसंग, विना कुनै स्रोत उल्लेखै नगरि प्रकाशित गरिएको थियो । समाचार सम्प्रेषण गर्ने रिर्पोटरको नाम समेत उल्लेख गरिएको थिएन । समाचार आए लगतै फेसबुक टिवटरमा मधेशी मुलका बुद्धविजीहरुले त्यसप्रति आक्रोश पोख्न सुरु गरेका थिए । पछि भारतीय विदेश मन्त्रालय र काठमाडौं स्थित भारतीय दुतावासले समेत त्यसको खण्डन गरेर प्रेस विज्ञप्ती जारी गरे । भारतीय पक्षको खण्डन आईसके पछि दक्षिण संग नजिक भएका एकजनाले मित्रले टिप्पणी गर्दै थिए, यो भारतीय दुतावास मधेशीहरुलाई वदनाम गराउन लागी परेका छन । धन्न, साउथ ब्लक र भाजपा जसको सिधा दबाबमा यो खण्डन आएको हो ।

Monday, July 28, 2014

आज इद उल फित्र मनाउँदै





मुस्लिम धर्मावलम्बिहरुले मंगलबार इद उल फित्र मनाउँदै छन् । एक महिनासम्म लामो उपबास बसेर उनीहरुले इद उल फित्र मनाउन लागेका हुन् । इद उल फित्रका अवसरमा सरकारले मंगल सार्वजनिक विदा समेत दिएको छ । 

यस अबसरमा राष्ट्रपतिसहित विभिन्न दलका नेताहरुले शुभकामना दिएका छन् । राष्ट्रपति डा रामवरण यादवले इस्लाम धर्मावलम्बीको पर्व इल उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त  गरेका छन् ।

Sunday, July 27, 2014

यसरी भएको थियो सदरुलको हत्या








सदरुल मियाँको धेरैसँग दुस्मनी थियो तीमध्ये बंगलादेशी नागरिक सुब्रतो विनसँगको आर्थिक लेनदेन आफ्नै सालो असलमसँगको व्यापारिक कारोबारमा भएको हेराफेरी सबैभन्दा ठूलो थियो यसबाहेक श्रीमती नुरजहाँ विसनपुर मस्जिदका मौलाना नुरजमानबीचको सम्बन्धका कारण उठेका पारिवारिक विवाद पनि ठूलै मामिला बनेको थियो

बंगलादेशी नागरिक विनले सुनसरीबाट अली असरफको नाममा नक्कली नागरिकता लिएका थिए सोही काण्डमा सुनसरीको झुम्का जेल परेका वेला विनले आफ्नी श्रीमतीमार्फत सदरुलसँग सम्बन्ध बनाएका थिए नेपाल प्रहरीले विनको नाम इन्टरपोलमा राख्न खोजेपछि त्यसलाई रोक्न विनले सभासद् सदरुललाई प्रयोग गरेका थिए विनले श्रीमतीमार्फत सदरुललाई १८ लाख (भारु) दिएका थिए तर, सदरुलले काम गर्न नसकेपछि विनले पैसा फिर्ता मागे सदरुलले पैसा फिर्ता गर्न आनाकानी गरेपछि विवाद लम्बिँदै गयो , उनलाई बारम्बार मार्ने धम्की आउन थाल्यो

सदरुल, सुब्रतो र धीरेन्द्र यादव
 
स्वतन्त्र भए पनि सदरुलले एकीकृत माओवादीलाई समर्थन गरेका थिए सम्बन्ध पनि राम्रो थियो त्यसैले सदरुलले सहयोग गर्नसक्ने विश्वास विनलाई थियो झुम्का जेल तोडेर विनसँगै फरार भएका अर्का अभियुक्त धीरेन्द्र यादवले स्थानीय सञ्चारकर्मीलाई बताएका थिएइटहरीमा बसिरहेकी विनकी श्रीमतीले सदरुललाई पटकपटक गरी १८ लाख भारु दिएकी थिइन् यी धीरेन्द्र पनि नेपाली नागरिकता लिएर नेपालमा बसिरहेका थिए उनी भारतको मोस्ट वान्टेड अपराधीको सूचीमा परेका थिए यी यादवले ०६३ माघ गते कृषि विकास बैंक राजविराज शाखाका प्रबन्धक विक्रम साहको हत्या गरेका थिए त्यसैको सजाय काट्न काठमाडौंको जेलमा थिए ०६८ कात्र्तिक ३० गते यादवलाई सरुवा गरेर झुम्का जेलमा ल्याइयो यहाँ विन यादवको संयुक्त अपराध मोर्चा बनेपछि झुम्का जेल तोड्ने योजना बनेको थियो धीरेन्द्र भन्छन्, ‘झुम्का जेल तोड्ने तारतम्य मिलाउन मात्रै तीन करोड जति खर्च भयो

Saturday, July 26, 2014

मधेशी नेताहरुले भारतीय विदेशमन्त्री समकक्ष भने - संघीयता विना स्थितरता आउदैनन


 
नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री समकक्ष मधेशी नेताहरुले विगतमा मधेशी पार्टीहरु संग भएको समझौता अनुरुपको संघीयता सहितको संविधान बनेन भने मुलुकमा स्थिरता नआउने र त्यसले विकासलाई समेत अवरुद्ध पार्न सक्ने बताएका छन । आज बिहान सामुहिक भेटको निम्तो पाएका मधेशी पार्टीहरुका अध्यक्षहरु तथा काग्रेस, एमाले तथा एमाओवादीका मधेशी नेताहरुले स्वराजलाई काठमाडौंको नजर नहेर्न समेत आग्रह गरेका थिए । भारतीय विदेशमन्त्री स्वराजले आफुहरुको नया सरकारले नेपालसंगको समबन्धलाई उच्च प्राथमिकतामा राखेको बताईन । उनले आफुहरु नेपाललाई स्थितर र समृद्ध को रुपमा हेर्न र त्यसका लागी सक्दो सहयोग गर्न तयार रहेको बताएकी थिईन ।

Friday, July 25, 2014

बजेट जलाउन जादा सदभावनाका प्रवक्ता सहित ११ जना पक्राउ


सरकार द्वारा २०७१/७२ को प्रस्तुत बजेट मधेश विरोधी रहेको भन्दै सद्भावना पार्टी का  विद्यार्थी, यूवा, किसान, महिला लगायतका भातृ संगठन द्वारा काठमाण्डौ लगायत मधेशका सवै जिल्ला सदरमुकामहरुमा जलाएको छ । बजेट जलाउन जादा काठमाडौमा सदभावना पार्टीका प्रवक्ता संतोष मेहता सहित ११ जनालाई प्रहरीले पक्राउ गरी थुनामा राखेका छन । मेहता सहित  उपेन्द्र महतो, विद्यार्थी मंच का वरिष्ठ उपाध्यक्ष श्री पन्नालाल यादव, यूवा मंच का उपाध्यक्ष श्री रंजित कुमार सिंह, नेपाल शिक्षक मंच का महासचिव श्री लालबाबु यादव, युवा मंचका पंकज मिश्रा, विद्यार्थी मंचका श्री अमित साह, श्री सुजन यादव, पत्रकार मंच का उपाध्यक्ष श्री राजकुमार यादव, किसान मंचका राजकुमार दास तत्मा तथा महेश साह कलवार लगायतका लाई प्ररहरीले गिरफतार गरेको छ । थुनामा रहेका पार्टीका साथीलाई भेटनजाँदा युवा नेता श्री सरोज कुमार यादवलाई प्रहरी हिराशतमा राखी कुटपिट गरी घाईते बनाएको छ । सदभावना पार्टीले विज्ञप्ति निकाली यो घटनालाई भत्र्सना गरेको छ  । शान्तिपूर्ण तरिकाले यसप्रकारको शान्तिपूर्ण तरिकाले कार्यक्रम गर्दा पनि यसरी सरकारबाट नेता कार्यकर्तालाई गिरफतारी गर्नु र कुटपिट गर्नुलाई सदभावना पार्टीले लोकतान्त्रिक मूल्यमान्यताको विपरित रहेको बताएका छन ।  सदभावना पार्टीले सम्पूर्ण गिरफतार नेता कार्यकतालाई अविलम्ब रिहा गर्न मांग गरेको छ ।

Thursday, July 24, 2014

गोइतले फेरी संगठनको नाम परिवर्तन गर्ने



तराई मधेशलाई छुटै राज्य बनाउने उदेश्यले हतियार उठाएका जयकृष्ण गोईतले फेरी एकचोटी आफनो संगठनको नाम परिवर्तन गर्न लागेका छन । उनले आफनो संगठन १० बर्ष पुरा गरेर ११ बर्षमा प्रवेश गर्न लागेको अवसर पारेर जारी गरेको विज्ञप्तिमा उक्र कुरा उल्लेख गरेका छन । आउदो १० गते गोईतले हतियार उठाएको १० बर्ष पुरा हुदै छ । तत्कालिन माआवादीमा विवद भएपछि गोईतले माओवादी परित्याग गरेर मधेश मुक्तिका लागी जनतान्त्रिक तराई मुक्ति मोर्चा नाम भुमिगत सशस्त्र संगठन खोलेका थिए । १० बर्ष पुरा गरेर ११ बर्षमा प्रवेश गर्न लागेका गोईतको उक्त अभियानको वारेमा उनले हिजो अर्थात ७ साउनमा जारी गरेका प्रेस विज्ञप्तिमा भनिएको छ, यही २०७१ श्रावण १० गतेदेखि अखिल तराई मुक्ति मोर्चाको सट्टा तराई कम्युनिष्ट पार्टी (माओवादी) तराईका मूल निवासी (मधेशी) को राजनैतिक प्रतिनिधित्व गर्ने संगठित अग्रदस्ता हुने छ । साथै विज्ञप्तिी यो संगठनले चाडै आफनो बिद्यार्थी, किसान, युवा लगायतका भातृ संगठन निर्माण गर्ने छ ।
पढनुस विज्ञप्तिको पुरा अशं

Wednesday, July 23, 2014

आउदो शुक्रवार सदभावना पार्टीले बजेट जलाउने




राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले आउदो शुक्रवार ९ साउनमा सरकारले हालै जारी गरेको आर्थिक बर्ष ०७१/०७२को बजेटको प्रतिलिपीलाई काठमाडौंको बानेश्वर सहित मधेशका सबै सदरमुकाममा जलाउने निर्णय गरेको छ ।  सरकारले प्रस्तुत गरेको बजेट मधेश विरोध भएको भन्दै सदभावना पार्टीले बजेटमा मधेशको विकासको सवाललाई उचित रुपमा समेटिनु पर्ने माग गरेका छन । सदभावना पार्टीका अध्यक्ष महतोले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर बजेटमा समेटिने मधेशका १० बुदे मागहरु पनि सार्वजनिक गरेका छन । पत्रकार सम्मेलनमा महतोले भने, देशको पुर्वाधार विकासको निम्ति छुटयाइएको रु ५६ अर्ब मध्ये देशलाई ८० प्रतिशत राजस्व दिने मधेशका लागी १० प्रतिशत भन्दा पनि कम लगभग रु ५ अर्ब मात्र छुटयाइएको छ, यो विभेदको पराकाष्टा हो ।

Tuesday, July 22, 2014

संविधानसभाले मधेशको कुन कुन सशस्त्र समुहहरु संग वार्ता गर्दैछ ?




दोस्रो संविधानसभा अन्र्तगतको संवैद्यानिक राजनितीक संवाद तथा सहमती समितीले हालै तराई मधेशको कुन कुन सशस्त्र समुहहरुसंग वार्ता गर्ने भनेर गोप्य प्रतिवेदन बनाएको छ । आनन्द प्रसाद ढुंगाना नेतृत्वको  उपसमितीले यी सशस्त्र समुहहरुसंग वार्ता गर्ने तयारी गरेका छन । यसलाई कार्यन्वयन तथा वार्ताको पक्षमा सहयोग गर्न सरकारले हालै सहमती सम्झौता कार्यन्वयन सिफरिस आयोग २०७१ समेत गठन गरेका छन । उक्त समितीले  शान्ति मन्त्रालयको सहयोगमा र गृहमन्त्रालय तथा नेपाली सेनाको सिफारिसमा तयार पारेको गोप्य प्रतिवेदनमा तराई मधेशमा सक्रिय तर वार्तामा बसीसकेका १६ ओटा तथा हाल सम्म वार्तामा नबसेका ६ ओटा गरी जम्मा २२ ओटा समुहहरु संग वार्ता तथा विगतमा भएको सहमतीलाई कार्यन्वयन गर्ने तयारीमा जुटेका छन । यसैगरी उक्त समितीले नै तराई मधेशमा हाल १६ ओटा सशस्त्र समुहहरु निस्क्रिय रहेको जनाएको छ । समितीका सदस्यहरुलाई उपल्ब्ध गराइृएको उक्त गोप्य प्रतिवेदनमा जयकृष्ण गोईत, नगेन्द्र पासवान, मनोज मुक्ति लगायतका ६ जना वार्तामा नबसेको तथा कौटिल्य शर्मा, राजीव झा सहित १६ जना संग वार्ता गरेर विभिन्न बुदामा सहमती भएको उल्लेख गरिएको छ । पहिलो संविधानको क्रममा माधव नेपालको सरकारले तराई मधेशमा विशेष सुरक्षा योजना लागु गर्दा तत्कालिन गृहमन्त्रीले १०९ ओटा सशस्त्र समुह तराई मधेशमा सक्रिय रहेको जनाएका थिए ।

पढनुस विभिन्न समुहमा छुटयाएका सशस्त्र समुहका नामावलीहरु -

Monday, July 21, 2014

रेणू यादव फोरम परित्याग गरेर एमाओवादीमा जादै


 

मधेशी जनअधिकार फोरम नेपालका चर्चीत नेतृ रेणू यादव फोरम नेपाल परित्याग गरेर एमाओवादीमा जान लागेका हुन । फोरम उच्च स्रोतका अनुसार केही दिन अधि पार्टी कार्यलयमा सभासद शिवजी यादवसंग गालीगलौच भए देखि नै नेतृ यादव अध्यक्ष उपेन्द्र यादव संग रिसाएका थिए । र त्यस लगत्तै उनी राजविराज गएर त्यही बस्न थालेकी थिईन । उक्त घटना पश्चात पार्टीको खासै सम्पर्कमा नरहेकी उनी एमाओवादी सप्तरीका नेता उमेश यादव मार्फत एमाओवादी नेतृत्व संग कुराकानी अघि वढाएका थिए । फोरमका नेताहरुले अहिले सम्म स्वतन्त्र रुपमा यसलाई पुष्टि नगरेपनि उनी निकटस्त केही नेताहरुले रेणू यादव र एमाओवादी विच भईरहेको कुराकानीलाई पुष्टि गरेका छन ।

Sunday, July 20, 2014

मधेश राजनिती - खांचो पुस्तानान्तरको



शनिवार सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतमा आफुवाट गल्ती भएको भन्दै आत्मलोचना गरेका छन । पछिल्लो समयमा मधेशी नेतृत्ववाट आएको यो आत्मलोचनालाई प्रसंशनिय भनिदै सर्वत्र चर्चा भईरहेको देखिन्छ । तर के राजेन्द्र महतोले आत्मलोचना गर्दैमा उनी फेरी आफनो र पार्टीको साख बनाउन सक्लान । मधेशी नेतृत्वलाई अली नरमाईलो लाग्ला तर आजको यर्थात के छ भने यीनीहरु वाट अब मधेशी पार्टीहरुको राजनिती अगाडी बढन सम्भावना छैन । मधेशी नेतृत्वहरुले विगतमा गरेको गल्तीका कारण उनीहरु माथी आम मधेशीमा जुन वितृष्ण छ, त्यो आत्मलोचना वा माफी मागेर उर्जामा रुपानान्तर हुने छाटकाट छैन । वरु यी नेतृत्वहरु लाई साच्चिकै मधेश र मधेश राजनितीको माया छ भने यीनीहरुले  सहज रुपमा नेतृत्व हस्तानान्तर पनि होईन पुस्तानान्तर गरेर मधेशका लागी आफनो साकारात्मक ईतिहास रचे हुन्छ । अन्यथा यीनीहरु खलनायक वाहेक अरु कुनै पनि रुपमा चिनिने छैन ।

Saturday, July 19, 2014

राजेन्द्र महतो द्धारा क्षमायाचना


 

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतमा  पार्टीवाट वाट भएको कमीकमजोरीका लागी नैतिक रुपमा आफु जिम्मेवार भएको भन्दै त्यसका लागी क्षमायाचना गरेका छन । आज काठमाडौंमा मधेशका बुद्धजिवीहरुसंग अन्तक्रिया कार्यक्रमको आयोजना गरेर महतोले सदभावना पार्टीको तीन पेजको स्वेत पत्र जारी गर्दै भने, विगतमा जानेर वा नजानेर जे जस्ता कमी कमजोरी हुन गयो, त्यो सबैको नैतिक रुपमा म जिम्मेवार छू र त्यसका लागी म क्षमायाचना माग्न चाहन्छू । महतो दोस्रो संविधानसभाको समानुपातिक सभासद छनौटको क्रममा मधेशी पार्टीहरुमा देखिएको प्रवृतिले आम मधेशीमा थप आक्रोश पैदा भएको भन्दै त्यस क्रममा आफु वाट पनि केही गल्ती भएको स्विकार गरे । उनले भने, त्यसको लागी म र मेरो पार्टीले उपयुक्त समयमा मधेशी नागरिकको हितमा हामी केही निर्णयमा पुग्दै छौं ।

Thursday, July 17, 2014

असमावेशी एमाले


एमालेको बन्दसत्रमा तराई मधेशवाट आएका प्रतिनिधीहरुले पार्टीहरुको केन्द्यि तह समावेशी हुनु पर्छ भनेर नारा मै उत्रनु परेको थियो । एमालेका मधेशीहरुको नारामा साथ दिए दलीत, आदीवासी जनजातीहरुले । पार्टीको बन्दसत्र ठप्प भएपछि पार्टी नेतृत्वले समावेशी कोटाहरुको व्यवस्था सहितको संशोधन प्रतिवेदन लगे त्याह र त्यही पारित भयो । तर एमालेको नेतृत्वको लागी भएको निर्वाचनको नतिजा आउदा त्यो समावेशी व्यवस्थाको झझल्को कतै देखिएका छैन । वरु पार्टी पहिला भन्दा पनि अझ वढी असमावेशी तिर गएको भान हुन्छ । आखिर यस्तै गर्नु थियो भने पार्टी नेतृत्वले बन्द सत्रमा मधेशी, जनजाती, दलीतलाई त्यसतो झुठो आश्वासन किन वाडेका होलान ? मधेशको राजनिती देखि बैद्धिक क्षेत्रमा अहिले वडो रमाइलो कहानीहरु सुनिनमा आईरहेका छन । एमाले नेतृत्वलाई अहिले जती सुकै सजिलो भएपनि अहिले देखिएको असमावेशी चित्रले एमालेको भविष्यमा यसले विभिन्न जटीलताहरु थप्नेमा कुनै दुइमत छैन ।

Wednesday, July 16, 2014

समावेशी अवधारणा नमाने पछि उपकुलपतिलाई थुने मधेशी प्राध्यापकहरु


 
विगतमा भएको सहमती अनुरुप त्रिभुवन विश्व विद्यालयले समावेशी अवधारण लागु नगरेपछि तराई मधेश लोकतान्त्रिक पार्टी निकट लोकतान्त्रिक प्राध्यापक संघले मंगलवार त्रिवी उपकुलपति सहित अन्य पदाधिकारीलाई कार्यकक्षमै  थुनेका थिए । संघका अध्यक्ष उदयकिशोर तिवारी संयोजकत्वको टोलीले विश्वविद्यालयका उपकुलपति हीराबहादुर महर्जन र शिक्षाध्यक्ष गुणनिधि न्यौपानेलाई मंगलबार दिउँसो २ बजेबाट राती ८ बजे सम्म कार्यकक्षमै नियन्त्रणमा राखेका थिए।

Tuesday, July 15, 2014

बजेट माथी मधेशी - थारु सभासदको असन्तुष्टि


सरकारले हालै प्रस्तुत गरेको बजेट माथी आज सदनमा भएको छलफलमा बोल्दै मधेशी तथा थारु समुदायका सभासदहरुले तीव्र असन्तुष्टि पोखेका छन । बजेट माथीको छलफलमा बोल्दै थारु समुदायका सभासद गोपाल दहितले सरकारले थारु समुदायलाई देशवाट निर्मुल पार्न खाजेको आरोप लगाए । दहित भने, सिंगो थारु समुदाय सिकलेल एरेनिमियमको संक्रमणवाट ग्रस्त छ, तर सरकारले बजेटमा एक रुपैया पनि छुटयाएको छैन, के सरकारले थारु समुदाय यो देशमा नरहोस भन्ने चाहन्छन ? त्यसतै रुकमिणी चौधरीले पनि सरकारको बजेटमा उक्त संक्रमण वारे व्यवस्था नभएको भन्दै असन्तुष्टि पोखे । उनले भनिन, हाम्रो अर्थमन्त्री जुन वर्ग र समुदायको हुनुहुन्छ, बजेट उनीहरुकै लागी केन्द्रित रहेको देखिन्छ ।

Monday, July 14, 2014

असन्तुष्ट लाई फर्काउदै उपेन्द्र यादव


 

फोरम भित्र असन्तुष्ट रहेका अर्जुन थापा, अमरेश नारायण झा लगायतका नेताहरुलाई अध्यक्ष उपेन्द्र यादवले पुरानै जिम्मेवारीमा फर्काएका छन


 
केही समय पहिला मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीको आलोचना गरेर पार्टी भित्र असन्तुष्टी व्यक्ति गरेका नेताहरुलाई अध्यक्ष यादवले पार्टी भित्र ससम्मान फर्काउन लगेका छन । उनीहरुले आलोचना गरेकै भरमा अध्यक्ष यादवले उनीहरुलाई गुपचुप रुपमा केन्द्रिय कार्यसमिती वाट समेत हटाएका थिए । फोरम भित्र समानुपातिकको व्यापार पश्चात चुलिएको विवाद माझ भरत विमल यादव, अर्जुन थापा, अमरेश नारायण झा, असरुदुन खां, राम चन्द्र राय, अभिषेश प्रताप शाह लगायतका नेताहरुले पार्टीमा सामुहिक नेतृत्वको आवाज उठाएका थिए । फोरम स्रोतका अनुसार भरत विमल यादव वाहेक अन्य सबै असन्तुष्ट नेताहरु संग अध्यक्ष यादवले वार्ता गरेर उनीहरुलाई पुन पुरानै जिम्मेवारीमा फर्काएका छन ।

Sunday, July 13, 2014

बजेटमा मधेशलाई उपेक्षा - मधेशी नेताहरु


 
सरकारको तर्फवाट अर्थमन्त्री रामशरण महतले आज प्रस्तुत गरेका बजेटमा मधेशलाई पुर्ण रुपमा परम्परागत शैलीमा उपेक्षा गरिएको आरोप मधेशी नेताहरुले लगाएका छन । बजेट परम्परगत शैलीमा मधेशलाई उपेक्षा गरेको छ, फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर रायले भने, यो बजेट पुर्णरुपेण पहाड तथा हिमाल केन्द्रित छ । सरकारको सबै प्राथमिकताका क्षेत्रहरु मधेश बाहिरका छन, त्यसैले बजेट मधेशमा थप असन्तुष्टी जन्माउने आधार भएको उनको तर्क छ । मध्य पहाडी लोकमार्ग लगायतका दर्जनौ उच्च प्राथमिकतामा परेको छ, तर बर्षै देखि बन्न नसकेको हुलाकीलाई नाम मात्रको सम्बोधन गरिएको जस्तो देखिएको रायको आरोप छ ।

Saturday, July 12, 2014

एन्टा द्धारा पांच मधेशी विद्यार्थीहरुलाई छात्रवृति


 
अमेरिकामा बस्ने मधेशीहरुको संगठन एन्टाले अघिल्लो बर्ष प्रवेशिका परिक्षामा उत्कृष्ट अकं ल्याएका चार जना छात्रा र एक जना छात्र लाई छात्रवृति प्रदान गरेका छन । ललीतपुरमा आज आयोजना गरिएको एक समारोहमा एन्टाका संस्थापक अध्यक्ष रतन कुरमार झा, एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो र शिक्षामन्त्री चित्रलेखा यादवले संयुक्तरुपमा उक्त छात्रवृति प्रदान गरेका थिए । तराई मधेशका २० जिल्लावाट ०६९ को एसएलसी परिक्षामा उत्कृत अकं ल्याएका छात्राहरु सरीता कुमारी यादव - बारा, अमृता साह - रौतहट, मीनाक्षी यादव - महोतरी, प्रतिमा राजवंशी - झापा र छात्र तर्फ महोतरीका मो अकिल धुनियालाई उक्त छात्रवृति प्रदान गरिएका थिए ।

Friday, July 11, 2014

४ दिनमा ४ करोड सिध्याए रौतहट जिविसले





जिल्ला विकास समितिको कार्यालय रौतहटले आर्थिक वर्षको अन्त्यमा आएर व्यापक रकम अनियमितता गरेको छ । बजेट सिध्याउनका लागि जिल्ला विकास समितिका सम्पूर्ण कर्मचारी  मध्यरातसम्म पनि कार्यादेश वितरण र भुक्तानी दिँदै ४ दिनमा झन्डै ४ करोड रुपैयाँ सिध्याएका छन् । स्थानीय विकास अधिकारी वसन्तकुमार भण्डारीकै प्रत्यक्ष संलग्नतामा विभिन्न राजनीतिक दल र संघसंस्थाले कामै नगरी भुक्तानी लिएपछि स्थानीयले बुधबार जिल्ला विकासको कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।

Thursday, July 10, 2014

एमाओवादी - मधेशी पार्टी विचको मोर्चा घोषणा


 
लामो समय देखि तयारीमा रहेको एमाओवादी र मधेशी पार्टीहरु विचको मोर्चा आज अन्नतह घोषणा भएको छ । आज दिउसो काठमाडौमा आयोजना गरिएको घोषणा कार्यक्रम मार्फत एमाओवादी, ५ ओटा मधेशी पार्टीहरु र अशोक राईको संघीय समाजवादी पार्टी सहितको शिर्ष नेतृत्वहरु मोर्चाको अवधारणा पत्रमा हस्ताक्षर गरेर मोर्चाको घोषणा गरेका थिए ।  घोषणासभामा एमाओवादी अध्यक्ष प्रचण्ड, फोरम लोकतान्त्रिकका विजय गच्छदार, तमलोपाका महन्थ ठाकुर, फोरम नेपालका उपेन्द्र यादव, सदभावना पार्टीका राजेन्द्र महतो, संघीय समाजवादीका अशोक राई र तराई मधेश सदभावना पार्टीका रामचन्द्र कुशवाहाले मोर्चाको औचित्य वारे बोलेका थिए ।

Wednesday, July 9, 2014

एमालेमा समावेशी कोटा पारित



काठमाडौमा एमालेको जारी ९ औ महाधिवेशनले आज पदाधिकारी सहित केन्द्रिय कार्यसमितीलाई समावेशी बनाउने व्यवस्था गरेको छ । बन्दसत्रमा एमालेका मधेशी दलीत जनजाती लगायतका प्रतिनिधीहरुले आवाज उठाएपछि एमालेले उपाध्यक्ष, सचिव र केन्द्रिय सदस्यमा मधेशी, महिला, दलीत लगायतको लागी कोटाको व्यवस्था गरेको छ । अव एमालेको १५९ सदस्यीय केन्द्रिय कार्यसमितीमा  ९ जना मधेशीहरु कोटाको व्यवस्था अनुसार केन्द्रिय सदस्य हुन पाउने छन । त्यसैगरी उपाध्यक्ष र सचिवमा समावेशी भनिए पनि कुन कुन समुदायका लागी भन्ने कुरा प्रष्ट गरिएको छैन ।

Tuesday, July 8, 2014

विहीवार एमाओवादी - मधेशी पार्टी विचको मोर्चा घोषणा हुने


 
आउदो विहीवार एमाओवादी र मधेशी पार्टीहरु सम्मलीत संघीय गणतान्त्रिक मोर्चाको घोषणाको तयारीमा यी पार्टीहरुका नेताहरु लागी परेका छन । निर्वाचनमा पराजय संगै यी दुई शक्ति विच मोर्चाको चर्चा भएको थियो । आज विहान एमाओवादी अध्यक्ष प्रचण्डको निवासमा भएको बैठकमा आउदो विहिवार मोर्चाको औपचारिक घोषणा गर्ने सहमती भएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए ।

Monday, July 7, 2014

शिवजी यादवले भने - म फोरम प्रती बफादार छू


 
मधेशी जनअधिकार फोरम नेपालका नेता शिवजी यादवले आफु पार्टी प्रती पुर्ण बफादार रहेको बताएका छन । यादवले पार्टीमा सपष्टीकरण दिदै भनेका छन, म हिजो पनि फोरम प्रती बफादार थिए, आज पनि छू र भोली पनि पुर्ण बफादार रहिरहने छू । पार्टीले नेतृ रेणू यादवलाई गाली गलौच गरेको भन्दै सोधेको सपष्टीकरणको जवाफ दिदै समानुपातिक सभासद समेत रहेका शिवजी यादवले घुमाउरो पारामा उक्त घटनाका लागी क्षमा याचना समेत मागेका छन । यद्यपी फोरम नेपालको राजनितीक समितीले शिवजी यादवलाई पार्टीको सम्पुर्ण जिम्मेवारीवाट ७ महिनाका लागी निलम्बन गरिसकेको छ ।

Sunday, July 6, 2014

जीवनाथ चौधरीको राजनितीक कनेक्सन

          तस्बीरमा विमलेन्द्र निधी संग उभिएका हुन जीवनाथ चौधरी

 
माथीको फोटो हालै जनकपुरमा आयोजना गरिएको एउटा कार्यक्रमको हो । यो फोटोमा नेपाली काग्रेसका नेता तथा वर्तमान सरकारका भौतिक योजना मन्त्री विमलेन्द्र निधीको छेउमा देखिएका अनुहारको नाम हुन जीवनाथ चौधरी । चौधरी जनकपुर बमकाण्डका एक रहस्यमय पात्र हुन भने जनकपुरका प्रख्यात माफिया । उनी करौडौको भ्रष्टाचारको आरोपमा अख्तीयार द्धारा निलम्बीत जिविस धनुषाका सहलेखापाल पनि हुन ।  गएको फागुनमा धनुषा प्रहरीले सशस्त्र समुहको नाइके मुकेश चौधरीलाई समातेपछि जनकपुर बमकाण्डको मुख्य योजनाकार सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष संजय साह रहेको पुष्टि भएको थियो र त्यस पश्चात सभासद समेत रहेका साहलाई प्रहरीले पक्राउ गरेर हाल सिरहा कारागारमा राखेका छन । यो सम्रग प्रक्रियाामा जीवनाथ चौधरीको नाम पनि विभिन्न ठाउमा ठोकिएका थिए । तर राजनितीक संरक्षणकै कारण उनलाई कही कतै भएको देखिदैनन । वरु जनकपुर क्षेत्रमा उनको चुरीफुरी थप सशक्क्त हुदै गएको देखिन्छ । जनकपुर क्षेत्रमा संजय साह र जीवनाथ चौधरी चर्चीत अपराधिक नाम मध्येका हुन । र उनीहरुले त्यसमा क्षेत्रमा मधेशको नाममा सशस्त्र समुह संचालन गरेको चर्चा आमस्तरमा हुने विषय बन्ने गथ्र्यो । प्रहरीले आफनो अनुसन्धान मार्फत संजय साहलाई कानुनको दायरामा ल्याएपछि जनकपुर क्षेत्रका आम नागरिकले नेपालको प्रहरी प्रशासनलाई धन्यवाद दिएका थिए । तर जीवनाथ चौधरी माथी प्रहरीले देखाएको एहसानलाई हाल त्यस क्षेत्रमा नागरिकहरुले प्रहरी प्रशासनलाई राजनितीक संरक्षणको आडको केही नगरेको भन्दै चुटकिला बनाएर उडाउने गरेका छन । संजय साह जस्तै गरी सशस्त्र समुह संगको सम्बन्ध चौधरीको पनि भएको कुरा प्रहरी प्रशासनलाई थाहा नभएको चाही होईन । गत बर्ष भदौमा प्रहरीले पक्राउ गरेका पृथ्वी सिंह समुहका उमेश यादवले आफनो बयानमा भनेका छन, जीवनाथ चौधरीले हामी विरुद्ध सुराकी गरेकै कारण उनीमाथी ०६६ सालमा हामीले गोली प्रहार गरेका थियौ । यादवको परिवारले सशस्त्र समुहमै लागेका उमेशका भाई श्रीराम यादवलाई चौधरीले नै मार्न लगाएको आरोप मानअधिकार आयोग सम्बन्धी केही संघसंस्थालाई बताएका थिए ।  

Friday, July 4, 2014

रहमानको कथा-मधेशको व्यथा

अब्दुल रहमान 
 

विहिवार काठमाडौं अदालतमा साक्षीहरुको वयानका लागी राजविराजवाट अब्दुल रहमान काडमाडौं आएको खवर पाउने वितिकै भेटनका लागी उनको नम्बर पता लगाए । सप्तरी भारदहका रहमानले फेसबुकमा प्रहरीको वारेमा कमेन्ट गरेकै आधारमा उनलाई २० दिन सम्म हिरासतमा राखेर काठमाडौं अदालत पुर्याएको थियो । विहिवार वयानका लागी राजविराजमा आफनो पसल बन्द गरेर काठमाडौं आईपुगेका उनी अदालती वयान पश्चात ३ वजे तिर बबरमहल स्थित अदालतकै अगाडी भेटनका लागी यो संवाददातालाई समय दिए । भेटन वितिकै म उनलाई चिया खान जाउ भनेर आग्रह गरे र चिया खादै गफ गरौला भने, उनले वढो नरम स्वरमा भने, सर मलाई त रोजा छ, चिया खान मिल्दैनन नि । अर्थात उनी अहिले केही दिन अघि सुरु भएको रमजान पर्वका लागी दिनहु दिनभरी व्रत बस्ने गर्छन । यसमा एक छाक बेलुकी मात्रै खाने गर्छन मुस्लीम समुदायका मानिसहरु । उनलाई व्रत भएर होला र त्यही अवस्थामा राजविराजवाट काठमाडौं आउनु पर्ने भएकाले उनी थकित देखिन्थे । तर पनि उनी म संग झण्डै १ घण्टा जती विताए, अदालती वयान पछि । मै प्रसंग निकाले, प्रहरी कसरी समाते औं तपाईलाई । उनले हासेर उत्तर दिन खोजीरहेका थिए । तर उनी लामो हासोको सास लिन सकिरहेका थिएन । यस्तै हो सर, मलाई के थाहा, फेसबुकमा कमेन्ट गर्ने वितिकै मलाई प्रहरी समात्छ भने ।

Thursday, July 3, 2014

एमाले र मधेश


दोस्रो संविधानसभाको क्रममा एमाले अध्यक्षका एक दाबेदार माधव नेपालले आफनो रौतहटको निर्वाचन क्षेत्रमा धोती, कुर्ता र गम्छा लाएर खुवै घुम्ने गर्थे र मधेशी वाहुल्य उक्त क्षेत्रमा उनले भन्ने गर्थे, मधेशी पार्टीहरु भन्दा एमाले र म वढी मधेशप्रति प्रतिवद्ध छु । मधेशी पार्टीका नेताहरु त मन्त्री बन्नका लागी जे पनि गर्न तयार हुन्छ र पैसा पदका लागी पार्टी फोडने गर्छन । मधेशी मतदताहरु माझ उनको धोती कुर्ता र गम्छा लोकप्रीय पनि भए र फलस्वरुप पहिलो संविधानसभा नराम्ररी पराजय व्योहोरेका उनी यसपाली जित्न पुगे ।  उनी जितेर काठमाडौ छिर्ने वितिकै संविधानसभामा सपथ लिन जदा उनको पार्टी अर्थात एमालेले दाउरा सुरवाल लाउन ह्विप जारी गर्यो । यो निर्णयमा माधव नेपालको पनि ठुलो भुमिका रहेको एमालेजनका मधेशी नेताहरु बताउने गर्छन । र त्यही निर्णय अनुसार माधव नेपाल आफै पनि दाउरा सुरवालमा सजिएर संविधानसभामा सपथ लिन पुगे । निर्वाचनको क्रममा उनले लाउने धोती कुर्ता र गम्छा आखिर उनकै सक्रियतामा उनको पार्टीले वर्जित गर्ने निर्णय गर्यो ।

Wednesday, July 2, 2014

निती कार्यक्रमको विरुद्धमा मधेशी युवा नेताहरु

 
 
राष्टपतिद्धारा हालै जारी गरिएको सरकारको निती कार्यक्रममा मधेशलाई सम्बोधन नगरिएको भन्दै मधेशी पार्टीहरुका युवा नेताहरुले आक्रोश पोखेका छन ।  सदनमा राष्टपतिले सम्बोधन मार्फत पेश गरेको निती कार्यक्रमकै आधारमा सरकारले आउदो आर्थिक बर्षको बजेट ल्याउने छ । मधेशी जनअधिकार फोरम नेपालका सभासद तथा युवा नेता अभिषेक प्रताप शाहले सरकारी निती कार्यक्रमलाई काग्रेस, एमालेको नियत कार्यक्रमको संज्ञा दिए । शाहले भने, यो निती कार्यक्रम काग्रेस र एमालेको नियत झल्काउने कार्यक्रम हो । निती कार्यक्रम मार्फत काग्रेस, एमालेले मधेश र मधेशी जनताको विकास, सुशासन र राजनिती चेतनाको अपमान गरेको शाहको ठहर छ ।