Monday, June 30, 2014

पैसाका कारण फोरममा रेणु काण्ड



 
फोरम नेपालमा महिला नेतृ रेणू यादवलाई गाली गलौच गरेको भन्दै सभासद डा शिवजी यादवलाई पार्टीको राजनितीक समितीले केही समयका का लागी निलम्बन गरेक छन । शिवजी यादवले नेतृ रेणू यादवलाई गाली गलौज गरे देखि फोरम नेपाल भित्र फेरी एक चोटी विवाद चुलिएको छ । यद्यपी फोरम भित्र पछिल्लो भएको यो रेणू काण्डको मुख्य कारण चाही समानुपातिक सभासदको व्यापार रहेको बुझिएको छ । शिवजी यादव समानुपातिक सभासद हुन । फोरम नेपाल स्रोतका अनुसार शिवजी यादवलाई सभासद बनाउदा अध्यक्ष उपेन्द्र यादवले ढेड करोड रुपैयामा सौदावाजी गरेका थिए । र शिवजी यादवले त्यती बेलै १ करोड १५ लाख रुपैया यादवलाई बुझाएका थिए । वाकीं ३५ लाख पछि दिने सहमती भएको थियो । अध्यक्ष यादवको तर्फवाट नेतृ रेणू यादवले पछिल्ला केही साता देखि उक्त बाकी पैसाका लागी शिवजी यादवलाई ताकेदा गर्न थालेको फोरम नेपालका नेताहरुले बताउने गरेका छन । शिवजी यादव भने रेणू यादवको सम्पर्क भन्दा वाहिर वाहिर बस्दै आएका थिए । केही समय पहिला शिवजी यादव र रेणू यादव विच पार्टी कार्यलयमा जम्काभेट हुदा उक्त गाली गलौच भएको थियो । पार्टी कार्यलयमा शिवजी यादवलाई देखेपछि नेतृ रेणूले तपाई संग कुरा गर्नु छ भनेर एक्लै छुटै कोठामा लान खोज्दा शिवजी यादवले प्रतिवाद गर्दै रेणू माथी जाई लागेका थिए ।

दोस्रो संविधानसभाको क्रममा फोरम नेपाल भित्र समानुपातिक सभासदको व्यापारका कारण आन्तरिक रुपमा तीव्र मतभेद देखिन्छ । यद्यपी फोरम अध्यक्ष यादवले त्यसको बचाउ गर्दै आएका छन । यही विवादका कारण केही समय पहिला फोरम नेपालवाट भरतविमल यादव वाहिरिन पुगेका थिए । शिवजी यादवले अली अली पैसा उपाध्यक्ष लगायत अन्य समानुपातिकका सबै सभासद माथी वाकी रहेको भन्दै दिन आनाकानी गरिहेका थिए । उपाध्यक्ष लालबाबु राउत माथी समेत केही पैसा वाकी रहेका छन । रेणू यादव र शिवजी यादव विच गाली गलौच हुदा त्याहा उपाध्यक्ष लालबाबु राउत, महासचिव रामसहाय यादव लगायतका अन्य नेताहरु पनि उपस्थित थिए । त्यसपछि रेणूले उपेन्द्र यादवलाई आफुले तपाईको निदर््ेशन अनुसार पैसा असुल गर्न खोज्दा शिवजी यादवले तथानाम वेइज्जती गरेको आरोप लगाए । शिवजी यादवले रेणू यादवलाई अध्यक्ष उपेन्द्र यादवसंग समेत जोडेर गाली गलौच गरेका थिए ।

यस घटनापछि रुष्ठ भएका अध्यक्ष यादव अप्ठायारो अवस्थामा पुगेका छन । कतिपय फोरम नेपालका नेताहरु आफु फेरी समानुपातिक बन्ने दाउमा शिवजी यादवलाई सभासदवाटै फिर्ता वोलाउन लविंग गरिरहेका छन । उपेन्द्र यादवलाई चाही शिवजी यादव पैसाको वारेमा सार्वजनिक अभिव्यक्ति देला कि भन्ने डर छ । त्यसैले समानुपातिक व्यापारको वाकी रकम असुल गर्ने दाउमा उपेन्द्र यादव नराम्ररी नागिंने अवस्था आउन लागेको फोरम नेपालका भित्रियाहरु बताउछन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete