Sunday, June 29, 2014

मातृका - प्रचण्ड एकताको मधेशमा प्रभाव


 

शनिवार एमाओवादी र ५ वाम पार्टी विच भएको कार्यगत एकताको एउटा पात्र हुन मातृका यादव । नेपाली राजनितीमा अली भिन्न कार्यशैलीका कारण चर्चीत मातृका यादव मधेशमा राम्रो प्रभाव राख्ने नेता पनि हुन । त्यसैलै हालैको दोस्रो संविधानसभाको निर्वाचनमा नराम्ररी पराजय व्योहोरेका एमओवादीको मधेशमा गुमेको साखमा ठुलो परिवर्तन आउन सक्ने सम्भावना सहित कयौन आंकलाहरु फेरी एकचोटी हुन थालेको छ । पहिलो संविधानसभामा माओवादीले मधेशी पार्टीहरु भन्दा पनि वढी सिट मधेशमा हत्याएका थिए । र त्यसको मुख्य सुत्रधारको रुपमा मातृका यादवलाइ लिने गरिन्थ्यो । तर सरकारमा सहभागी भए संगै पार्टी नेतृत्वप्रति तीव्र असन्तुष्टी जनाउदै मातृका यादवले अन्नतह पार्टी परित्याग गरे ।

व्यक्तिगत रुपमा नैतिकता प्रति अत्यन्तै सचेत देखिने मातृका यादवको क्रािन्तकारिता र  ईमान्दारिता प्रति कसैले अहिले सम्म औंला ठडयाउन सकेका छैनन । त्यसैले होला मधेशमा उनी मधेशी पार्टीका नेतृत्वहरु महन्थ ठाकुर देखि उपेन्द्र यादव सम्म भन्दा पनि वढी हावी थिए र आज पनि उनको त्यो प्रभाव कम छैन । कति सम्म भने मधेशका गाउघरमा केही भए भने र कसैले राजनिती ईमान्दारिताको कुरा कुरा गर्यो भने मातृका यादव हो कि क्या हो भनेर जिस्काउन थाल्छन । यो उनले अवलम्बन गरेको इमान्दारिताको पनि प्रतिफल होला । मधेश आन्द्योलनलाई नजिकवाट नियाने विश्लेषकहरुले त मधेश आन्द्योलन गराउनुमा पनि उनको ठुलो भुमिका रहेको बताउछन । त्यसैले मधेशमा अली वेग्लै छाप र प्रभाव राख्ने नेता प्रचण्डसंग हाथोमाले गर्दा त्यसको प्रभाव नपर्ला भन्न सकिन्न ।

ऋर्के पक्ष के छ भने आजको मितीमा मधेशी पार्टीहरुका सबै नेतृत्वहरु धरासायी बन्न पुगेका छन भने मधेशी पार्टीहरुका कार्यकर्ताहरु विचल्लीमा देखिन्छ । जुन पंक्ति काग्रेस, एमालेलाई कुनै पनि हालतमा स्विकार गर्न तयार छैन भने मातृका यादवप्रति अगाध स्नेह राखने गर्छन । त्यसैले यी सबै परिपेक्षमा यदी साच्चिकै मातृका यादव फेरी सक्रिय भए मधेशको राजनिती धरातल नै एकचोटी परिवर्तन हुन सक्ने सम्भावना रहनेछ । यद्यपी मातृका यादव अहिले पनि स्वयंम प्रचण्ड प्रति त्यती विश्वस्त देखिदैनन । त्यसैले केही समय पर्खनै पर्छ । प्रचण्ड र मातृकाको सहकार्य कसरी अगाडी वढनेछ । यद्यपी साच्चिकै राम्ररी गयो भने मधेशमा यसको ठुलो प्रभाव पर्नेमा कुनै दुईमत छैन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete