Friday, June 27, 2014

मधेशवादी र माओवादी विच फेरी गठबन्धन बन्दै

जेपी गुप्ताले केही समय पहिले यो तस्बीर सार्वजनिक गरेका थिए । यो तस्बीर माओवादी नेता बाबुराम भटराईलाई प्रधानमन्त्री बनाउदा माओवादी र मधेशवादी दलहरु विच भएको सहतीको दस्तावेजको अन्तिम रुप दिने वेलाको हो । 



दोस्रो संविधानसभामा पराजय भोगेका एमाओवादी र मधेशवादी दलहरु फेरी मोर्चाबन्दी गर्ने तयारीमा जुटेका छन । विहिवार भएको यी दुइ शक्तिहरुको संयुक्त बैठकले पहिलो संविधानसभाको क्रममा रहेको मोर्चालाई फेरी व्युताउने सहमती भएको छ । पहिलो संविधानसभाको क्रममा एमाओवादीले बनाएको दुई ओटै सरकार मधेशवादी दलको सहयोग र समर्थनमा बनेको थियो ।

खासगरी संघीयताको पक्षमा यी दुवै शक्तिले काग्रेस र एमालेलाई संघीयता विरोधीको रुपमा किटान गरेका छन । हालमा पनि काग्रेस, एमालेले संख्याको आधारमा संघीयतालाई कमजोर बनाउने डरले यो मार्चा निर्माण हुन लागेको बताईएको छ । यो मोर्चा निर्माणमा माओवादी नेता मातृका यादवको भुमिका महत्वपुर्ण भएको यी दुई शक्तिका भित्रियाहरु बताउछन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete