Wednesday, June 25, 2014

७५ जिल्लाको सिमा भत्काउनु पर्छ

अखिलेश्वर सिंह





 दोस्रो संविधानसभामा राज्य पुर्नसंरचनाको महत्वपुर्ण वहसहरु शुरु हुन लागेको देखिन्छ । पहिलो संविधानसभावाट संविधान जारी नभएको परिपेक्षमा यो वहसहरु महत्वपुर्ण छ । खासगरी मधेशी पार्टीहरुका कारण नेपालमा स्थापित भएको संघीयताको मुद्धा जसले राज्यको पुर्नसंरचना गर्न विश्वास आम नागरिकमा देखिन्छ । तर, हालै संविधानसभाको बहसमा संघीयता सम्बन्धी जुन प्रकारको बहसहरु भएको छ, त्यो  सन्तुष्टी दिने खालको छैन । महत्वपुर्ण कुरा त के छ भने यो वहसमा मधेशी पार्टीहरुले समेत वलियो रुपमा प्रस्तुत भएको देखिएनन । हामी सबै संघीयता हुनु पर्छ र राज्यको पुर्नसंरचना गर्नु पर्छ भन्ने कुरामा बहस गरीरहदा राज्य पुर्नसंचना कसरी र कुन आधारमा गर्दा राज्यको मुल प्रवाहवाट वाहिर रहेका मधेशी समुदायको यथोचिष्ट सम्बोधन हुन्छ भन्ने कुरामा गम्भिर हुनु आवश्यक छ । आजको परिपेक्षमा नेपालको राज्य व्यवस्था जुन प्रकार सिमांकन भईसकेको छ, त्यो नै मधेशीहरुको लागी मुख्य अभिशाप हो । र त्यसमा पनि ७५ जिल्लाको सिमाकंन त मधेशीहरुका लागी घातक मात्र होईन कि यसले मधेशीहरुलाई राज्यको मुल प्रवाहवाट वाहिर राख्ने काम गरेको छ । त्यसैले राज्यपुर्नसंरचनाको क्रममा यसमाथी सबै गम्भिर हुनु पर्छ । र खासगरी मधेशी पार्टीहरुले त यसलाई प्राथमिकतामा मै राख्नु पर्छ ।

अहिले कै ७५ जिल्ला कायम राखेर जस्तोसुकै संघियताको खाका बनाए पनि मधेशीहरुको राज्यमा मुलप्रवाही करण वा सम्म्जनक पहुच हुन सक्दैनन । हालको ७५ जिल्ला वडो षडयन्त्र पुर्वक बनाइएको थियो । तत्कालिन राज्य व्यवस्थालाई मधेशीहरु नेपाली नै होईन भन्ने मानसिकता थियो र मधेशमा पहाडे समुदायको वर्चस्व गराउनका लागी हालको ७५ जिल्लाको सिमांकन वास्तवमा गरिएको देखिन्छ । त्यसैले आज वदलिएको परिस्थितीमा यसको गम्भिर समिकक्षा गर्नुपर्छ र राज्यको हरेक निकायमा नागरिकको पहुचलाई समान रुपमा व्यवस्थित गर्नुपर्छ ।

अहिलेको ७५ जिल्लाको सिमांकनले नेपालको राज्यमा एकछत्र रुपमा पहाडे समुदायको पहुचलाई सुनिश्चित गरेको छ । यो व्यवस्थामा मधेशीहरु राष्टपति, प्रधानमन्त्री हुदैमा पनि आम मधेशी नागरिकको पहुचमा खासै  तात्वीक असर पार्दैन । मधेश आन्दोलन पश्चात त राष्टपति, उपराष्टपति देखि गृहमन्त्री सम्म भए मधेशीहरु तर के यसले राज्यको व्यवस्था र तीनमा मधेशीहरुको हुने पहुचलाई कुनै प्रभाव पारेको छ ? मेरो विचार र वुझाईमा छैन ।
अर्को कुरा अहिलेको ७५ जिल्लाको सिमांकनले नेपालको विकास पनि समान रुपमा हुन सक्दैनन । मधेशीहरुको लागी हर्क गुरुड नराम्रो भएपनि म त्यसमा उल्लेख गरिएको एउटा कुरा याहा सम्झाउन चाहन्छू । उनले नेपालमा २५ ओटा जिल्ला राखे पुग्छ भनेर भनेका थिए । यसो भनिरहदा म विकेन्द्रिकरणको विपक्षमा छैन । स्थानिय निकायको विकेन्द्रिकरणलाई मजवुत पार्न गाउ विकास समितीलाई सशक्क्त र स्वायत्त बनाउनु पर्छ नकि जिल्लागत संरचनालाई । त्यसैले मधेशी पार्टीहरुले संघियता मार्फत मधेशीहरुको साच्चिकै कयापलट गर्न खाजेका हुन भने उनीहरु पहिला ७५ जिल्लाको संरचना भत्काउन तिर लाग्नु पर्छ । त्यसपछि मात्रै मधेशमा संघियता पनि सशक्क्त हुन्छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete