Friday, June 20, 2014

छोरी फाल्ने, छोरी पाल्ने

राकेश चौधरी


 
महोत्तरी सदरमुकाम जलेश्वरभन्दा ६ किलोमिटर टाढाको पर्सापतैली  गाउँ  । चर्को घाम लागेको पोहरसालको एक दिन । बस्तीदेखि दुई सय मिटर पर खेतबाट आएको बालकको रुवाइ । खेतमा काम गर्नेहरू आवाज आएको ठाउँमा जम्मा भए । त्यहाँ कपडामा बेरिएको एउटा डल्लो फेला पर्‍यो । कपडा खोलेर हेर्दा त्यसभित्र नवजात बालिका भेटिइन् ।

जिउँदो बच्ची फालेको यो घटना पर्सापतैली  गाउँका लागि नयाँ  थियो । तर, यहाँका अस्पताल वरपर र सदरमुकाम जलेश्वरलगायतका धेरै ठाउामा यस्ता घटना भइरहन्छन् । तर, यसको यकिन आाकडा सरकारी तथा गैरसरकारी निकाय कसैसाग पनि छैन ।बच्ची कसले फाल्छ भन्ने कुरा यकिन हुन सकेको छैन ।

बिहे नहुँदै बच्चा जन्माउँदा यसरी बालिका फाल्ने गरिन्छ । युवायुवतीबीच प्रेम बढेर अविवाहित युवतीले गर्भधारण गरेपछि युवकले युवतीलाई छाडिदिादा अथवा जबर्जस्ती युवतीलाई गर्भधारण गराउादा युवती मारमा पर्छन् । उनीहरूलाई गर्भ रहेको कुरा हत्तपत्त थाहा  हुँदैन, भइहालेमा पनि इच्छाबेगरको गर्भ सानैमा फाल्ने सुविधाबारे उनीहरूले थाहा पाएका हुँदैनन् । त्यसैले उनीहरूले बच्चा जन्माउँछन् र फाल्छन् ।


यसरी फालिएकामध्ये सबै छोरी भएकाले माथिका कारणले मात्र बच्ची फालिएको होइन कि भनिन्छ किनभने त्यसो भएको भए छोरा पनि जन्मेका हुनसक्थे ।

छोरी फाल्नुपर्ने अर्को कारण पनि हुनसक्छ । धेरै छोरी जन्माइसकेपछि छोराका आशमा गर्भधारण गरेकी आमाले फेरि छोरी जन्माएकाले उसलाई फाल्ने गरिन्छ ।

‘छोरा फालिएको घटना अहिलेसम्म सुनिएको छैन । खेतबारी, झाडी र सडककिनारमा छोरी फालिएको घटना भने धेरै सुनेकी छु । अहिले पनि यस्तो घटना रोकिएको छैन,’ अधिकारकर्मी गुञ्जन राय भन्छिन् ।

‘बच्ची नफाल्दा आमा समाजमा बसिखान नसक्ने अवस्था सिर्जना हुनाले मात्र आमाले बच्चा फालेको हुनसक्छ,’ गुञ्जन भन्छिन्, ‘आमालाई आफ्नो बच्चा फाल्न मन लाग्दैन । अलि जान्ने–बुझ्नेले गर्भमै छोरा–छोरी के हो भन्ने पत्ता लगाएर छोरी भए गर्भपतन गराउने चलन छ । तर, जसले त्यस्तो अपराध गर्न सक्दैन उसलाई छोरी जन्मादा लोग्ने र परिवारको इज्जत जाने डर हुन्छ । छोरी जन्माएपछि घरमा बस्न नपाउने डरले आमाले छोरी फाल्छन् ।’

छोरीलाई दाइजो दिनुपर्ने, छोरी भएकै कारण बाबुआमाको मानसम्मान घट्नेजस्ता सोचाइले गर्दा छोरी मन नपराउने चलन समाजमा बढ्दै छ ।

कहिलेकाहीँ आवेगमा आएर पनि जिउँदै बच्चा फाल्ने वा गाड्ने गरेका घटना पनि यहाँ छन् । ०६९ को चैतमा सदरमुकाम जलेश्वरबाट १६ किलोमिटर टाढाको सरपल्लो गाउँमा एक मुस्लिम दम्पतीमा झगडा भयो । सुत्केरी श्रीमतीले बासी भात खान खोज्दा काम गर्ने भोकै बस्ने, घरमा बस्नेले भात खाने भन्दै लोग्नेले उनलाई निर्धात कुटे । त्यसपछि आठ दिनकी छोरी बोकेर उनी घरबाट हिडिन् । आठ किलोमिटर टाढा मटिहानी पुगेपछि उनले नदीकिनारामा खाल्डो खनिन् । उनले आफ्नी छोरीलाई जिउँदै गाड्न खोजेको खबर पाएर प्रहरीले उनलाई पक्राउ गर्‍यो । पछि छोरीलाई नमार्ने सर्तमा उनलाई छाडियो ।

यतातिर छोरामोह कति धेरै छ भन्ने कुरा ०७० पुसको अन्तिम साता भएको एउटा घटनाले छर्लङ्ग पारेको छ । त्यस दिन जनकपुर अञ्चल अस्पतालमा दुईजना आमाबीच नवाजात शिशुलाई लिएर झगडा भयो । अस्पतालमा त्यस दिन दुईजना नवजात शिशु थिए । तीमध्ये एकजना छोरी र एकजना छोरा थिए । दुवै आमाले छोरा आफ्नो भएको दाबी गरे ।
कुन बच्चा कसको हो भनेर डीएनए परीक्षण नै गर्नुपर्‍यो । सो घटना भएका बेला बालरोग विशेषज्ञ डा। पैमाद यादव त्यहीँ थिए । यसलाई उनले ‘बालिका हिंसाको उत्कर्ष’ भनी टिप्पणी गरेका थिए ।

फालिएका नवजात छोरीलाई पाल्ने मानिस पनि यहाँ नभएका होइनन् ।
पर्सापतैलीमा भेटिएकी बच्चीलाई पाल्ने आाट कसैले नगेका बेलामा सोही गाउँका रामदयाल मण्डल र सरबरियादेवी मण्डलले आफ्नी छोरी हुँदाहुँदै पनि उनलाई पाल्छु भनेर घर लगे ।

बालिकालाई दूध खुवाउन उनीहरूले रु। १८ हजारमा एउटा गाई पनि किने ।
‘अरूले फालेका छोरीलाई आफ्नो काखमा राखेर पाल्ने मानिस महान् हुन्,’ नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सचिव एवम् पर्सा पतैलीका बजरंग नेपालीले भने ।

गएको वैशाख ११ गते महोत्तरीको सहिद प्रतिभा प्रतिष्ठानले सरबरियालाई अरूले फालेको बच्चा पालेर पुन्य गरेकोमा सम्मान गर्‍यो । एक कार्यक्रमबीच महोत्तरी जिल्ला अदालतका न्यायाधीश कैलादी सुवेदीले रु। पााच हजार एक सय एक र कदरपत्र उनलाई हस्तान्तरण गरे ।

यसअघि पनि यहााका मानिसले बेवारिसे छोरी पालेका थिए । जलेश्वर नगरपालिकाका पासवान परिवारले अरूले फालेकी छोरी पालेका थिए । उनी अहिले १३ वर्षकी भएकी छिन् ।

धन्न बेवारिसे छोरी पाल्ने कामलाई जानकी  सीता को मिथकले पनि सघाएको छ । त्रेतायुगमा जानकी खेतमा भेटिएकी थिइन् ।
त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजीमा स्नातकोत्तर जनकपुरका सन्त आलोक बेवारिसे बालिकाका लागि अभिभावक बनेका छन् । गत असारमा आश्रममा ल्याइपुर्‍याइएकी एक बालिकाको न्वारान वरिष्ठ पत्रकार राजेश्वर नेपालीले गरेका थिए । ती बालिका महोत्तरीको लोहारपट्टिको रातोनदीको बगरमा फालिएकी थिइन् । जनकपुर अञ्चल अस्पतालमा २१ दिन उपचार गरेपछि उनलाई सो आश्रममा पुर्‍याइएको थियो ।

पत्रकार नेपाली बच्चा फाल्ने आमालाई कारबाही हुनुपर्छ भन्छन् । तर, यो समस्या छोरी फाल्ने आमासाग भन्दा पनि आमालाई छोरी फाल्न बाध्य बनाउने समाजसाग जोडिएको छ ।

समाजशास्त्रका प्राध्यापक नागेन्द्र दुवे भन्छन्, ‘समाजमा परिवर्तन नल्याएसम्म वा दाइजो लिने–दिने परम्परा अन्त्य नहुन्जेल छोरीसाग सम्बन्धित समस्या समाधान गर्न निकै कठिन छ ।’ उनका विचारमा छोराछोरी बराबरी हुन् भन्ने मान्यता व्यवहारमा पनि लागू गर्नुपर्छ ।

चौधरी महोत्तरीमा कार्यरत पत्रकार हुन्/ साभार -संचारिका अनलाईन

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete