Thursday, June 19, 2014

सशक्क्त आन्दोलनको तयारीमा मधेशी विद्यार्थीहरु


 
मेडिकल र ईन्जियनरींग तर्फ समावेशी कोटाको आरक्षण व्यवस्था नगरे त्रिवि विरुद्ध सश्क्क्त आन्दोलन गर्ने तयारी गर्दै छन मधेशी विद्यार्थी संगठनहरु । गएको एक महिना देखि त्रिविलाई समावेशी कोटाको आरक्षण व्यवस्था मिलाउन दबाब दिदै आएका यी मधेशी पार्टी सम्बद्ध विद्यार्थी संगठनहरु लाई आदीवासी जनजाती लगायतका १९ ओटा विद्यार्थी संगठनहरुले समर्थन गर्दै आन्द्योलनमा सहभागी हुने बताउदै आएका छन ।

हालै त्रिवि शिक्षण अस्पतालले निकालेको केही सिटहरु विना आरक्षणको भएपछि यी विद्यार्थी संगठनहरु विभिन्न दबाब मुलुक कार्यक्रमहरु गर्दै आएका छन । मधेशी विद्यार्थी फोरमका अध्यक्ष  अशोक यादवका अनुसार त्रिविले आफनो अडानमा यसगरी नै कायम रहेर मधेशी विद्यार्थीहरुको आवाजलाई सम्बोधन नगरे आन्द्योलन मधेशका जिल्लाहरु स्थित आकिंक क्याम्पसहरुमा समेत सुरु हुन सक्छ । यादवले भने, हाम्रा मागलाई दुई तीन दिन भित्रै सम्बोधन गरिएन भने, हामी मधेशका जिल्लाहरुमा रहेको क्यामपसहरु सम्पुर्ण रुपमा बन्द गरेर सशक्क्त आन्दोलनमा होमिने छौं । यी विद्यार्थी संगठनहरुको मागलाई त्रिविले वेवास्ता गर्न थाले पछि विद्यार्थी संगठनहरुले मधेशी पार्टीहरु संग समेत छलफल अघि वढाएका  छन । यादवले जसरी भएपनि आरक्षण कोटाको व्यवस्था मिलाई छाडने र यसका लागी जस्तोसुकै आन्द्यो्लन गर्न पनि आफुहरु तयार रहेको बताए ,।


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete