Wednesday, June 18, 2014

रंगीन बन्दै गांउहरु

शान्तिसुरक्षाको स्थित राम्रो हुने क्रम संगैं धनुषाको दुरदराज गांउहरुमा रात्रिकालिन चहलपहल वढन थालेको छ । 

                              सबैला बजार

 
अचेल  धनुषा जिल्लाको धनुषाघाम बजारमा राती १० बजे सम्म चहलपहल हुने गर्छन । १ बर्ष अगाडी साझ् नपर्दै सुनसान रहने यी बजारमा प्रहरीले राती ८ बजे पछि मदिरा बेच्न रोक नैं लगाउनु परेको छ अचेल ।
मदिरा पसल अवेर सम्म खुल्न थाल्नपछि शान्तिसुरक्षाको वातावरणमा नराम्रो प्रभाव पर्न सक्दैं स्थानिय प्रहरी प्रसाशनले मदिरा राती ८ बजे सम्म मात्रैं बेच्न पाउने विह्प जारी गरेका छन ।

धनुषाधाममा साप्ताहि बजार अर्थात ‘हाट’ नैं आइतवार वुधवार र शुक्रवार गरी हप्ताको तीन दिन लाग्ने गर्छन । ‘‘हाटको दिनमा त राती ११ बजे सम्म धुमधम्का नैं रहने गर्छन’’ स्थानिय पान पसले श्रीप्रसाद यादव भन्छन ‘‘अन्य दिन पनि हामी त १० बजे सम्म बस्छौं ।’’ मिथीला क्षेत्रको प्रसिद्ध धार्मीक स्थल समेत रहेको धनुषाधाम बजारमा जनकपुरमा लाग्ने प्रसिद्ध जानकी नवमी, रामनवमी जस्ता मेला समेत लाग्ने गर्छन । त्यसको साथैं माघ महिनामा लाग्ने आईतवार ‘मकर मेला’ झ्न प्रसिद्ध छन मिथीलामा । माओवादी द्धन्दकालमा अती प्रभावीत उक्त क्षेत्रवाट प्रहरी पोष्ट समेत विस्थापित भईसकेका थिए ।

पछिल्लो समयमा राजनितीक वातावरण गांउ स्तरमा स्थित हुदैं जादां धनुषाधाम लगायतका अन्य धेरै जसो गांउहरुको अन्य गतिविधीहरु राम्रो संग संचालन हुन थालेका छन । धनुषाधाम बजारमा १८ बैंशाखमा भेटिएका विनोद ठाकुर भन्छन ‘‘अहिले बजारहरु राती १० बजे सम्म निर्वाद रुपमा खुल्ने गर्छन, हाटबजारका दिन त ११र१२ बजे सम्मनैं बजारका गतिविधीहरुमा संचालनमा हुन्छन । यस क्षेत्रमा आएको शान्तिसुरक्षासंगैंको अर्कौ एउटा नयां फडको चाही रात्रिकालिन बससेवा हुन । काठमाडौं सम्मका लागी सिधा स्थानिय बजारहरुवाट रात्रिकालिन बसहरु संचालन हुन थालेका छन । धनुषधाम बजारवाट दैनिक एउटा बस काठमाडौंका छुटने गर्छन भने नजिकैं रहेको रधुनाथपुर (सबैंला) वाट पनि एउटा रात्रिकालिन बस काठमाडौंका लागी छुटने गर्छन । धनुषाधाम र सबैंलाका साथै धनुषा र महोतरीको १ दर्जन गा्रमिण भागवाट काठमाडौंका लागी रात्रिकालिन बसहरु ओहरदोहर गरिरहेका छन । धनुषाको सवैंला, रधुनाथपुर, धनुसषाधामका साथैं यदुकोहा, तारापटी, जटही लगायतका ठांउवाट काठमाडौंको रात्रिकालिन बससेवा संचालनमा छन भने महोतरीको गौंशाला, रामगोपालपुर, सम्सी, पिपरा, मटिहानी, बल्वासरपल्लो लगायतका गा्रामिण भेग वाट काठमाडौंका लागी रात्रिकालिन बससेवाहरु संचालनमा छन ।

धनुषाधामवाट काठमाडौंका लागी रात्रिकालिन बस ०५७र०५८ मा नैं शुरु भएपनि विचमा माओवादी द्धन्दका कारण बन्द हुन पुगे र दोस्रो जनआन्दोलन पछि पुन शुरुमा आएको व्यापार संघ धनुषाधामका अध्यक्ष हरिनन्दन साह बताउछन । उनका अनुसार पछिल्लो समयमा स्थानिय स्तरको बजारहरुमा लगानीको बृद्धि रुपमा भईरहेको छ । साह भन्छन ‘‘लगानी वढेको छ तर आपुर्ती व्यवस्था चाहीं त्यही सहज भईरहेको छैंन यसमा सरकारी पहलको खाचों देखिन्छ ।’’ धनुषधाम नजिकैं रहेको सबैंला बजार धनुषा जिल्लाको सदरमुकाम जनकपुर पछिकैं दोस्रो ठुलो बजार हो । माओवादी द्धन्दले अती नैं प्रभावाती उक्त बजार अहिले फेरी आफनो व्यवसायीक साख फिर्ता गराउन सफल हुन लागेको स्थानिय व्यापारीहरु बताउछन । सोमवार र वृहस्पतिवार मात्रैं साप्ताहिक हाट लागे पनि सबैंला बजारमा व्यापारिक चहलपहल भने सबैं दिननैं रहने गर्छन । समान्य घरपरिवारको आवश्यकता देखि मझालौं स्तर सम्मको उद्योगले भरीभराउ सवैंला बजार राती अवेर सम्म आफनो कारोवार गर्न व्यस्त रहने गरेको स्थानिय व्यापारी नवल प्रसाद साह बताउछन । तराईमधेशमा व्यापारिक जातको रुपमा परिचत साहहरुको बाहुल्य रहेको सबैंलाक्षेत्रमा नुन देखि सुन सम्मको व्यापार हुने गर्छन । स्थानिय व्यापारी नवलप्रसाद साह भन्छन ‘‘माओवादी द्धन्द तथा मधेशमा विकशित पछिल्लो केही राजनितीक वातावरणले चौंपट हुन लागेको यो बजार विस्तारैं आफनो साख फर्कासकेका छन ।’’ द्धन्दको वेलामा सम्म साझ्ै बन्द हुने यो बजार अचेल राती ११ बजे सम्म खुल्ने गरेको व्यापारीहरुको भनाई छ । सबैंला बजारकैं छेउमा रहेको रधुनाथपुरका स्थानिय व्यापारी भन्छन ‘‘गांउहरुमा रात्रिकालिन गतिविधी ह्वातैं वढन थालेको छ ।’’ उनका अनुसार व्यापारिक गतिविधी तथा निजि काममा दिनभर व्यवस्त मानिसहरु राती अवेर सम्म साथीहरु संग मदिरा पसलमा बस्ने गर्छन । स्थानिय बजारहरुमा ब्राण्डेड मदिराहरुको माथ अत्यधिक रुपमा वढन थालेको उनको भनाई छ । सबैंला बजारमा मदिरा पसल संचालन गर्दै आएका बलराम चौंधरीका अनुसार अहिले यस्ता बजार समेत स्थानिय मदिरा भन्द्या ब्रान्डेड मदिराहरुकैं व्यवसाय वढी छ ।
सबैला रधुनाथपुर क्षेत्रमा रात्रीकालिन गतिविधीमा वढनुमा अर्को एउटा महत्वपुर्ण भुमिका निर्वाह गरिरहेका छन ‘सिनेमाहल’ले । सबैंला बजार तथा रधुनाथको विचमा रहेको ‘भठिएन’ चौंकमा रहेको ‘सुशिला टाकिज’ ले रात्रीकालिा सो समेत चलाईरहेका छन । स्थानिय मातृभाषाहरुको चलचित्रको साथैं हिन्दी चलचित्र प्रायजसो उक्त सिनेमाहलले प्रर्दशनमा ल्याउने गर्छन । द्धन्दको समयमा रात्रिकालिन सेवा बन्द उक्त सिनेमाहलमा अहिले दर्शकहरुको भिड राम्रैं रहेको स्थानियबासीहरुको भनाई छ ।


                                     धनुषाधाम


 
सुध्रिदैंछ सुरक्षा
 
माओवादी द्धन्द नसकिदैं मधेशमा शुरु भएको सशस्त्र समुहहको गतिविधीले सदरमुकाम तथा शहरबजार भन्द्यापनि यस्ता गांउहरुका नागरिकहरु सवैं भन्दा वढी पिडित भएका थिए । पछिल्लो समयमा सुध्रिदैं गएको मधेशको शान्ति सुरक्षको प्रभाव सबैं भन्द्या वढी सदरमुकाम भन्दा दुरदराजमा रहेका गांउहरुमा परेको जानकारहरु बताउछन ।

हुनत व्यापारिक केन्द्र सदरमुकाम मैं भएकाले तथा ठुलाठुला व्यापारीहरु सदरमुकाम बस्न भएकाले सशस्त्र समुह लगायत अन्य कयौंन चन्दा असुलीको केन्द्र उनीहरु नैं हुने गर्छन तर आम नागरिक स्तरमा भने शात्सिुरक्षाको प्रत्यक्षको मार चाहीं गा्रमीण भेग मैं पर्ने गरेको पाइन्छ । धनुषाका एक प्रहरी अधिकारी भन्छन्– ‘‘प्रहरीको स्थानिय युनिट पनि विगत भन्दा अहिले बढी प्रभावकारी देखिएको छ ।’’
गएको केही बर्ष देखि धनुषा प्रहरी सदरमुकाम जनकपुरमा सिसिटिभी जडान गरेपछि अपराधी गतिविधीमा संग्लन व्यक्रिहरु गांउका व्यापारी तिर लाग्ने हो कि भन्ने पनि आशंका गर्न थालिएको छ ।
गांउस्तरमा रहेका ईलाकाप्रहरी तथा प्रहरी चौंकीहरु संगको निरन्तरत समन्वयको नयां व्यवस्था गरिएको बताउछन प्रहरी अधिकारीहरु उनीहरु भन्छन ‘‘त्यसले होला अहिले सदरमुकाम भन्दा दुरदराजमा पनि हामी विस्तारैं सफल हुदैं गईरहेका छौं ।’’

स्थानिय स्तरमा रहेका प्रहरी पोष्टको संचालनका लागी जिल्ला प्रहरी कार्यलयले ‘थ्री आई’को सुत्र अपनाएका छन । ‘इन्टोलिजेन्स, इन्फोर्मेशन र इन्भेस्टीगेशन’ मा चुस्त भएर गांउस्तरको सुरक्षाअवस्थालाई जिल्ला प्रहरीले परिचालन गरिरहेका छन । धनुषा जिल्लाभरीमा अहिले सदरमुकाम बाहेक मुजेलिया, दुहबी, लगमा, सबैला, यदुकुहा, खजुरी, औरही ,महेन्द्रनगर, फुलगामा, ढल्केवर, भरतपुर, धनुषाधाम, सुगानिकास, ईनर्वा, ठाढीझ्झि, बहेडाबेला, बल्हागोठ, तुलसियाही, मुखियापट्टी, डेवडिहा, धनौजी, इटहवार्, बरमझिया पोर्ताहा, गिद्धा,चिसापानी, तारापट्टि, चोराकोयलपुर, सिग्याही, मडान, कपिलेश्वर, लालगढ, ललिया, हनुमान नगर, मखनाहा, पटेर्वा, ठिल्ला सतोषर, खरीयानी, बरमझिया ननुपट्टी, हठीपुर हडवारा, पचहर्वा, धवौली, महुवा, बल्हागोठ, बल्हाकठाल, माचिझिटकेया, दुवरकोट हथलेटवा ढल्केवर, हरीहरपुर, नकटाझिज, पुष्पवलपुर, भुइचक्रपुर, लक्ष्मीनियामा स्थानिय प्रहरी पोष्टहरु सक्रिय छन । सुरक्षाको यस्तो विश्वसियन आधार बन्दैं जादां पनि यी गांउहरुमा गाविस सचिवहरु चाहीं अहिले सम्म फर्केको पाईएनन । जसको प्रत्यक्ष मार चाहीं विकास क्षेत्रमा परिरहेको देखिन्छ । गाविस सचिव सदरमुकाम स्थित जिविसहरुमा हाजीर गरेर जागीर काटदैं छन । गा्रमिण स्तरको सुरक्षाको बाहानामा सदरमुकाम केन्द्रित भएका गाविस सचिवहरु र जिविस स्वंय पनि सचिवहरुलाई फर्कउनका लागी कुनैं पहलैं नगरी मौंन देखिन्छ । अन्य हरेक क्षेत्रको गतिविधी निर्वाद ढंगले संचालन भईरहदा सचिवहरु मात्रैं कसरी असुरक्षित हुन पुग्छ त्यो कुरा आफैंमा एउटा मननीइ प्रश्न चाहीं रहेको स्थानिय स्तरका बुद्धजिविहरुले टिप्प्णी समेत गर्नेगर्छन । धनुषाको १०१ गाविसहरु छन । गाविसहरुको विभिन्न मापदण्ड अनुसार १५ लाख देखि साढे २४ लाख सम्मको रुपैंया प्रति गाविसका छुटयाएका छन । तर गाविसहरुमा स्थानिय निकायको भुमिका प्रभावहिन बन्दैं जादां यी रकमहरु फ्रिज हुने अवस्थामा छन । चालु खर्च वाहेक जिविसले गाविसहरुका लागी छुटयाएका साढे ११ लाख देखि साढे बिस लाख सम्म्को रुपैया खासैं उपयोग हुन सकिरहेका छैंन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete