Sunday, June 15, 2014

समावेशी भर्नाको माग गर्दै मधेशी विद्याँर्थीहरु आन्दोलनमा


 

त्रिभुवन विश्वविद्यालय अन्र्तगतको चिकित्सा विज्ञान अन्र्तगतको विभिन्न स्तरमा समावेशी आरक्षण कोटाको कार्यन्वयन हुनु पर्ने माग गर्दै मधेशी विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन । यो आन्द्योलनमा मधेशी विद्यार्थीहरुलाई आदीवासी जनजाती लगायतका १९ ओटा विद्यार्थी संगठनहरुले समर्थन जनाउर्दै उक्त आन्दोलनमा सहभागी भएका छन । खासगरी विद्यार्थीहरुले गत बर्ष त्रिभुवन विश्व विद्यालयको डिनसंग भएको सम्झौता अनुरुप नयां एडमिशन नखुलेपछि यीनी आन्द्योलनमा उत्रिएका हुन । गत बर्ष मधेशी तथा आदीवासी विद्यार्थीहरुसंग विश्वविद्यालयको डिन कार्यलयले समावेशी आरक्षण सहितको व्यवस्था लागु गर्ने सहमती गरेका थिए ।

तर यसपाली पनि हालै शिक्षण अस्पतालले पिजी कोर्स अन्र्तगत निकालेको विभिन्न फर्महरुमा समावेशी आरक्षणको व्यवस्था गरिएको थिएन । त्यसपछि मधेशी विद्यार्थीहरुको अगुवाईमा त्रिवीको शिक्षण कयाम्पसमा पछिल्ला केही साता देखि लागातार आन्द्योलन हुदै आएका छन । यसैक्रममा आज आन्दोलनरत विद्यार्थी संगठनहरुले संविधानसभाको सभासदहरुलाई भेला गराएरु उक्त कुराको वारेमा अवगत गराएका छन । नेपालको अन्तरिम संविधानले नेपालको हरेक निकायमा समावेशी आरक्षणको व्यवस्था गरेको छ । शिक्षा मन्त्रालयकै सबै कार्यक्रमहरु अन्तर्गत मधेशीलाई १७, महिलालाई २८ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । तर शिक्षण क्याम्पस महाराजगंजले हालै पिजी कोर्स अन्र्तगत निकालेको ७६ जनाको सिटमा समावेशी आरक्षणको कोटा छुटयाएको छैन ।





1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete