Friday, June 13, 2014

वहुभाषिक शिक्षा नीतिको किन आवश्यकता ?

- योगेन्द्र प्रसाद यादव




मानिसहरूबीच सम्प्रेषणका लागि  भाषा मौलिक क्षमता हो। भाषा भन्ने मानव इतिहासको सबैभन्दा महत्वपूर्ण उपलब्धि मानिन्छ। यो एउटा यस्तो शक्ति हो जसले मानव जीवनका विभिन्न क्षेत्रको कृयाकलाप र विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ। यी कुरालाई ध्यानमा राखी युनेस्कोको सहयोगमा चीन सरकारले प्राकृतिक रूपले रमणीय सुजो शहरमा दुइ दिने प्रथम विश्व सम्मेलनको जून ५/६, २०१४ ई।मा आयोजना गरेको थियो। चीनका उपप्रधानमन्त्रीद्वारा उदघाटित यस सम्मेलनमा विभिन्न राष्ट्रका शिक्षा मन्त्री ९नेपाल लगायत० र शिक्षासङ् संबंधित उच्च सरकारी  पदाधिकारी तथा करीब १०० राष्ट्रका ५००० शिक्षाविद् र भाषाशास्त्रीहरुको सहभागिता थियो।

यो सम्मेलन आधुनिक संसारमा भाषिक क्षमतासंग संबंधित तीन प्रमुख मुद्दामाथि केन्द्रित थियो। ती मुद्दा हुन्स् भाषा शिक्षामा नव उपलब्धि, दिगो सामाजिक विकास तथा अन्तरराष्ट्रिय सम्पर्क र सहयोग।


भाषा शिक्षा

आधारभूत शिक्षा प्रायस् विश्वव्यापी रूपमा प्रमुख भाषाको माध्यमबाट भइ रहेको तथ्य पाइन्छ। नेपाल यसको अपवाद होइन। यहाँ १२३ भन्दा बढी भाषा भएको भाषिक विविधता भए तापनि एउटै प्रमुख भाषा नेपाली नै शिक्षाको अधिकांश तहमा शिक्षाको माध्यमको रूपमा प्रयोग भइ रहेको छ। तर सम्प्रति विश्वमा विभिन्न अध्ययनको आधारमा वहुभाषिक समुदायमा वहुभाषिक शिक्षा लागू गर्ने सिफारिश गरिएको पाइन्छ।

वहुभाषिक शिक्षालाइ विभिन्न किसिमले परिभाषित गरिएको पाइन्छ। सामान्य अर्थमा मातृभाषामा विद्यालयको पठनपाठन शुरू गरी अन्य भाषाहरू आवश्यकता अनुसार प्रयोग गर्दै जानु बहुभाषिक शिक्षा हो । यस प्रकार नेपालको संदर्भमा वहुभाषिक शिक्षालाइ यसरी परिभाषित गर्न सकिन्छस् शिक्षाको आरंभ सहज सिकाइको दृष्टिकोणले मातृभाषाको माध्यमबाट गर्ने जस्तो मैथिली, नेवार, तामाङ आदि, अनि रोजगारी, सरकारी कामकाज, विभिन्न भाषाभाषीबीच सम्पर्कका लागि विस्तारै(विस्तारै व्यापक सञ्चारको भाषा जस्तो नेपाली को माध्यममा सर्ने र अंतमा अन्तरराष्ट्रिय सम्पर्क, विज्ञान(तकनिकीको अध्ययन तथा पुस्तकालय भाषाका लागि अन्तरराष्ट्रिय भाषा जस्तो अङ्ग्रेजी को माध्यम अपनाउने । यस्तो शिक्षालाइ सङ्क्रमणीय वहुभाषिक शिक्षा  भनिन्छ।

नेपाललगायत अन्य राष्ट्रको वहुभाषिक विविधताको परिवेशमा यो प्रश्न हाम्रो मस्तिष्कमा उठ्न स्वाभाविक हो कि पारम्परागत एकल भाषाको विकल्पमा वहुभाषिक शिक्षाको नीति किन आवश्यक हुन्छ। यसवारे विभिन्न अध्ययनले यी कारणहरू औंल्याएका छन्। सर्वप्रथम, मुलुकको बहुभाषिकता नै बहुभाषिक शिक्षा अनिवार्य हुनु पर्ने प्रमुख कारण हो । विद्यालय जाने उमेरका अधिकांस बालबालिकाहरूले आफ्नो मातृभाषा मात्र बोल्न सक्दछन् । उनीहरुले मातृभाषासँगै उनीहरुको आफ्नो परिवार र समुदायको रहनसहन, रीतिरिवाज, संस्कृति आदि बारेमा पनि एक स्तरको जानकारी प्राप्त गरेका हुन्छन् । नेपालीइतर मातृभाषा भएका बालबालिकाहरू जव विद्यालयमा जान्छन्, त्यहाँ धेरैजसोमा नेपालीभाषामा पठनपाठन हुन्छ । केही निजी विद्यालयहरूमा बालबालिकाले अंग्रेजीमा पढ्नुपर्छ । यी विद्यार्थीहरूले आफ्नो भाषामै राम्रोसँग सञ्चार र संवाद गर्ने अवस्था नबन्दै उनीहरुलाई अपरिचित भाषामा विद्यालयमा पढ्नुपर्छ, शिक्षकहरूसँग अन्तर्क्रिया गर्नुपर्ने हुन्छ । अहिले पनि विद्यालयहरूमा प्राथमिक तहमा नेपाली माध्यममा पढाई हुन्छ । मैथिली मातृभाषी बालबालिकाले नेपाली कसरी बुझ्न सक्छन् रु त्यस्तै भोजपुरी, अवधि, थारु, तामाङ, थामी, शेर्पा लगायतका जति पनि गैरखस(नेपाली मातृभाषी बालबालिकाहरु छन्, तिनले नेपाली माध्यममा पढाएको नबुझ्नु एकदम स्वभाविक कुरा हो । बालबालिकाको पारिवारिक पृष्ठभूमि र उनीहरूले विद्यालयमा सिक्नुपर्ने भाषावीचमा यसरी अन्तर आउन थाल्दछ ।

गुणस्तरीय शिक्षा प्रदान गर्न र हासिल गर्नका लागि मातृभाषीइतर शिक्षा एउटा चुनौती हो । यदि विद्यार्थीहरूले राष्ट्रिय भाषा भन्दा भिन्न भाषा हुने विद्यार्थीले मातृभाषामा पढन पाउँदैनन भने यस्तो शैक्षिक प्रणालीमा विद्यार्थीहरू अनुकूल अवस्थामा हुँदैनन युनेस्को, २००३०। तर विद्यार्थीहरूले विद्यालय शिक्षा प्रारम्भ गर्दा आफ्नो मातृभाषामा अर्थपूर्ण किसिमले भाषाको सँचार गर्ने विश्वास हासिल गरेका हुन्छन । यस्तो शैक्षिक प्रणाली वास्तवमै वालकेन्द्रित हुन्छ । आफ्नो समुदायका सदस्य एवँ साथीहरूसँगको अन्तर्कृयाबाट उनीहरूले मातृभाषाको ज्ञान र अनुभव हासिल गरीसकेका हुन्छन । बालबालिकाले विद्यालय उपस्थित हुँदा आफूले आर्जन गरेको ज्ञान र अनुभव कक्षामा सिक्ने प्रयोजनको लागि आधार बन्दछ । अन्यथा उनीहरूको सिकाईमा प्रतिकूल प्रभाव पर्दछ ।

बालबालिकाको परिचित भाषिक र साँस्कृतिक आधारको सहयोगबाट भाषाको दक्षताको उनीहरूले कक्षाकोठाका सिकाई प्रकृयामा सकृयतासाथ भाग लिई राम्ररी व्यक्त गर्न,  कक्षाकोठामा अझ प्रभावकारी किसिमले सहभागी हुन र अन्ततोगत्वा गुणस्तरीय शिक्षा हासिल गर्न मद्दत पुर्याउँछ । बालबालिकाले दोश्रो भाषाबाट विद्यालयमा पठनपाठन शुरू गर्दा भाषाको माध्यमबाट व्यक्त हुने सँस्कृति र भाषामा दखलता हासिल गर्न सक्दैनन । यसै कारणले उनीहरू सिकाई प्रकृयामा निस्कृय रहन्छन । यो वातावरण उनीहरूका लागी मनोवैज्ञानिक त्रास हुने भएकोले उनीहरूको शिक्षाप्रति नै नकारात्मक धारणा बन्न जान्छ ।
माथिका कारणहरूले गर्दा मातृभाषा शिक्षाको माध्यम नहुँदा यस्ता परिणाम आउन सक्छनस्

क, बालबालिकाले सिकारूका रूपमा आत्मविश्वास गुमाउने 
बालबालिकाका भाषा, संस्कृति र अनुभव कक्षाकोठाको अन्तरकृयामा समावेश नहुँदा उनीहरूको सिकाईमा प्रतिकूल स्थिति आउँछ । उनीहरूले आफ्नो जीवनको त्यो समयसम्म हासिल गरेको विश्वास विद्यालयको सिकाइ प्रकृयाका लागि सान्दर्भिक बन्दैन । पाठ्यक्रममा समावेश भएका विषयवस्तु र उनीहरूको अनुभववीचको समायोजन न्यून हुने हुनाले उनीहरूले अनुभवात्मक शून्यता बाट सिकाई शुरु गर्नु पर्ने हुन्छ ।  

ख, कक्षा दोहोर्याउने र छोड्नेको उच्च सँख्या हुने
संसारभरिका विद्यालय छोडने आधा बालबालिकाहरूको विद्यालयको भाषा  ९माध्यम भाषा० र घरमा प्रयोग गर्ने भाषा विरलै एउटै हुने गर्दछ । यो स्थिति ुसबैका लागि शिक्षाु हासिल गर्नका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ ।  यो यस्तो अवस्था हो जसले न्यून स्तरको सिकाइ र उच्चस्तरको विद्यालय छोडने र दोहोर्याउने अवस्था ल्याउने अनुत्पादक अभ्यास हुन्छ । नेपालमा  भएका विभिन्न अध्ययनले पनि कक्षा दोहोर्याउने र विद्यालय छोडने विद्यार्थिहरूको संख्या हेर्दा मातृभाषामा पठनपाठन हुने विद्यार्थी भन्दा मातृभाषामा पढाइ नहुने विद्यार्थिहरूको सँख्या बढी छ । नेपालमा शिक्षासम्वन्धी धेरै प्रतिवेदनहरूमा विद्यालय स्तरमा विद्यालय छाडने वा दोहोर्याउने विद्यार्थिको उच्च सँख्या नेपालीइतर भाषाभाषी बालबालिकामा उल्लेख भएको पाइन्छ । शिक्षामा मातृभाषाको प्रयोगले अल्पसँख्यक भाषिक समुदायका विद्यालयबाट वाहिर रहेका विद्यार्थीहरूलाई पनि विद्यालय जान प्रेरित गर्दछ किनकि मातृभाषाको प्रयोगले उनीहरू घरकै वातावरणमा रहेको अनुभव गर्दछन । 

ग, पुर्ख्यौली भाषा ९जभचष्तबनभ बिलनगबनभ०, सँस्कृति र समुदायबाट एक्लो हुनु
आफ्ना साथिहरूसँग मातृभाषामा कुराकानी गर्ने प्राथमिक तहका बालबालिकालाई आफ्नै कक्षाका साथीहरूले जिस्काउने अथवा खिस्सि गर्ने गर्दछन । शिक्षकले पनि उनीहरूलाई आफ्नो मातृभाषाको सट्टा दोश्रो भाषाको प्रयोग गर्न सुझाव दिन्छन । उनीहरूका बाबुआमालाई पनि आफ्ना बालबालिकालाई दोश्रो भाषामा दक्ष बनाउन घरमा मातृभाषामा भन्दा दोश्रो भाषामा बोल्न प्रोत्साहित गर्दछन  । यी सवै कारणले वावुआमामा र बालबालिकामा मातृभाषाप्रति नकारात्मक सोचाइ बढाउने गर्दछ।

यस अतिरिक्त, बालबालिकाको मातृभाषा र तिनको संज्ञानात्मक  ९अयनलष्तष्खभ० विकास सङ्सङै हुने भएकोले पनि प्राथमिक शिक्षा मातृभाषाको माध्यमबाट हुनु पर्छ। हालै गरिएका केहि अध्ययनले प्राथमिक शिक्षा मातृभाषाको माध्यमबाट भएमा गणित, विज्ञान, दोस्रो भाषा सिकाइ, आदि विषयमा शिक्षार्थीले बढी दक्षता हासिल गरेको तथ्य देकाएको छ।
दिगो सामाजिक विकास

भाषिक क्षमताको माध्यमबाट मानिसहरूबीच विचार र भावनाको अभिव्यक्ति हुन्छ। यस किसिमको अभिव्यक्तिले हामीलाई समाजमा सञ्चार गराएर सामाजिक र आर्थिक विकासमा सहयोग गर्छ र मानव सभ्यताको अभ्युथानमा योगदान गर्छ। दिगो सामाजिक विकासका लागि हामीलाई संबंधित परिवेशमा प्रयोग भइ रहेका भाषाहरूमा सीप हासिल गर्नु आवश्यक हुन्छ। यसको निमित समाजले उपयुक्त वहुभाषिक नीतिको तर्जुमा गर्नु पर्छ। यो सम्मेलनले विभिन्न कार्यपत्रको प्रस्तुतिद्वारा यस मुद्दाबारेमा वर्तमान परिप्रेक्ष्यमा वहुभाषिक भाषिक योजना र नीतिको खाँचो औंल्याको थियो।
अन्तरराष्ट्रिय सम्पर्क र सहयोग

विभिन्न भाषामा दक्षता हासिल भएमा विश्वका विभिन्न संस्कृति, सभ्यता र समुदायसङ सम्पर्क बढाउनमा सहयोग मिल्न सक्छ। यसबाट मानिस(मानिसबीच समझदारी भएर विश्व शान्ति र विकासमा टेवा मिल्न सक्छ।

यो लेख प्रथम विश्व भाषा सम्मेलनमा लेखकले प्रस्तुत गरेको कार्यपत्रमा आधारित छ। लेखक त्रिभुवन विश्वविद्यालयका भाषाविज्ञानका प्राध्यापक तथा नेपाल प्रज्ञा(प्रतिष्ठानका आजीवन सदस्य हुन्। 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete