Wednesday, June 11, 2014

संघीयताप्रती सशंकित मधेश



काठमाडौंको बानेश्वर स्थित संविधानसभा हलमा राज्य पुनंसंरचनाको बहस चलिरहदा यसको वारेमा विभिन्न टिकाटिप्पणीहरु मधेशमा अचेल सुन्न पाइन्छ । गएको दुई साता देखि संविधानसभामा राज्य पुर्नसंरचनाको वारेमा विभिन्न दलका शिर्ष नेता देखि दोस्रो र तेस्रा तहका नेताहरु सम्म आफना विचार राख्न भ्याए । संघीयताको सवालमा सबैको आ आफनै दृष्टिकोण रहेको देखिन्छ । तर मधेशको चौक चैराहाको चिया गफ देखि बैद्धिक मन्थन सम्मको आकंलनमा नत संविधान बन्छ नत संघीयता आउने कुनै छाटकाट छ । अहिले काठमाडौंमा भईरहेको सबै मन्थनहरु संघीयताको मुद्धालाई सक्दो कमजोर बनाउने प्रपन्च मात्रै हो भन्ने धारण देखिन्छ मधेशमा ।

पहिलो संविधानसभाको को विघटनको एउटा प्रमुख कारकको रुपमा देखिएको संघीयताको मुद्धा के साच्चिकै कमजोर भएर समाप्त होला त ? मधेशमा हुने गपगाफ र बैद्धिक मन्थनले त्यसको संकेत दिईरहेका छैन । वरु संघीयता समाप्त वा कमजोर बनाउने प्रपन्च भएर मधेशमा एउटा ठुलो द्धन्दको चपेटा तिर लम्किने संकेतहरु अहिले नै प्रष्ट रुपमा देखिन थालेका छन । गएको दोस्रो संविधानसभामा प्रमुख दलको रुपमा आएको काग्रेस र एमालेको जिम्मेवारी यसमा वढी देखिन्छ । जसरी पहिलो संविधानसभामा माओवादीको थियो । काग्रेस एमालेको वारेमा मधेशमा आम बुझाई के देखिन्छ भने यीनीहरु उत्तर दक्षिणको खाकामा संघीयता वनाउने प्रपन्च गरिरहेका छन । र यही विचमा राष्टपति पनि उत्तर दक्षिणको खाकाको पक्षमा रहेको समाचार आएपछि राष्टपतिको वारेमा समेत अहिले फेरी एकचोटी विभिन्न टिकाटिप्पणीहरु हुन थालेका छन ।


गएको सोमवारमा जनकपुरको एउटा सार्वजनिक यातायातमा सवारी गर्दै गरेका १२ कक्षा पढने एक युवक ले भन्दै थिए, हेर्ने दाजु भोट त यसपाली काग्रेसलाई नै दिईयो तर यी मुलाहरु संघीयता ल्याउछ भन्ने कुरामा मलाई विह्वास लाग्दैन । प्रतिउत्तरमा मैलै अनि किन काग्रेसलाई भोट खसालेको सोध्दा, उनी एक छिन हासे र भने, के भनौ दाई काग्रेसीहरुले त यसपाली गनु गर्या रैछ नि, घरमा आमालाई निर्वाचन भन्दा एक दिन अगाडी २५ हजार रुपैया दिएर कन्भीन्स गरेका रैछ । पैसा लिईसकेपछि त वईमानी गर्ने कुरो भएर । ती युवकको आखांमा आक्रोश देखिन्थ्यो । संघीयताप्रति शंका देखिन्थ्यो । र सम्रगमा उनी निराश थिए ।

मधेश अहिले सम्रगमा यस्तै छ । भोट त काग्रेस र एमालेलाई नै दिएका छन त्याहा नागरिकहरु तर उनीहरु नै काग्रेस एमालेलाई राम्रो भनिरहेका छैन । झन संघीयताको सवालमा त अत्यधिक शंका देखिन्छ चौतर्फी । त्यसैले समयमा राम्ररी सोचिएनन भने यसको दुष्परिणामहरु विभिन्न रुपमा देखा पर्नेछ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete