Sunday, June 1, 2014

पेल्न खोजे हामी विद्रोह गर्छौ - उपेन्द्र यादव




आज पनि संसद अवरुद्ध गरेर आउनु भएको छ, किन संसद अवरुद्ध गर्या ?

- संसद अवरुद्ध गर्नुको मुलकारण के हो भने, विगतमा यो सरकार बन्दा खेरी ४ बुदें सहमती भएको थियो । जसमा गएको निर्वाचनमा राज्यले गरेको धांधलीको छानविन, उच्च राजनितीक समिती बनाएर अघि वढने कुरा गरेको थियो तर त्यो केही गरेनन सरकारले । दोस्रो कुरा के हो भने यो सरकारले बजेटै नल्याई ४ अर्ब रुपैया आफना कार्यकर्ताहरुका लागी रकमानान्तर गरेर चरम भ्रष्टाचार र अनैतिकता प्रर्दशन गरेका छन । हामी यो रकमको वारेमा संसदलाई जानकारी गराउन भनेका छौं । विगतमा भएको ४ बुदे सहमती अनुसारको समितीहरु  निर्माण गरेर कार्यन्वयनमा जान भनेका छौं ।

ऋर्को महत्वपुर्ण कुरा के छ भने संसदमा सत्य निरुपण तथा मेलमिलाय आयोग समबन्धी अध्यादेश आउदा मधेशी पार्टीहरुसंग मधेश आन्दोलन पश्चात जसरी मधेशका युवाहरुलाई गैर न्यायीक हत्या गरिएको छ । तीनीहरुको समबन्धमा उच्च स्तरीय छानविन समिती बनाउने सहमती गरेका थिए सरकारी पक्षले । र मधेशी पार्टीहरु तथा सशस्त्र समुहहरु संग सरकारले गरेको सम्झौताको कार्यन्वयन गर्ने पक्षमा पनि सहमती भएको थियो । तर यी सबै कुरालाई छाडेर सरकार एक्लौटी रुपमा आफना कार्यकर्तालाइ पैसा वाडने काममा लागी रहे , त्यसैले हामी संसद अवरुद्ध गर्न बाध्य भएका छौं । यी सबै पक्षमा सरकार तदारुपताको साथ अगाडी नआएन सम्म हामी संसद अवरुद्ध गरिरहन्छौं ।

तपाई सरकारी दलहरु आफनो कार्यकर्ता त्यत्रो रकम वाडेको कुरा गर्नु भयो, कसरी बाडेका छन ?

- खासगरी सरकारीमा सहभागी दलहरुले भौतिक योजना मन्त्रालय, स्थानिय विकास  र सहरी विकास मन्त्रालय मार्फत अर्बौ रुपैया आफना कार्यकर्ता लागी बाडेको छ । जुन चरम भ्रष्टाचार र अनौतिक काम हो यसको वारेमा संसदमा ठोस जानकारी त आउनै पर्यो । अर्को कुरा प्रहरीमा भईरहेको एआईजी वढुवामा समेत रोल क्रम मिचेर ठुलो पैसाको चलखेल भईरहेको छ ।

हालै संविधानसभामा राज्य पुर्नसंरचनाको वारेमा समेत बहस शुरु भएको छ, कस्तो देखियो पछिल्लो बहस ?

- पछिल्लो समयमा संघीयतालाई समाप्त पार्ने ठुलो कसरत भईरहेको छ  र नसके उत्तर दक्षिणको खाका अनुसार संघ बनाउने प्रपन्च गर्दै छन सरकारमा सहभागी दलहरु । जुन विगतमा भएको सहमती सम्झौताको पुर्णरुपेण विपरित हो । हामी त्यो कुनै पनि हालतमा मान्ने छैनौं ।

तर काग्रेस, एमालेले त सहमती नभए हामी प्रक्रियागत रुपमै अघि वढने कुरा बताईरहेका छन नि ?

- विगतमा हामीले सहमती नभएको विषयमा प्रक्रियागत रुपमा वढौं भन्दा यही काग्रेस, एमालेले रगतको खोलो बग्छ भनेको होईन, कुन नैतिकताको आधारमा काग्रेस एमालेले यो कुरा गर्छ, हेरम । सहमती गरेर प्रक्रियागत रुपले अघि वढनु पर्छ । पेल्न खोजे हामी सडक देखि सदन सम्म विद्रोह गर्छौ ।


अब मधेशी पार्टीहरुको एकिकरणको कुरा गरौं, साच्चिकै काहा पुग्यो एकिकरण प्रक्रिया ?

- चाडै हामी एकिकरणलाई मुर्त रुप दिन लागेका छौं ।

तर बाहिर त एकिकरण हुदैन भन्ने कुरा ठुलो स्वरमा आईरहेको छ नि ?

- बाहिरको सबैं अडकलवाजीलाई हामी असत्य सावित गरिदिन्छौं र अब चाडै एकिकरण हुन्छ ।

खासमा एकिकरण यती लम्किनुको कारण के हो त ?

- मुल कुरा निती हो र तमलोपा, सदभावना र हामी विच नितीगत रुपमा एकिकरण गर्ने कुराको संद्धान्तिक सहमती भईसकेको छ । त्यसैले यसको वारेमा आशंका गर्नु वहियात हो ।

तर तपाईहरुको विचमा नेतृत्वको कुरै मिलेन, भन्छन नि ?

- अब चाडैं बस्ने बैठकले एकिकृत पार्टीको नेतृत्व, पार्टी नाम र संरचनाको टुगों लगाउछ । र चाडै त्यसको घोषणा हुने छ ।

हालै फोरम नेपाल भित्र फेरी एक चोटी विवाद देखियो, खासमा किन यो विवाद भयो ?

- पार्टी भित्र त्यस्तो खासै विवाद छैन । पार्टीको आफनो अनुुशासन र नियम हुन्छ । र पार्टी भित्र हुनेले त्यसको पालना गर्नुपर्छ । केही साथीहरुले वाहिर दिएको अभिव्यक्तिका कारण सर्वसम्मत रुपमा उहाहरुले अहिले केन्द्रिय कार्यसमितीवाट हटाएर सोधपुछ गर्ने कुरा छ । त्यस पछि फेरी उहाहरुलाई बोलाईहाल्छौं नि ।

खासगरी तपाईमाथी फोरम कै कयौंन नेताहरुले समानुपातिक सभासद छनौटको क्रममा आर्थिक लेनदेनको कुरा गरेर तपाई माथी आरोप लगाएका छन नि ?

- हेर्नुस पार्टीको आर्थिक विभाग छ, लेखा समिती छ, पार्टीको हरेक आर्थिक काम त्याहा वाटै हुन्छ । तर पनि यदी कसैको मनमा केही कुरा भए पार्टीको केन्द्रिय कार्यसमितीको बैठकमा लिखित रुपमा आउनु पर्यो नकि मिडियामा । यो अनौतिक काम हो ।

फोरम यसरी पटक पटक विवादको सिकार भएर फुटनुको कारण के होला जस्तो तपाईलाई लाग्छ ?

- वाहिरिया शक्ति र भित्रिया दुवै शक्ति फोरम विरुद्धमा लागी परेको छ । फोरम एउटा परिवर्तनकारी शक्तिको रुपमा उदाउदा धेरैलाई मन परेको छैन । त्यसैले यसको विरुद्धमा धेरै ठुलो शक्तिहरु लागी परेको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete