Friday, May 30, 2014

भरतविमल यादव भन्छन - नयां राजनितीक शक्तिको अभियान थाल्दैछु






हालै फोरम नेपालवाट अलग भएको घोषणा गरेका भरतविमल यादवले अब आफु मधेशमा नयां राजनितीक शक्तिको अभियानमा जुटने बताएका छन । दलानसंग कुरा गर्दै यादवले मधेशी जनताको मनोभावनालाई ठिक ढंगले आत्मसाथ गर्दै चाडै उक्त अभियानमा जुटन लागेको बताए । उपेन्द्र यादवसंग हाथेमालो गरेर फोरम नेपालमा प्रवेश गर्नु आफनो राजनितीक जीवनको सबै भन्दा ठुलो राजनितीक गल्ती भएको भरतविमल यादवको विश्लेषण छ ।

हालैको केन्द्रिय कार्यसमितीको बैठकमा उपेन्द्र यादवले प्रस्तुत गरेको पुर्नगठित कार्यसमितीको नामावलीमा भरतविमल यादवको नामलाई उपेन्द्र यादवले हटाई दिएपछि भरतविमलले अब आफु फोरम नेपालमा नफर्कने उदघोष गरेका थिए । पछिल्लो समयमा फोरम भित्र जारी विवादकै सन्दर्भ पारेर अभिषेक प्रताप शाह, रामचन्द्र राय जस्ता फोरम नेपालका नेताहरु समेतले पार्टीको कुनै पनि गतिविधीमा सहभागी नहुने सार्वजनिक प्रतिवद्धता व्यक्त गरिसकेका छन ।

भरतविमल यादवले फोरम मा नफर्कने उदघोष गरेसंगै कतिपयले फोरम फेरी फुटन लागेको आकंलन समेत गर्न थालेका छन । यद्यपी तत्कालै यस्तो अवस्था भईनसकेको असन्तुष्टपक्षधर नेताहरुको भनाई छ । असन्तुष्ट पक्षधर नेताहरुको भनाई अनुसार अहिले अझै केही समय पार्टी भित्रै सघर्ष गर्ने तयारीमा छन उनीहरु । र केही समय पछि मधेशमा नयां शक्तिको लागी अभियान थाल्ने तयारीमा छन यी समुह ।


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete