Tuesday, May 27, 2014

ब्याक हुदै उपेन्द्र यादव


पार्टीको आन्त्रिक विवादमा नराम्ररी मुछिएका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आफु ब्याक हुन तयार रहेको बताउन थालेका छन । शुक्रवारको केन्द्रिय कार्यसमितीको बैठकमा भरतविमल यादव सहित चार जना नेता माथी कारवाहीको प्रस्ताव पेश गरेका यादवको उक्त प्रयासलाई केन्द्रिय कार्यसमितीले अस्विकृत गरिदिएका थिए । भरतविमल यादव र अर्जुन थापा माथी क्रुद्ध देखिएका यादव त्यसपछि असन्त्ुष्ट पक्षहरु संग लागातार बैठकको प्रस्ताव पठाईरहेका छन तर असन्तुष्ट पक्षका नेताहरु बैठकमा हालसम्म बसेका छैन ।

असन्तुष्ट पक्षका नेताहरुको अनुसार यादवले बैठक वहिष्कार गरेका १५ जनाको समुहलाई फुटाउन लागीपरेका छन । त्यही योजना अनुरुप यादवले नेता रामचन्द्र रायको निवास पुगेर अभिषेक प्रताप साहलाई पटक पटक एक्लै बैठकका लागी बोलाईरहेका छन । तर अहिले सम्म साहले यादवको उक्त प्रस्ताव अनुसार बैठकमा सहभागी भएका छैनन ।

असन्तुष्ट समुहहरुसंग बैठक हुन नसके पछि यादवले केही असन्तुष्ट नेताहरुले विभिन्न प्रलोभन समेत दिईरहेका छन । यता असन्तुष्ट समुहका नेताहरु के गर्ने कुरामा स्पष्ट देखिएका छैन । भरतविमल यादवले आफु अब फोरममा नफर्कने बताईसकेका छन भने केही नेताहरु अहिले तत्काल कुनै कदम चाल्नु भन्दा अझै केही समय पर्खन र त्यसपछि मात्रै केही गर्ने गरी छलफल गरिरहेका छन । यसरी पार्टी भित्र तीव्र समस्यामा फसे पछि यादवले अघिल्लो साता तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर आफु एकिकरणको लागी तयार रहेको र पक्रिया अघि वढाउन भनेका थिए । त्यही अनुरुप गएको शनिवार तमलोपाको पार्टी कार्यलयमा तीनै दलको बैठक समेत डाकिएको थियो । तर शनिवार विहान अचानक ठाकुरको सासुको निधन भएपछि उक्त बैठक बस्न सकेनन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete