Saturday, May 24, 2014

फोरम विवाद - भरतविमल यादव सहित चार जना माथी कारवाही


 
गएको हप्तादेखि चुलिएको विवाद विच फोरम नेपालका अध्यक्ष वरिष्ठ नेता भरतविमल यादव सहित जनालाई केन्द्रिय कार्यसमितीवाट हटाएर उनीहरु माथी गुपचुप रुपमा कारवाही गरेको खुलासा भएको छ । गएको बुधवार देखि शुरु भएको फोरम नेपालको बैठकलाई भरतविमल यादव सहित महत्वपुर्ण १५ जना नेताहरुले वहिष्कार गरेका थिए । बैठक वहिष्कार गरे पनि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पुर्नगठन गरेको केन्द्रिय कार्यसमितीको नामावलीमा भरतविमल यादव, विनिता यादव, अमरेश नारायण झा र अर्जुन थापाको नाम छैन । भरत विमल यादव फोरम नेपालको वरिष्ट नेता थिए भने विनिता यादव र अर्जुन थापा केन्द्रिय सदस्य । त्यसैगरी झा फोरम नेपालको सल्लाहकार थिए तर केन्द्रिय कार्यसमितीको बैठक शुरु हुनु अघि झालाई महासचिवले फोन गरेर बधाई दिदै तपाइ केन्द्रिय सदस्य हुनु भएको र बैठकमा सहभागी हुन भनेका थिए ।

तर झा सहित १५ जनाले बैठक वहिष्कार गरेपछि अध्यक्ष यादवले भरतविमल संगै झा, विनिता यादव र थापालाई केन्द्रिय कार्यसमितीको नामावलीवाट हटाएर बैठकमा प्रस्तुत गरेका थिए । यस अघि ५१ सदस्यीय रहेको कार्यसमितीलाई विस्तार गरेर यादवले ६७ सदस्यीय बनाएका थिए । हिजोको बैठकमा अध्यक्ष यादवले यी चार जनालाई अनुसान समिती मार्फत कारवाही गर्न पनि सिफरिस गरेको फोरम नेपालका नेताहरुले बताएका छन । तर बैठकमा यादवको उक्त प्रस्तावलाई फिर्ता लिन लगाएर अधिकांश कार्यसमिती सदस्यहरुले वार्ता गरेर समस्याको सामाधान गर्न सुझाएका थिए । फोरम नेपाल स्रोतका अनुसार अध्यक्ष यादव वार्ता गर्न पक्षमा देखिदैनन । तर दोस्रो तहका नेताहरुको प्रयास भोली दिउसो अध्यक्ष यादव र असन्तुष्ट पक्ष विच छलफल हुन लागेको छ ।

कारवाहीमा परेका भरतविमल यादव एक बर्ष अगाडी मात्रै फोरम नेपालमा वरिष्ट नेताको रुपमा प्रवेश गरेका थिए भने अर्जुन थापा अध्यक्ष यादवको विश्वास पात्रको रुपमा चिनिने गर्थे । अमरेश नारायण झा पनि यादवको अत्यन्तै नजिक देखिन्थे । तीन मधेशी पार्टीको एकिकरणको प्रक्रियामा अध्यक्ष यादवको तर्फवाट प्रायजसो बैठकमा झा सहभागी हुने गरेको देखिन्थे । विनिता यादव समानुपातिकमा भएको सिफरिस प्रति तीव्र असन्तुष्ट पोख्ने गरेका थिए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete