Tuesday, May 20, 2014

दहीको कमाल



धनुषा कठाल–१ का प्रमोद यादव दही बेचेर लखपति बनेको सुन्दा सबैलाई अचम्म लाग्छ । तर यो सत्य हो । यादव सीमापारी भारतीय बजार जयनगरमा गएर दही बेचेर दैनिक रु एक हजार कमाउने गर्दछन् ।
उनले दही बेचेर रु १० लाख मूल्य पर्ने १० करुा खेत किनेका छन् भने रु ४० लाख मूल्य पर्ने दुई करुा घडेरीसमेत जोडेका छन् । दहीकै व्यापार गरेर यादवले आप्mना चारवटा छोरीको राम्रो घरमा विवाह गर्न भ्याएका छन् ।
उनीसगका कतिपय दौँतरी वैदेशिक रोजगारीको लागि खाडी मुलुक गएपनि उनीचाहि आप्mनो पुख्र्यौली पेसा दही व्यापार गरेरै लखपति भएका छन् ।

दहीको लागि करिब २०० वर्ष लामो इतिहास बोकेको कठाल गाउका करिब ७५ प्रतिशत महिला पुरुष सीमावर्ती भारतीय बजार जयनगरमा गएर दही बिक्री गरी आर्थिक लाभ लिन थालेका छन् ।
वैदेशिक रोजगारीमा जाने मोह त्यागेर आप्mनो पुख्र्यौली पेसा दही व्यापारलाई निरन्तरता दिन थालेपछि छोटो अवधिमै कठाल–४ का नन्दलाल यादवले १० जनाको परिवारमात्र पालेका छैनन् अरु चार कट्ठा जग्गासमेत किनेर रु दुई लाख बैंकमा राख्न सफल भएका छन् । कठालदेखि पाच किलोमिटर उत्तर दक्षिणमा रहेको सीमावर्ती बजार जयनगरमा अहिले दैनिक रु १५ लाख मूल्य बराबरको १० क्विन्टल दही खपत हुने गरेको छ ।

कठाल–३ का विनोद साह भन्छन्, पहिले जनकपुर–जयनगरसम्म चल्ने रेलबाट दही लगेर बेच्ने गरेकोमा केही दिनदेखि रेलसेवा बन्द हुदा एकाबिहानै हिडेर जयनगर पुगी बिक्री गर्ने गरेका छौ । मिठो र स्वादिलो दहीको नाउले प्रसिद्ध रहेको कठाल गाउमा दही व्यापार फष्टाउन थालेपछि कतिपय युवा वैदेशिक रोजगारीमा जान छाडी आप्mनै गाउमा भैँसीपालन गरी दही व्यापार गर्न थालेको कठाल–६ का चन्देश्वर यादव बताउनुहुन्छ ।माटोको भाँडोमा जमाएको दही खानमा पनि स्वादिलो, स्वस्थकर र मिठो हुने भएकाले यसको माग भारतीय बजारमा बढिरहेको बताउदै कठाल–२ की छेडनी यादव भन्छिन्–विवाहको लगनको समयमा कठालको दहीको माग ह्वात्तै बढ्ने गरेकाले थप आर्थिक लाभ लिन पाइन्छ ।
 
त्यतिमात्र नभएर दही व्यापारबाट कठालवासीले दोहोरो फाइदा लिने गरेका छन् । उनीहरुले गुइँठामा दूध उमाल्दा दूध राम्ररी पाक्न गई दूधमाथि छाली जम्ने र त्यसको ध्यू बनाएर भारतमा समेत बिक्री गर्ने गरेको अर्का व्यापारी कठाल–४ की जिवछी यादव बताउँछिन् ।
गुइँठामा दूध उमाल्न थालेपछि गाउघरमा गुइठाको बिक्री समेत बढेको छ । यसबाट विपन्न परिवारका मानिसको जीवनस्तरमा सुधार आएको स्थानीयवासीको भनाइ छ ।
 
भारतीय बजारमा गएर दही व्यापार गर्न थालेपछि अहिले कठालको अवस्था नै फेरिएको छ । हिजोको कष्टपूर्ण जीवनशैली र दैनिकीबाट एकाएक कठालको परिचय बदलिएको छ । त्यहाँका बासिन्दाले थोरै पुँजीबाट सुरु गरेको दही व्यापार अहिले लाखौँको भएको छ ।
 
व्यापारीले भारतको जयनगरमा दही प्रतिकिलो रु १०० र ध्यू प्रतिकिलो रु ८०० मा बिक्री गर्ने गरेका छन् ।
कठालको दही गुलियो, स्वादिलो र राम्रो भएकाले यहा दहीको माग बढी भएको सीमावर्ती भारतीय बजारका होटल व्यवसायी उमा शंकर बताउनुहन्छ । रासस

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete