Sunday, May 18, 2014

संजय साह द्धारा पार्टीवाट राजिनामा


जनकपुर बमकाण्डको मुख्य योजनाकारको अभियोगमा हाल पुर्पक्षका लागी सिरहा कारागारमा रहेका सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष संजय साह पार्टीवाट राजिनामा दिएको उक्त पार्टी सम्बद्ध स्रोतले जनाएका छन । अघिल्लो साताको सुरुमा सादभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई पार्टीका नेताहरुले संजय साहलाई पार्टीवाट कारवाही गर्न दबाब दिएपछि अध्यक्ष महतो आज आईतवारको लागी बैठक बोलाएको थिए र यही बैठकवाट साहको वारेमा निर्णय गर्ने जनाएका थिए । तर आज भनिएको बैठक बसेन । वरु साह आफै हिजो शनिवार सिरहा कारागारवाट राजिनामा पत्र पठाईसकेको सदभावनाका प्रवक्ता संतोष मेहताले बताए । तर साहको राजिनामा पत्र पार्टी कार्यलयमा आई नसकेको मेहताले बताए ।

मेहताको अनुसार चाडै बस्ने पार्टीको बैठकमा उक्त राजिनामा पत्रवारे छलफल हुने त्यसपछि पार्टीले त्यसलाई स्विकृत वा के गर्ने वारे निर्णय गर्ने छ । जनकपुर बमकाण्डको अभियोगमा प्रहरीले समाते लगतै साहलाई संविधासभाको सदस्यवाट समेत निलम्बन गरिएको थियो । साह माथी अभियोग लागे लगत्तै सदभावना पार्टीका अध्यक्ष महतो नेतृत्वको टोलीले प्रधानमन्त्री सुशिल कोईरालालाई भेटी यस सम्बन्धी ज्ञापनपत्र समेत बुझाएका थिए । त्यस लगत्तै काठमाडौ सक्रिय साह थरका केही वुद्धजीवीहरुको अगुवाईमा  मधेश केन्द्रित पांच ओटा संस्थाले समेत साहको बचाउ आशय सहितको विज्ञप्तिी निकालेका थिए । पछिल्लो समयमा साहको मुद्धालाई केही जातीय रंग दिने प्रयास समेत भईरहेको देखिन्छ । सदभावनाका अध्यक्ष महतो अझै साहको वारेमा कुनै ठोस निर्णयमा पुग्न नचाहेको ती पार्टी सम्बद्ध स्रोतको भनाई छ । प्रहरीले साह विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि महतोकै संरक्षण उनी भारत तिर फरार भएका थिए ।

हाल सिरहा कारागारमा रहेका साह राजनिती सम्पर्ककै लागी सिरहावाट काठमाडौं  सर्न खोजेको कतिपयको बुझाई छ । उनलाई सुरुमा धनुषा अदालतले महोतरीको जलेश्वर कारागारा पठाउने निर्णय  सुनाएका थिए । तर उनी पछि सेटअप गरेर ससुराली जिल्ला सिरहा जेल पुगे । प्रहरीले उनलाई सिन्धुली कारागार चलान गर्न सुझाएका थिए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete