Sunday, May 11, 2014

मधेशमा सशस्त्र समुहको सकस


हालै सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष तथा संविधानसभाको सभासद समेत रहेका संजय साह सशस्त्र समुहको सल्लाहकार रहेको रह्योदघाटन भएको छ । दुई बर्ष अगाडी जनकपुरको रामानन्द चौकमा भएको बम विष्फोटको मुख्य योजनाकार समेत रहेका साहलाई प्रहरीले पक्राउ गरेर हाल थुनामा राखेका छन । प्रहरीले गएको फागुनमा तराई जनतान्त्रिक पार्टी मधेशका अध्यक्ष मुकेश चौधरीलाई समातेपछि साहको वारेमा यो रह्योदघाटन भएको हो । चौधरीले साह आफनो सशस्त्र समुहको सल्लाहकारको भुमिकामा रहेको र उनकै योजना अनुसार आफुहरु जनकपुरको रामानन्द चौकमा बमविष्फोट गराएको बताएका थिए । त्यसपछि प्रहरीले साह विरुद्ध पक्राउ पुर्जी जारी गरेका थिए । यो सुचना पाउने वितिकै फरार भएका साहलाई अन्नतह प्रहरीले  भारतको दिल्लीवाट पक्राउ गरेर अघिल्लो शनिवार ल्याए ।

यो घटनाले गएको १० बर्षको मधेश राजनितीको एउटा पाटो राम्ररी उदांग पारिदिएको छ । आखिर मधेशमा कसरी चाउसरी सशस्त्र समुहहरु उम्रिए र यीनीहरुको विभिन्न अपराधिक गतिविधीले कसरी मधेश आक्रान्त भयो । गएको बर्ष मात्रै धनुषा प्रहरीले सशस्त्र समुहका मुख्य मुख्य मस्ट वान्टेडहरु मध्ये ६ जनालाइ समातेर हाल थुनामा राखेका छन । उनीहरु सबैले प्रहरी प्रशासन समकक्ष दिएको वयानहरु ह्ेर्दा यी सशस्त्र समुहहरु पगत पर्दामा देखिने साम्रग्री मात्रै थियो, रिमोट त मधेशका सहर बजारमा कहलीएका अगुवाहरु नै रहेछन भन्ने पुष्टि हुन्छ । आखिर किन र कसरी यो हुन गयो ? जसका कारण गएको १० बर्षमा मधेशका सहरहरुवाट हजारौं राम्रा व्यापारी, बुद्धजीवीहरु र पहाडी समुदायका मानिसहरु विस्थापित भए । यी सबैले अन्नतह मधेशलाई घाटा नै पुर्याएको छ ।

११ साउन ०६१ म जयकृष्ण् गोईतले मधेशमा सशस्त्र राजनितीको सुरुवात गर्दा बखत सायद उनले पनि सोचेका थिएन कि मधेशमा सशस्त्र समुहको प्रभाव यसरी निस्कला । मधेशमा सशस्त्र समुहको सुरुवाती राजनितीलाई राम्ररी संग नियाल्ने जानकारहरुका अनुसार गोईतले ११ साउन ०६१ मा जनतान्त्रिक तराई मुक्ति मोर्चाको उदघोष गर्नु भन्दा एक हप्ता पहिला विराटनगरको सिमावर्ती भारतीय सहरमा एउटा महत्वपुर्ण बैठक भएको थियो जसमा गोईत संगै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, हाल एमाओवादीमा रहेका रामकुमार शर्मा सहित गोईतका कोर टिमका ६ जना जतीको सहभागी थिए । उक्त बैठकमा उपेन्द्र यादवले नै जनतान्त्रिक नाम राख्न गोईतलाई सुझाएका थिए । उक्त बैठकले खासगरी मधेशमा खुल्ला रुपमा फोरम नेपाल नामक संगठनले मधेशको राजनितीलाई अगाडी वढाउने र आईपरेको खण्डमा राज्य संग लडनका लागी क्रन्तिकारी दस्ता वनाउने उदेश्यका साथ जनतान्त्रिक नामक भुमिगत संगठन काम गर्ने कुरा भएको थियो र त्यही अनुरुप गोईतले नेपालमा तेस्रो बन्दुकको उदयको संज्ञा दियो आफनो अभियानलाई ।

तर समय यी बैठकले छलफल र बनाएको योजना अनुरुप चलेनन । त्यसको एक बर्ष नबित्दै मधेशमा पहिलो आन्द्योलन भयो जसले फोरम नेपाललाई ठुलो राजनितीक शक्तिको रुपमा उदय गरायो । जानकारहरुले  त्यतीवेलै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादववाट ठुलो गल्ती भएको बताउछन । उनकै समेत सहभागीतामा र सुझावमा सुरु भएको गोईतको भुमिगत राजनितीलाई उनले खुल्ला गराएर समेटन सकेनन । वरु फोरम नेपालमा रहेका कयौन त्यतीवेलाका महत्वपुर्ण नेताहरुलाई चिडाउन सुरु गरे । जानकारहरुको बुझाईमा मधेशको भुमिगत संगठनले त्यती वेलै राजनितीक रुपमा वाटो विरायो । एकतर्फ माओवादी भर्खर भर्खर शान्त्पिुर्ण अवतरण गरेको अवस्था थियो भने अर्को तर्फ पहिलो मधेश आन्द्योलनवाट तीव्र भावनात्मक जमात मधेशमा यता उता गर्दै थिए । त्यही मौकालाई केही खुपीया एजेन्सी ले राम्ररी प्रयोय गर्ने निती अपनाए । सशस्त्र समुहमा लागेकाहरु संग एक एक गरी सबैसंग उनीहरुको सम्पर्क  स्थापित भयो र मधेशवाट माओवादीलाई सफाया गर्नु पर्छ भन्ने अभियान थालीयो । मधेशका जिल्लाहरुमा माओवादी नेताहरुको निन्द हराम हुन थाल्यो । दिन दहाडै उनीहरु मार्न थाले ।

यसरी उदेश्य भन्द्या धेरै परको अभियान तिर लम्कियो मधेशमा सशस्त्र संगठनहरु । र सुरुमा यसको चार्म अत्यधिक देखियो किनकी यो अभियानमा सामेलहरुको आर्थिक हैसियत दिन दुगुणा र रात चौगुणा वढेको देखिन थाले मधेशका युवा जमातहरु । र लहलहै धेरै युवाहरु त्यता तर्फ लागे । माओवादीको सफाया गर्ने अभियानसंगै तराई मधेशका सहरहरुमा नया नयां गुण्डा गर्दी गर्नेहरुको जमात नयां तरीकाले विकस्ति हुदै गयो र त्यो सबैको प्रीष्टभुमिमा थिए सशस्त्र समुहहरु । कतै संजय साहकै स्वरुपमा त कतै अली अर्कौ स्वरुपमा पनि राजनिती देखि समाजसेवा र  अभियान सम्ममा यीनीहरुको जालो फैलिन पुग्यो ।

यसरी सशस्त्र समुहहरु अपराधको दुशचक्रमा फस्न थाले संगै गोईत चाही एक्ला वृक्ष हुन थाले ।  गोईतलाई शुरुवातीका चरण एकजना पनि सहयोगी नेता हाल उपल्व्ध छैंन । गोईतले शुरुवाती चरणका प्रमुख नेताहरु विश्वनाथ पाण्डे –चटानसिंह), नगेन्द्र पासवान – ज्वालासिंह), विनय महतो (सुरज), रामबाबु यादव र रामविलास यादव थिए । विनय महतो र चटानसिंह तत्कालिन माओवादीका वरिष्ट सैंन्य कमाण्डर थिए, महतो गोईतको अभियानमा सक्रिय भएको लगत्तै प्रहरीको कारवाहीमा मारिएका थिए । त्यसैंगरी प्रमुख राजनितीक व्यक्तिमध्ये मेनेजर महतो मानिन्थ्यो । जसलाइ भारतीय प्रहरीले पक्राउ गरी सिरहा प्रहरीलाई बुझाएको थियो । सिरहा प्रहरीलाई बुझएको लगत्तैं उनके मृत्यू भएको थियो । मृत्यूको बेला उनी मधेश राष्ट्र जनतान्त्रिक पार्टीका अध्यक्ष थिए । राम विलास यादव अहिले भने छुटैं अखिल तराई मुक्त मोर्चाको नेृर्तत्व गरिरहेका छन ।

यसरी मधेश राजनितीको एउटा पाटो रुपमा उदय भएका यी सशस्त्र संगठनहरु अपराधको दुश्चक्रमा पसेर आफनो अस्तीत्व नराम्ररो रुपमा समाप्त पारे । तर यसको प्रभाव मधेशको समाजमा धेरै पर पर सम्म विभिन्न स्वरुपहरु देखि रहने छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete