Thursday, May 8, 2014

निलम्बीत सभासद संजय साह जेल जलान


संयोग नै भन्नु पर्ला दुई बर्ष जानकी नवमीको दिनमा जनकपुरको रामानन्द चौकमा बम विष्फोट भएको थियो । र दुई बर्ष पछि आज फेरी जानकी नवमीकै दिन प्रहरीले उक्त बम विष्फोटको मुख्य योजनाकारको रुपमा निलम्बीत सभासद संजय साहलाई जेल जलान गरेका छन ।  उक्त विष्फोटमा ५ जनाको मृत्यू र ३२ जना धाईते भएका थिए । मितीको हिसावले दुई बर्ष अगाडी जानकी नवमी १८ बैशाखमा परेको थियो ।

जिल्ला अदालत धनुषाले जनकपुर बमकाण्डको मुख्य योजनाकारको रुपमा आरोपित साहको पक्ष र विपक्षमा गएको तीन दिनको बहस पश्चात साहलाई जेल जलान गरेका छन । प्रहरीले सशस्त्र समुहका नाइके मुकेश चौधरीको बयान तथा अनुसन्धान पश्चात साह जनकपुर बमकाण्डको मुख्य योजनाकार भएको किटानी सहित अदालतमा मुद्धा पेश गरेका थिए । धनुषा अदालतले समेत साह विरुद्ध पक्राउ वारेन्ट जारी गरेपछि साह फरार भएका थिए । गत शनिवार प्रहरीले साहलाई भारतको दिल्लीमा पक्राउ गरेर जनकपुर ल्याएका थिए । शनिवार अवेर राती साहलाइ जनकपुर ल्याए लगत्तै प्रहरीले आईतवार उनलाई सार्वजनिक गरेर अदालतमा उपस्थित गराई दिएका थिए । अदालतलाई साहले वयान दिने क्रममा आफु निर्दोष रहेको भन्दै मुकेश चौधरी, ओम प्रकाश यादव लगायत संग आफनो कुनै चिनजान नभएको दावी गरेका छन । वरु साहले आफु जनकपुरको जनताको प्रतिनिधीको हैसियतले गत बर्ष स्थानिय निकायमा भईरहेको भ्रष्टाचारको सवालमा लडेका  कारण आफुलाई सुनियोजित रुपमा फसाएको बताएका छन । उनले प्रहरीले पेश गरेको प्रमाण समेतलाई सुनियोजित रहेको दावी गरेका छन ।

अनुसन्धानको क्रममै साहले जनकपुरको रामानन्द चौकमा भएको बम विष्फोटवाट स्थानिय जिविसको सहलेखापाल जीवनाथ चौधरीलाई समाप्त पार्न खाजेको पुष्टि भएको थियो । तर साहले आफनो वयानको क्रममा जीवनाथ चौधरीसंग आफनो कुनै रिस्वी नभएको र चौधरीलाई आफले राम्ररी नजान्ने गरेको बताएका छन । साहले ०६९ असार भन्दा पहिला त आफु जीवनाथको नाम समेत नसुनेको बताएका छन । बम विष्फोट ०६९ बैशाखमै भएको थियो । साहले ०६९ असारमा आफु भ्रष्टाचार विरुद्धको अभियान सहित जिविसमा आन्दोलन क्रममा आफुले चौधरीलाई चिनेको बताएका छन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete