Wednesday, May 7, 2014

२६ कोटामा ठाकुर र महतो जादै


 
सरकारले चाडै नियुक्त गर्न लागेका २६ जना सभासदमा मधेशी दलहरुको तर्फवाट तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको मनोयन निश्चित भईसकेको ती पार्टी सम्बद्ध स्रोतहरुको भनाई छ । अघिल्लो साता मात्रै प्रमुख तीन दलविच २६ ओटा सिटको भागबन्डामा सहमती भएको थियो । जसमा २ ओटा मधेशी दलहरुको लागी व्यवस्था गरिएको थियो । दोस्रो संविधानसभाको निर्वाचनमा ठाकुर र महतो दुवै सर्लाहीमा प्रत्यक्ष तर्फ पराजित भएका थिए । ठाकुर काग्रेसका अमरेश नारायण सिंह संग र महतो तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवसंग पराजित भएका थिए ।

ठाकुर र महतोको २६ ओटामा जाने निश्चित देखिएपछि सदभावनामा खासै विरोधको स्वर नदेखिए पनि तमलोपा भित्र यसको तीव्र विरोध भईरहेको छ । खास गरी तमलोपाका नेताहरुले अध्यक्ष ठाकुरले पार्टीले गरेको निर्णय उल्घंन गर्न लागेको भन्दै आपत्ती जनाईरहेका छन । यद्यपी ठाकुरले आफनो कुनै इच्छा नभएको तर शक्ति केन्द्रहरुको दबाबमा आफु जान लागेको आफना निकटस्त नेताहरुलाई बताउने गरेका छन । तमलोपा दोस्रो संविधानसभाको निर्वाचनको तयारी क्रममा पहिलो संविधानसभाको कालखण्डमा अवसर पाईसकेकाहरुलाई अव समानुपातिक र पार्टीको कोटामा नदोह्याउने निर्णय गरेका थिए ।

द्योस्रो संविधानसभाको निर्वाचनमा यी मधेशी पार्टीहरु नराम्ररी पराजय व्योहोरेपछि ठाकुरले काठमाडौमा आफु अब सडकमै बस्ने उदघोष समेत गरेका थिए । स्रोतहरुको अनुसार मधेशी पार्टीहरु पराजय व्योहोरेपछि मधेशको सर्कलमा भारतीय पक्षप्रति भईरहेको टिकाटिप्ण्णीलाई ख्याल गर्दै ठाकुर र महतोलाई ती शक्तिकेन्द्रहरुको सुझावमा पठाउन लगाईएका हुन । निर्वाचनमा पराजय व्योहारेर काठमाडौ आए लगत्तै महतोले खुला रुपमै आफुहरुको हार भारतको पनि हार भएको बताएका थिए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete