Sunday, May 4, 2014

जनकपुर बमकाण्डका मुख्य योजनाकार सभासद संजय साह पक्राउ


 
दुई बर्ष अगाडी जनकपुरको रामानन्द चौकमा भएको बम बिष्फोटका मुख्य योजनाकार सभासद तथा सदभावना पार्टीका वरिष्ट उपाध्यक्ष संजय साहलाई प्रहरीले पक्राउ गरेका छन । साहलाई विरगंजको छपकईयावाट पक्राउ गरेको प्रहरीले जनाएको छ । यद्यपी स्थानिय मिडिया रिर्पोटहरुका अनुसार साहलाई धनुषाको सिमावर्ती भारतीय सहर जयनगर/मधुवनी क्षेत्रवाट प्रहरीले हिजो राती समातेका थिए । गएको फागुनमा प्रहरीले सशस्त्र समुहका नाइके मुकेश चौधरीलाई समातेपछि उक्त विष्फोटमा साहको संग्लनतावारे अधिकारिक पुष्टि भएको थियो । त्यस लगतै धनुषा प्रहरीले साहको खाजी सुरु गरेको भएपनि साह नेपाल छाडेर फरार भएका थिए । साहको बचाउमा उनको पार्टी सदभावनाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।
 
०६९ बैशाख १८ गते संघीय प्रारुपमा मिथिला राज्य हुनु पर्ने माग सहित जनकपुरको रामानन्द चौकमा शान्तिपुर्ण धर्ना दिईरहेको वेला उक्त विष्फोट गराइएको थियो । घटनामा मिथिला रंगक्षेत्रका प्रसिद्ध कालाकार रन्जू झा सहित ५ जनाको ज्यान गएको थियो भने ३२ जना धाईते भएका थिए । विष्फोट लगतै उक्त घटनाको जिम्मेवारी सशस्त्र समुहका राजन मुक्तिले लिएका थिए । तर घटना लगतै उक्त घटनाको अनुसन्धान गर्न काठमाडौवाट गएको प्रहरीको विशेष टोलीले उक्त विष्फोटको मुख्य योजनाकार राजनमुक्ति सहित मुकेश चौधरी पनि भएको रिर्पोट सार्वजनिक गरेका थिए । चौधरीले भने प्रहरीको उक्त रिर्पोटको खण्डन गर्दै त्यतीवेला आफु उक्त घटनामा संग्लन नभएको बताएका थिए । तर गएको मंसीर पहिलो साता प्रहरीले प्रकाउ गरेपछि राजन मुक्तिले आफनो बयानमा उक्त विष्फोट चौधरीको लखनउ स्थित कोठामा बसेर योजना बनाएको बताएका थिए ।

त्यसपछि फागुनमा प्रहरीले पक्राउ गरेका चौधरीले समेत उक्त घटनामा आफनो सहभागीता मात्रै स्विकार गरेनन वरु उक्त घटना सभासद संजय साहको योजनामा आफुले गराएको स्विकनर गरे र उक्त विष्फोटमा साहले चाहेका व्यक्ती जीवनाथ चौधरीलाई आफुले समाप्त पार्न खाजेको बताएका थिए । उक्त घटनाको क्रममा चौधरी र सभासद साह विच भएको टेलिफोन संवाद चौधरी समाते लगतै खोज पत्रकारिकता केन्द्रले वाहिर ल्याएका थिए । जसको प्राविद्यीक परिक्षण प्रहरीले समेत गरी उक्त आवाज साह र चौधरीकै भएको पुष्टि गरेका थिए । त्यससंगै प्रहरीले नेपालै भरी साहलाई समात्न वारेन्ट जारी गरेका थिए । उता चौधरीलाइृ अदालतमा पेश गरेसंगै धनुषा अदालतले समेत साह विरुद्ध वारेन्ट जारी गरेका थिए । त्यसलगतै साह एकाएक फरार भएका थिए । त्यसपछि उनी भारतको पटना तिर बस्दै आएको समाचारहरु आएका थिए र उनी त्यही विच दिल्ली पुगेर एमाले नेता केपी ओली संग समेत भेटघाट गरेको कुरा सार्वजनिक भएको थियो ।

शनिवार राती साहलाई समातेपछि धनुषा प्रहरीले उनलाई आईतवार सार्वजनिक गरेर आईतवारै धनुषा अदालतमा उपस्थित गराएका छन । प्रहरीले साह सशस्त्र समुह चलाउने मुख्य व्यक्ति भएको निष्कर्ष निकालीसकेका छन ।


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete